गैँडाको खागसहित तीन जना पक्राउ
इन्द्र रिजाल
असार १२, २०७६ बिहिबार १२:४५:२२
काठमाडौं । काठमाडौंको ढल्कुबाट गैँडाको खागसहित तीन जना पक्राउ परेका छन् । बुधबार दिउँसोको समयमा रु ५५ लाखमा खाग बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा खोजी गर्दै जाँदा काठमाडौँ महानगरपालिका– १७ ढल्कुबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
पक्राउपर्नेमा गोरखा घर भई ढल्कुमा डेरा गरी बस्ने ५३ वर्षीय लालबहादुर गुरुङ, मकवानपुर गढी गाउँपालिका– २ घर भई धादिङ महादेवबेंशी बस्ने ३३ वर्षीय अष्टबहादुर थिङ र सोही ठाउँका ३४ वर्षीय गोविन्द मोक्तान रहेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
महानगरीय प्रहरीवृत्त लैनचौरका प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरको नेतृत्वमा खटिएको प्रहरी टोलीले लालबहादुरको कोठा खानतलासी गर्दा गैँडाको खाग, सेतो सिसाको, पत्थरसमेत बरामद गरेको थियो ।
यस्तै काठमाडौँको गोकर्णेश्वर नगरपालिका– ६ बाट लागुऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । पक्राउपर्नेमा बाराका राजु लामा र दिनेश चौधरी रहेका छन् । उनीहरुको साथबाट लागुऔषध दर्जनौँ चक्की फेला परेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपझापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद
बैशाख १९, २०८१ बुधबार
चर्चित वन्यजन्तु तस्कर सम्पत्ति शुद्धिकरणमा दोषी ठहर
बैशाख १७, २०८१ सोमबार
हाजिरी जमानतमा रिहा भए कृष्णबहादुर महरा
चैत ९, २०८० शुक्रबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
सर्लाहीमा आगलागीः एउटै गाउँको ६५ भन्दा बढी घर जले
बैशाख २०, २०८१ बिहिबार
सरकारले ब्यान्डविथको भुक्तानी नतिरेका कारण भारतबाटै इन्टरनेट सेवा प्रभावित
बैशाख २०, २०८१ बिहिबार
खराब कर्जाले बैंकिङ क्षेत्र प्रभावित हुँदा सिटिजन्स बैंक भने खराब कर्जा घटाउन सफल
बैशाख २०, २०८१ बिहिबार
रौतहटको माधवनारायणमा आगलागी हुँदा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती
बैशाख २०, २०८१ बिहिबार
देशभर इन्टरनेट सेवामा समस्या
बैशाख २०, २०८१ बिहिबार