प्रदेश नं २ मा किशोरीहरुलाई सक्षम बनाउन आत्मरक्षा तालीम
इन्द्र रिजाल
असार ११, २०७६ बुधबार १४:१७:५९
धनुषा । प्रदेश नं २ मा महिलामाथि हिंसासहितको विभिन्न घटना बढिरहेको अवस्थामा प्रदेश सरकारले विद्यालयमा अध्ययनरत छात्राका लागि आत्मसुरक्षा तालीमको शुभारम्भ गरेको छ ।
प्रदेश नं २ का आठवटै जिल्लाका विद्यालयमा यो तालीम सञ्चालन हुनेछ । सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा जनविकास केन्द्रमार्फत सञ्चालन भएको सो तालीममा विद्यालयमा अध्ययनरत छात्रालाई आत्मरक्षाको तालीम दिइनेछ ।
तालीमको उद्घाटन गर्दै आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले महिला हिंसा बढिरहेको अवस्थामा विद्यालयमा पढ्ने छात्राहरुलाई आत्मसुरक्षाका लागि तालीमको आयोजना गर्न लागिएको जानकारी दिए ।
कानूनमन्त्री यादवले शिक्षा, स्वास्थ्य तथा अवसरका दृष्टिले मुलुकमै पछि परेको प्रदेश नं २ का किशोरीहरुलाई शारीरिक तथा मानसिकरूपले सक्षम बनाउन आत्मरक्षा तालीम सञ्चालन गरिएको स्पष्ट पारे ।
समाजिक विकास मन्त्रालयले रु एक करोड खर्च गरेर विद्यालयमा तालीमको आयोजना गर्न लागेको समाजिक विकास मन्त्री नवलकिशोर साहले जानकारी दिए। उनले तालीमपछि छात्रामा आत्मबलको विकास हुने विश्वास व्यक्त गरे ।
लैङ्गिक हिंसाका कारण किशोरीहरुले अध्ययनलाई निरन्तरता दिन नसकेको बताउँदै मन्त्री साहले छात्राको मनोबल बढाउनका लागि आत्मरक्षा तालीमअन्तर्गत कराते तथा शारीरिक कसरतजस्ता सामान्य परीक्षण दिइने बताए।
सामाजिक विकास मन्त्रालयले “स्वास्थ्यका लागि खेलकूद, राष्ट्र निर्माणका लागि खेलकूद” भन्ने मूल नारासाथ आयोजना गरेको १५ दिने आत्मरक्षा तालीममा प्रदेश नं २ मातहतका ६४ सामुदायिक विद्यालयका छ हजार ४०० विद्यार्थी सहभागी छन् । सहभागीलाई प्रदेश नं २ का प्रमुख प्रशिक्षक मोहम्मद असगर खानले आत्मरक्षा तालीम दिइरहेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रदेश क्षेत्रका गरिब तथा जेहेन्दारलाई शैक्षिक सामग्री
कात्तिक २६, २०८१ सोमबार
सकियो एकेडेमिक इनाभेसन इन इण्डष्ट्री विषयमा एकदिवसीय सेमिनार
असोज १७, २०८१ बिहिबार
गर्मी बढेपछि महोत्तरीका विद्यालय धमाधम बन्द
असोज ८, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार