दुई दाजुबहिनीको पाँच वर्षदेखि गोठमा बास
इन्द्र रिजाल
असार १२, २०७६ बिहिबार १६:३३:४
“दुःखीको घरमा मात्र तेरो बास हुने भए
हे ईश्वर दया राखी मलाई अझ दुःख दे ।”
गलेश्वर । साहित्यकार बालकृष्ण समले मुकुन्द इन्दिरा खण्डकाव्यमा व्यक्त गरेको माथिको कवितांशसँग ठ्याक्कै मेल खान्छ, म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानी चाउनेकी ७० वर्षीया घमिष्टा भण्डारी र उनका दाजु चन्द्रबहादुर भण्डारीको जीवनकथा ।
कविताको हरफले त मुकुन्द इन्दिराको घर त रहेछ भन्ने अर्थ दिएको छ, तर भण्डारी दाजुबहिनीको त घरसमेत नहुँदा अर्काको गोठमा दाउराको सिरानी र परालको सिरक ओडेर बाँच्नुपर्ने बाध्यता छ । भण्डारी दाजुबहिनी विगत पाँच वर्षदेखि पशुचौपायालाई बनाइएको गोठमा बस्दै आएका छन् ।
भत्किने अवस्थामा रहेको गोठभित्र रहेको पराललाई ओड्ने सिरक, वनजङ्गलबाट ल्याएको दाउरालाई सिरानी बनाएर उनीहरु सुत्छन् । गोठभित्र कुनामा रहेको अँगेना मुस्किलले दुई÷चार दिनमा एकपटक बल्छ । पुराना भाँडाकुँडा चुहिने अवस्थामा छन् भने एकछाक पकाउने चामलसमेत छैन । छिमेकीले पकाएर दिएको भातकै भरमा रात कटाउने गरेका दाजुबहिनीले पेटभरि भात खान पाउनुलाई नै अहोभाग्य ठान्छन् ।
गाउँकै विपन्न भण्डारी दाजुबहिनीलाई स्थानीय धनवती गिरीले पशुचौपाया राख्ने गोठमा आश्रय दिए । गर्मी मौसममा नजिकै पशुचौपाया भएकाले पनि लामखुट्टेबाट जोगिन आगो बाल्ने गर्नुहुन्छ भण्डारी दाजुबहिनी । “खानेकुरा केही छैन्, बस्ने बास छैन, दाई बिरामी छन्”, गोठमा प्रवेश गर्नेबित्तिकै घमिष्टाले भने । उनले एक सातादेखि वनजङ्गलबाट ल्याएको तरकारी र गाउँबाट मागेर ल्याएको भात खाएको बताउँदै बिरामी दाइलाई उपचार गर्ने पैसासमेत नभएको बताए ।
गोठभित्र सुत्ने र खाना पकाउनेभन्दा पनि पराल, पुराना कपडा र दाउरामै रात बिताउने गरेको र बिहानै गाउँलेको काममा निस्किएर बेलुकी केही खानेकुरा ल्याउने गरेको स्थानीयवासी धनवती गिरीले जानकारी दिए । “अलपत्र अवस्थामा मैले बस्ने ठाउँ दिएको छु, मेरो पनि आर्थिक अवस्था कमजोर नै भएकाले उनीहरूलाई आवश्यक केही सहयोग गर्न सकेको छैन”, उनले भने ।
विसं २०७२ वैशाखमा गएको भूकम्पमा चर्किएको गोठमा बस्न बाध्य भण्डारी दम्पत्तीलाई बाह्रै महीना समस्या हुनेगरेको स्थानीयवासीको भनाइ छ । “न्यानो लुगा र बाक्लो सिरक ओढ्ने सपनाजस्तै छ, छेउमै पशुचौपायाको गोठ भएकाले गर्मी महीनामा पनि रात काट्न मुस्किल हुन्छ”, घमिष्टाको भनाइ उद्धित गर्दै एक स्थानीयवासीले भने ।
घमिष्टाका दाजु नशा र शरीर दुख्ने समस्याका कारण हिँडडुल गर्न सक्दैनन। भोक लागेर चिच्याउन थालेपछि स्थानीयवासीले समेत केही खानेकुरा दिने गरेका छन् । पशुसरह जीवन जिउन बाध्य भण्डारी दाजुबहिनीलाई सानो बस्ने घर र सम्मानयुक्त जीवन स्थापित गर्न स्थानीयवासीले सहयोगको याचना गरेका छन् । खान, बस्न र बाँच्न पाउने अधिकारबाट समेत वञ्चित भएका भण्डारीलाई तत्काल गोठबाट सुरक्षित घरमा सार्न खाद्यान्न र लत्ताकपडाको आवश्यकता देखिएको छ ।
