डोल्पामा फोन सेवा अवरुद्ध हुँदा पत्रकार, कर्मचारी, स्थानीयवासी हैरान !
इन्द्र रिजाल
असार १२, २०७६ बिहिबार १६:६:०
जाजरकोट । दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध हुँदा डोल्पामा समस्या भएको छ । एक महीनामा तीनपटक टेलिफोन सेवा अवरुद्ध हुँदा डोल्पाका स्थानीयवासी हैरान भएका छन् ।
मौरेलेकमा टेलिफोन टावरमा समस्या आएको हुनसक्ने अनुमान गरिएको छ । अहिले खराब भएको ठाउँमा मर्मतका लागि कर्मचारी खटाइएको छ । सदरुमकाम दुनैबाट धेरै टाढा भएका कारण मर्मतमा समस्या भएको नेपाल टेलिकम डोल्पाले जनाएको छ ।
अहिले फोन अवरुद्ध भएसँगै डोल्पाका सबै ठाउँको सञ्चार सम्पर्कविच्छेद भएको छ । जिल्लाभरि कम सञ्चार पहुँच भएको डोल्पामा पटक–पटक फोन सेवा अवरुद्ध हुँदा पत्रकार, कर्मचारी, स्थानीयवासी हैरान भएका हुन् ।
महको पकेट क्षेत्रमा प्रशोधन केन्द्र
जाजरकोट नलगाड नगरपालिकामा मह प्रशोधन केन्द्र स्थापना हुन लागेको छ । नलगाड नगरपालिका–२ छेप्कामा प्रदेश सरकारको रु २५ लाख लागतमा सातकोठे भवन निर्माणकार्य अन्तिम चरणमा पुगेसँगै मह प्रशोधनका लागि मेसिनसमेत जोड्ने योजना अन्तिम चरणमा पुगेको छ ।
प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको ‘एक निर्वाचन क्षेत्र एक पकेट कार्यक्रम’ अन्तर्गत रु ५० लाख बजेटअन्तर्गत २५ लाख बराबरको भवन तयार भएको छ भने रु २५ लाख बराबरको सामान खरीद प्रक्रिया अन्तिम चरणमा पुगेको ज्वाला साना किसान सहकारी संस्था लिमिटेडका अध्यक्ष वीरेन्द्र चदाराले जानकारी दिए । भवनको भित्री काम मात्र बाँकी रहेको छ ।
नलगाड १, २ र ४ को छेप्का, पाली, कल्प, चिउरीलगायतका क्षेत्रमा किसानले करीब रैथाने जातको माहुरीका १४ हजारभन्दा बढी घारबाट जैविक मह उत्पादन गर्दै आइरहेका छन् ।
उनीहरुले प्रतिधार्नी ‘साढे दुई केजी’ बराबर रु एक हजार ५०० मा बिक्री गर्ने र सहकारीले खरीद गरेर रु एक हजार ७५० मा बिक्री गर्ने गरेको अध्यक्ष चदाराको भनाइ छ ।
मह उत्पादनका लागि यो क्षेत्र अत्यन्तै सम्भावनायुक्त भएकाले प्रशोधन केन्द्र स्थापना गर्न लागिएको प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले बताए।
यहाँ उत्पादन गरिएको ५० क्विन्टल मह अझै बिक्री नभएर थन्किएको छ भने एक हजार ५०० केजी बिक्री भइसकेको छ । मह बजारीकरण हुन नसक्दा समस्या भएको स्थानीयवासी लालबहादुर खत्रीले बताए । प्रशोधन केन्द्र स्थापनासँगै थप बजारीकरणका साथै देशका अन्य ठाउँमा लैजान सजिलो हुने व्यापारीले बताएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपदुर्गम पलाँतामा टेलिकमको टावर सञ्चालन
पुष १, २०८१ सोमबार
टेलिकमको टावर सञ्चालनमा आएपछि फोरजी सेवा सञ्चालन
मंसिर १९, २०८१ बुधबार
नेपाल टेलिकममा रोबोट सेवा सुरु
मंसिर २, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार
शर्मा भारत र तिम्सिना मलेसियाको राजदूतमा नियुक्त
पुष ३, २०८१ बुधबार
५ अंकले घटेर २६२८ मा बन्द भयो नेप्से, ४ अर्ब २७ करोडका शेयर किनबेच भए
पुष ३, २०८१ बुधबार
स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबीबीएस अध्यापन सुरु
पुष ३, २०८१ बुधबार