गर्मी बढेपछि नगरक्षेत्रका विद्यालय तीन दिन बन्द, जनजीवन प्रभावित !
इन्द्र रिजाल
असार ११, २०७६ बुधबार १४:८:४६
गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्र गाईघाटलगायतका स्थानमा केही दिनयतादेखि अत्यधिक मात्रमा गर्मी बढेर जनजीवन प्रभावित हुन थालेपछि त्रियुगा नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय भएको छ ।
त्रियुगा नगरपालिका शिक्षा तथा युवा खेलकूद शाखाले मङ्गलबार एक सूचना जारी गर्दै आज बुधबारदेखि शुक्रबारसम्म तीन दिनका लागि त्रियुगा नगर क्षेत्रका सम्पूर्ण सरकारी विद्यालयहरु बन्द गर्ने निर्णय गरेको त्रियुगा नगरपालिका शिक्षा युवा तथा खेलकूद शाखाका अधिकृत जसबहादुर कार्कीले बताए।
दुई हप्ता अघिसम्म ३६ डिग्री तापक्रम रहेको त्रियुगा नगरपालिका क्षेत्रमा एक सातायता अचानक ४४ डिग्री तापक्रम पुगेपछि दिउँसो विद्यालयमा अध्ययनरत छात्रछात्रा अत्यधिक गर्मीका कारण बेहोस भएर लड्ने शिक्षक शिक्षिकासमेत बेहोस हुनेजस्ता अवस्था आएको कारण तीन दिनका लागि सरकारी विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरशिक्षा एकाइ समितिले बताएको छ ।
अहिले त्रियुगा नगरपालिका क्षेत्रमा दिनमा अत्यधिक गर्मी भएको कारण दिनमा कोही पनि घरबाट बाहिर निक्लने अवस्था नभएको स्थानीय देवराज खड्काले बताए । यस्तै गर्मीका कारण दिनमा तीन घण्टा सडक क्षेत्र तथा बजार क्षेत्रमा मानिसको चहलपहलसमेत ठप्प हुने गरेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रदेश क्षेत्रका गरिब तथा जेहेन्दारलाई शैक्षिक सामग्री
कात्तिक २६, २०८१ सोमबार
सकियो एकेडेमिक इनाभेसन इन इण्डष्ट्री विषयमा एकदिवसीय सेमिनार
असोज १७, २०८१ बिहिबार
गर्मी बढेपछि महोत्तरीका विद्यालय धमाधम बन्द
असोज ८, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार