कृषि समूहलाई अनुदानमा कृषि उपकरण वितरण
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
असार ११, २०७६ बुधबार १६:५८:५५
![](https://nepalbahas.prixacdn.net/media/albums/1013600047hate-tractor.-1_5BIK9iF5sN.jpeg)
बैतडी । बैतडीको पाटन नगरपालिका वडा नं ६ को कार्यालयले कृषि समूहलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ ।
वडामा रहेका सात कृषि समूहलाई मागको आधारमा अनुदानमा कृषि उपकरण वितरण गरिएको वडाध्यक्ष राजेन्द्रसिंह विष्टले बताए ।
५१ प्रतिशत अनुदानमा धान तथा गहुँ चुट्ने मेसिन थ्रेसर र हातेट्र्याक्टर वितरण गरिएको उनले बताए। किसानको समय बचत होस् र उनीहरूलाई कृषिकर्ममा सजिलो होस् भन्ने उद्देश्यले कृषि उपकरण वितरण गरिएको हो ।
श्रीकृष्ण तरकारी तथा खाद्य समूह, हरियाली महिला कृषक समूह र सिद्धनाथ कृषक समूहलाई हातेट्र्याक्टर वितरण गरिएको वडाध्यक्ष विष्टले बताए ।
यस्तै सहस्त्रलिङ्ग कृषि समूह, कैलपाल कृषि समूह, प्रगतिशील उपभोक्ता समूह र नागार्जुन कृषि समूहलाई हातेट्र्याक्टर वितरण गरिएको छ ।
अनुदानमा कृषि उपकरण पाउँदा आफूहरूलाई सहज हुने सहस्त्रलिङ्ग कृषि समूहका अध्यक्ष बेलु भण्डारीले बताए । अनुदानमा हातेट्र्याक्टर पाएपछि खेत जोत्नका लागि सजिलो हुने श्रीकृष्ण तरकारी तथा खाद्य समूहका अध्यक्ष गीता विष्टको भनाइ छ ।
कृषि उपकरणले महिलाको घरायसी कार्यबोझमा कमी आउने भएकाले अनुदानमा कृषि उपकरण वितरण गरिएको पाटन नगरपालिकाका उपप्रमुख सरस्वती कोलीले बताए । रु छ लाखको लागतमा कृषि उपकरण खरीद गरिएको बताइएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपभक्तपुरका विद्यार्थी धान रोपाईमा व्यस्त
असार १६, २०८१ आइतबार
असार १५, किसानले धानेको कांग्रेसको राजनीति
असार १६, २०८१ आइतबार
पर्यावरण संरक्षणका लागि फोर एचद्वारा १०० युवा इको लिडर घोषणा
असार १६, २०८१ आइतबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
नेकपा एसको महाधिवेशनमा अरु शीर्ष गए, ओली गएनन्
असार १६, २०८१ आइतबार
मनसुन थप सक्रिय हुने सम्भावना कायमै, सतर्क रहन अनुरोध
असार १७, २०८१ सोमबार
फ्रान्सको पेरिसमा निजी जेट दुर्घटनाग्रस्त, तीन जनाको मृत्यु
असार १७, २०८१ सोमबार
चन्द्रागिरिले बालबालिकाको नाममा पाँच हजार रकम जम्मा गरिदिने
असार १७, २०८१ सोमबार
एकीकृत समाजवादीको बन्द सत्र आज, विद्युतीय मेसिनमार्फत मतदान हुने
असार १७, २०८१ सोमबार
सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता
असार १७, २०८१ सोमबार
मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठक स्थगित
असार १७, २०८१ सोमबार