महानगरकै मूल्यांकनमा काठमाडौंभित्रका महँगा जग्गा, आनाको ५० लाख रुपैयाँ पर्ने जग्गाहरु
इन्द्र रिजाल
असार ११, २०७६ बुधबार १७:३०:४१
काठमाडौं। काठमाडौं महानगरपालिकाले आर्थिक विधेयक २०७६ ल्याउँदै आफ्नो अधिकार क्षेत्रभित्रको जग्गाको नयाँ मूल्यांकन तोकेको छ।
नयाँ मुल्य अनुसार मूल सडक आसपासको जग्गाको मूल्यांकन प्रति आना ५० लाख रुपैयाँ तोकेको छ।महानगरभित्र बाटो नभएका स्थानको न्यूनतम मूल्य चार लाख रुपैयाँ छ। केशरमहल प्रवेशद्धारदेखि पश्चिम ठमेल मूल चोक हुँदै क्षेत्रपाटीसम्मको जग्गा,हनुमानढोका,जिल्ला प्रहरी कार्यालय पूर्व,सुरज आर्केड इन्द्रचोक असन हुँदै भोटाहिटी चोकसम्म,असनचोकदेखि जमल राष्ट्रिय नाचघरसम्म तथा सोदेखि पूर्व विश्वज्योती हल हुँदै तीनधारा पाठशालासम्म मूलबाटासम्म,महेन्द्र शालिकदेखि काठमाडौं प्लाजासम्म जोडिएका दायाँबायाँका जग्गाहरुको प्रतिआना ५० लाख रुपैयाँ तोकिएको छ ।
माइतीघर सिंहदरबार पश्चिमगेट,पुतली सडक,कृष्ण पाउरोटी,हात्तीसार,जय नेपाल, कान्तिपथ, जमल,दरबारमार्ग र घण्टाघरदेखि कमलादी मोडसम्मका मूल सडकसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्यांकन पचास लाख रुपैयाँ तोकिएको छ। त्यस्तै जमल,रानीपोखरी,वीर अस्पताल,नेपाल वायुसेवा निगम गोश्वारा हुलाक,त्रिपुरेश्वरसम्मको मूल सडकसंग जोडिएका दायाँबायाँका जग्गा र रत्नपार्क,पुरानो बसपार्क,शहिदगेट हुँदै सुन्धारा चोकसम्मको जग्गाको पनि मूल्याकंन ५० लाख रुपैयाँनै तोकिएको छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपके देउवाले ओलीलाई सत्ताको साँचो सम्हाल्न आग्रह गरेका हुन ?
असार १६, २०८१ आइतबार
गोप्य सूचना संकलन ‘खुला अन्तरक्रिया’ नगरकोटबाट शुरु हुँदै
असार १५, २०८१ शनिबार
गृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे ओली
असार १७, २०८१ सोमबार
खुट्टाले लेखेर एसइई उत्तीर्ण भएका उमेश खत्री
असार १७, २०८१ सोमबार
फ्रान्समा पहिलो चरणको मतदानमा राष्ट्रपति म्याक्रोनको दल तेस्रो स्थानमा
असार १७, २०८१ सोमबार
पहिरोले पुरिँदा ५ वर्षीय बालकको मृत्यु
असार १७, २०८१ सोमबार
भेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वाटरफाइनलमा
असार १७, २०८१ सोमबार
प्रतिनिधि सभा बैठक : आज गृह, अर्थ र शिक्षा मन्त्रीले जवाफ दिने
असार १७, २०८१ सोमबार