नेकपामा अन्तरविरोध : विधान स्पष्ट, राजनीतिक प्रतिवेदन गोलमटोल !
इन्द्र रिजाल
असार ११, २०७६ बुधबार १३:३७:२५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ विधानको प्रस्तावनाले स्पष्ट पारेका विषयलाई राजनीतिक प्रतिवेदनमा भने गोलमोटल भाषामा प्रस्तुत गरेको पाइएको छ।
पार्टीको अन्तरिम विधान २०७५ मा स्पष्ट रुपमा बहुदलीय जनवादको बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धा उल्लेख गरिएको छ ।
तर २०७५ जेठ ३ गते निर्वाचन आयोगमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा भने बहुदलीय जनवादको बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धालाई घुमाउरो भाषामा स्वीकार गरिएको छ ।
राजनीतिक प्रतिवेदनको ‘समाजवाद उन्मुख जनताको जनवाद’ शीर्षकको ‘झ’ मा नयाँ संविधानले जनताको प्रतिस्पर्धात्मक बहुदलीय शासनव्यवस्था र त्यसमा आधारित समाजवादप्रति प्रतिबद्ध रहने उल्लेख छ।
राजनीतिक प्रतिवेदनमा संविधानको सर्वोच्चता स्विकारेर अन्तिम लक्ष्य समाजवादमा पुग्न बहुदलीय प्रतिस्पर्धा स्वीकार गर्ने भनिएको छ ।
राजनीतिक प्रतिवेदनमा विश्वव्यापी रुपमा स्वीकृत लोकतन्त्रका आधारभूत विषयवस्तु मानव अधिकार, स्वतन्त्र न्यायपालिका तथा शक्ति पृथकीकरणलाई संविधानले प्रत्याभूत गरेको उल्लेख छ ।
त्यसैगरी प्रतिवेदनमा राज्यलाई प्रस्ट रूपमा समाजवादउन्मुख, समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक भनेर परिभाषित गरिएको छ । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला अमेरिका र भारतका उच्च सैनिक अधिकारी नेपालमा
कात्तिक २७, २०८१ मंगलबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कात्तिक २६, २०८१ सोमबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
तिलागुफामा निर्वाचन कार्यालय स्थापना
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
मस्क र रामास्वामीले मागे पारिश्रमिक विना काम गर्ने कर्मचारी
मंसिर १, २०८१ शनिबार
भद्रपुरमा राष्ट्रिय कर दिवस मनाइयो
मंसिर १, २०८१ शनिबार