खेत रोप्न धानको ‘ब्याड’ तयार भयो, पानी आयो मल आएन !
इन्द्र रिजाल
असार ११, २०७६ बिहिबार १:५८:२७
तुलसीपुर । खेत रोप्न धानको ‘ब्याड’ तयार भए पनि तुलसीपुर –४ का मानबहादुर केसी एक सातादेखि मल दिने सहकारी धाइरहेका छन्। उनी जस्तै धेरैजसो किसानको अवस्था यस्तै छ ।
वनहरिका टेकराज रिजाल पनि मलका लागि एक सातादेखि दिनहुँजसो मल गोदाममा धाइरहेका छन्, तर गोदामसँग पनि मल कहिले आउने भन्ने विषयको जवाफ छैन । अनुदानको मात्र होइन, बिना अनुदानको मल पनि बजारमा किन्न पाइदैन ।
कृषिको आधुनिकरण र यान्त्रिकरण गरी निर्यातमुखी उत्पादन वृद्धिमा जोड दिइए पनि किसानलाई मल उपलव्ध गराउन सम्बद्ध निकायको चासो पुग्न नसकेको किसानको गुनासो छ ।असार पन्ध्रलाई सरकारले राष्ट्रिय धान दिवसका रुपमा मनाउँदै आएको छ । तर यो वर्ष मलको अभावले धान दिवसको अवसरमा खेती गर्न समस्या भएको छ ।
विगतजस्तै यसवर्ष पनि मुख्य बाली धानखेती शुरु हुन लाग्दा मलको अभाव देखिएको छ । लामो समयको खडेरीपछि पानी परेको पानीले खेती हुने आशामा बसेका किसानलाई रासायनिक मलको अभावले खिन्न बनाएको छ । ‘‘पानी आयो, मल आएन भएको मल पनि सकिएको रहेछ ’’, स्थानीय किसान करवीर वलीले भने । जिल्लामा पछिल्लो केही समयदेखि डिएपी मलको चरम अभाव रहेको छ । अनुदान विनाको युरिया मल बजारमा पाए पनि डिएपी भने नभएको किसान बताउछन् ।
‘‘मल लिन कृषि सामाग्री कम्पनी लि कार्यालय पुगेको थिए,तर कृषिमा एक बोरा पनि मल छैन् त्यतिकै खाली हात घर फर्कनुपर्ने अवस्था आयो’’, अर्का किसान मोहन चौधरीले भने ।अनुदानको मल बिक्री गदै आएको कृषि सामग्री कम्पनी लिमिटेडले पनि डिएपी मल केही महीनादेखि नआएको जनाएको छ ।
पहिलो चरणमा मल सहकारीलाई उपलव्ध गराए पनि पछिल्लो समयमा एक बोरा पनि डिएपी मल गोदाममा नभएको कृषि सामग्री कम्पनी तुलसीपुरका प्रमुख तीर्थ न्यौपानेले जानकारी दिए ।“मल खरीदका लागि कुनैपनि प्रक्रियानै बढाइएको छैन, त्यसैले मल कहिले आउछ भन्न सकिने अवस्थानै छैन’’, कम्पनीका प्रमुख न्यौपानेले भने ।
भैरवामा पनि मल नभएकाले बताउंदै उनले सरकारले अझै पनि मलका लागि बोलपत्र आह्वान नगरेको बताएको छ । सहकारीमार्फत किसानलाई मल उपलव्ध गराउँदै आए पनि हाल त्यहाँ पनि मलको अभाव छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपउखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
दशैँ अगाडी उखु र दूग्ध किसानको बक्यौता रकम भुक्तानी गर्न २ अर्ब निकासा
असोज ११, २०८१ शुक्रबार
कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा
असोज ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार