कार्यकर्तामाथि आक्रमण गरेको भन्दै कांग्रेसद्वारा ध्यानाकर्षण
इन्द्र रिजाल
असार १२, २०७६ बिहिबार १२:५०:३५
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कञ्चनपुरको पुनर्वास नगरपालिका–१० डोकेबजारमा शान्तिपूर्णरुपमा विरोधमा रहेका आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको भन्दै विरोध जनाएको छ ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्तिमार्फत नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का कार्यकर्ताले यही असार १० गते डोकेबजारमा कांग्रेसका २० कार्यकर्तालाई घाइते बनाएको आरोप लगाएका छन् ।
घटनामा कञ्चनपुर क्षेत्र नं १ का क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्याय, बेलौरी नगरका नगर सचिव विक्रम चन्द, महाधिवेशन प्रतिनिधि हरेन्द्र विष्ट र नगर प्रमुखका उम्मेदवार तोयप्रसाद शर्मा, पुनर्वास नगरपालिका–२ का सभापति चन्द्रमणि गैर, नेपाल तरुण दलका कृष्णबहादुर चन्दलगायत कार्यकर्ता गम्भीर घाइते भएको कांग्रेसले जनाएको छ ।
घाइतेमध्ये गोपीप्रसाद उपाध्याय र विक्रम चन्दलाई काठमाडौँस्थित न्यूरो अस्पताल, बाँसबारीमा भर्ना गरिएको र बाँकीको कैलालीस्थित अञ्चल अस्पतालमा उपचार भइरहेको विज्ञप्तिमा जनाइएको छ ।
कांग्रेसले घटनालाई गम्भीररुपमा लिइ घटनाका दोषीलाई कानूनी कारवाही गर्न र घाइतेको सम्पूर्ण उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार