पक्राउ परेकाहरू हाम्रो पार्टीका कार्यकर्ता होइन : नेत्र विक्रम चन्द ‘विप्लव’
इन्द्र रिजाल
असार ११, २०७६ बिहिबार २:४१:३९
विराटनगर । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका कार्यकर्ता भन्दै प्रहरीले पक्राउ गरेका मोरङ कानेपोखरी ६ का सुदीप भनिने कंश धिमाल र उर्लाबारी २ सालघारीका केन्द्रलाल धिमाल आफ्ना कार्यकर्ता नभएको जिकिर गरेको छ ।
मोरङ प्रहरीले विप्लव समूहका जिल्ला सदस्य अशोक राईसहित धिमालद्वयलाई ५ थान हतियारसहित भिन्नभिन्न स्थानबाट पक्राउ गरेको थियो। नेपाल कम्युनिष्ट पार्टी मोरङका सेक्रेटरी आभाषले मंगलबार एक विज्ञप्ति जारी गर्दै पक्राउ गरेको कंश र केन्द्रलाल धिमालले आफ्नो पार्टीको छवि धुमिल्याउने गरी विगतदेखि गतिविधि गरेको र उनीहरूसँगै जोडेर पार्टीका जिल्ला सदस्य अशोकलाई फसाएको उल्लेख हो।
‘विभिन्न छापा र विद्युतीय संचारमाध्यामहरूबाट कानेपाखरी ६ का सुदीप भन्ने कंश धिमाल र उर्लाबारी २ सालघारीका केन्द्रलाल धिमाल ‘जो हाम्रो पार्टीसँग आवद्ध छैनन्’ समेतको गिरिफ्तारीलाई नेकपा कार्यकर्ता नै हतियारसहित पक्राउ गरिएको निज दुवै धिमालहरूको विगत गलत आवरणलाई हाम्रो पार्टीको छवि धमिल्याउने गरि जोडेकोमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘दलाल फासीवादी सत्ता टिकाउन गिरफ्तार गरी हाम्रा नेताकार्यकर्तालाई जसरी पनि अपराधी करार गराउने नियत र विभिन्न प्रकारका अपराधिलाई पनि जबर्जस्ती हाम्रो कार्यकर्ता सावित गर्न खोज्नु नेपाल प्रहरीको राजनीतिक प्रतिशोध सिवाय केही पनि होइन।’
प्रहरीले भने पक्राउ गरिएका अशोक राई विप्लव समूहको जिल्ला जनपरिषद प्रमुख तथा कंश धिमाल सक्रिय कार्यकर्ता रहेको दाबी गरेको थियो। धिमाल यसअघि २०६६ सालमा झापा दमकको लक्ष्मी बैंक लुटपाट घटनामा ७ वर्ष कैद भुक्तान गरिसकेका तथा उर्लाबारी मंगलबारेस्थित सुनचाँदी पसल लुटपाट घटनामा मुद्दामा चलाइएका व्यक्ति रहेको पनि प्रहरीले जनाएको थियो।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकोशीका मन्त्रीले मानव तस्करी गरे कि फन्दामा परे, प्रहरी भन्छः अनुसन्धान हुँदैछ, को हुन अनिता ?
कात्तिक २३, २०८१ शुक्रबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
कात्तिक १४, २०८१ बुधबार
प्रधानमन्त्रीको चीन भ्रमणः पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्ने तयारी
कात्तिक १४, २०८१ बुधबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
पुरुष यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा
कात्तिक २४, २०८१ शनिबार
आफ्नै नेतालाई 'नो नट अगेन' भन्ने अवस्था नआओस् भन्दै रास्वपा कार्यकर्ताको खबरदारी
कात्तिक २४, २०८१ शनिबार
हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति, टीबीए खारेज गर्ने निर्णय
कात्तिक २४, २०८१ शनिबार
क्रोएसियामा एक नेपालीसहित विदेशी कामदारमाथि आक्रमण गरेको आरोपमा चार जना पक्राउ
कात्तिक २४, २०८१ शनिबार
रास्वपाले सहकारी पीडितहरूको रकम फिर्ता गराउन दबाबमूलक कार्यक्रम गर्ने
कात्तिक २४, २०८१ शनिबार
प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाउन ढिलाइ गर्नु हुँदैनः नेता निधि
कात्तिक २४, २०८१ शनिबार
पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडान गर्न व्यवसायीको माग
कात्तिक २४, २०८१ शनिबार
सरकारमा रहे पनि कांग्रेस र एमाले नै राजनीतिक प्रतिष्पर्धी हुन्ः नेता डा कोइराला
कात्तिक २४, २०८१ शनिबार
पुरुष यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा
कात्तिक २४, २०८१ शनिबार