शिशुको पालनपोषणका सात लाख सहयोग
जापानको नागोयामा उपचारको क्रममा मृत्यु भएकी रघुगङ्गा गाउँपालिका–३ पिप्लेकी प्रमिला दर्जीको नवजात शिशुको पालनपोषण र शिक्षादीक्षाका लागि मोना जापानले करीब रु सात लाख आर्थिक सहयोग गरेको छ ।
मोना जापानले सङ्कलन गरेको रु ६ लाख ७७ हजार ७८८ शिशु प्रसिद्धी दर्जीको नाममा गरिमा विकास बैंकको केन्द्रीय कार्यालयमा रहेको खातामा जम्मा गरिएको मोना जापानका महासचिव गणेश श्रेष्ठले जानकारी दिए ।
“पालनपोषणदेखि शिक्षादीक्षामा खर्च गर्ने गरी मुद्दती खातामा राखिएको छ, आर्थिक सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दछौँ”, श्रेष्ठले भने । रोजगारको सिलसिलामा जापान पुगेकी दर्जी ब्रेनट्युमर रोगबाट ग्रसित थिए । दर्जीको मृत्युपछि एक महीनाको शिशुलाई नेपालमा ल्याइएको थियो ।
उपचार तथा अन्त्येष्टिसम्म मोना जापान र क्षेत्रीय समिति नागोयाबाट आर्थिक तथा आवश्यक कानूनी प्रक्रियामा समेत सहयोग गरिएको थियो । मोना जापानका अध्यक्ष दीपक केसीले अस्पतालको श्ययामै एक म्याग्देली चेलीलाई गुमाउनुको पीडालाई नजिकबाट हेरेको बताउँदै सहयोगलाई बालिकाको शिक्षादीक्षा र पालानपोषणमै खर्च गरिने बताए । “जन्मदिने आमालाई गुमाएकी बालिकालाई आर्थिक अभाव हुन नदिने गरी सहयोग जुटाएका छौँ”, केसीले भने ।
केसीले सङ्कलन गरिएको आर्थिक सहयोगलाई मोना जापानको प्रतिनिधिसहित आफन्तको नाममा बैंकमा राखिएको बताउँदै भविष्यमा थप कार्यविधि बनाएर बालिकाको हितमै खर्च गर्ने जानकारी दिए।
बैंकमा मोना जापानको तर्फबाट चित्रबहादुर केसी, शिशुको तर्फबाट मामा र अर्का आफन्त गरी तीन जनाको नाममा खाता सञ्चालन गरिएको छ । यस अगाडि मोना जापान क्षेत्रीय कार्यसमिति नागोयाले रु ८९ हजार सहयोग हस्तान्तरण गरिसकेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपभक्तपुरमा हेलिकप्टर पार्किङ [ फोटोफिचर ]
असार १०, २०८१ सोमबार
बुङ्गमतीमा रोपाईंको चटारो [ फोटोफिचर ]
असार १०, २०८१ सोमबार
मुद्दा दर्ता गर्न अदालत पुगे अख्तियारका कर्मचारी
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि कप्तान राशिद खानले के भने ?
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
अविरल वर्षाले पोखरामा सडक भासिँदा आवागमनमा समस्या
असार १२, २०८१ बुधबार
नौ महिनादेखि तलब नपाएको कैलालीका स्वास्थ्यकर्मीको गुनासो
असार १२, २०८१ बुधबार
राष्ट्रपति पौडेलसँग चीनका उपविदेशमन्त्री वेइतोङको शिष्टाचार भेट
असार १२, २०८१ बुधबार
कांग्रेसका सांसदलाई विज्ञ राखेर लगानी सहजीकरण विधेयकमा अभिमुखीकरण
असार १२, २०८१ बुधबार
चन्द्रमा मिशनमा चीनलाई ठुलो सफलता, दुई किलो माटो पृथ्वीमा ल्याउन सफल
असार १२, २०८१ बुधबार