भीरकोट नगरपालिकाको आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रम पारित
इन्द्र रिजाल
असार १२, २०७६ शुक्रबार ०:४४:७
स्याङ्गजा । भिरकोट नगरपालिकामा असार १० गते चौथो नगर सभामा प्रस्तुत गरिएको आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रम नगर सदस्यहरुको राय,सल्लाहा र सुझाव वमोजिम परिमार्जन गरी स्वीकृत गर्ने निर्णय गरिएको छ । तमू समाजको भवनमा आज बसेको नगर सभाले उक्त नीति तथा कार्यक्रम पारित गरेको हो ।
नगर उपप्रमुख सिमा कर्माचार्यले आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । निति तथा कार्यक्रमकाे छलफल पछि सर्वसम्मतीमा पारित गर्दै नगर प्रमुख छायाराम खनाले समृद्ध नगर निर्माणका लागि हातेमालो गर्दै अघि बढ्न अनुरोध गरेका थिए ।
आज वसेको नगर सभाले भीरकोट नगरपालिकामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक २०७६ माथि छलफल गरी पारित समेत गरेको छ । विधायन समितिका संयोजक एवम् वडा न १ का वडा अध्यक्ष तथा नगर प्रवक्ता दिपेन्द्र केसीले भीरकोट नगरपालिका क्षेत्रभित्र प्राकृतिक तथा मानविय कारणवाट हुने विपद्वाट सर्वसाधारणको जीउज्यान र सार्वजनिक, नीजि तथा व्यक्तिगत सम्पत्ति, प्राकृतिक एवम् साँस्कृतिक सम्पदा र भौतिक संरचनाको संरक्षण गर्नको लागी विपद् जोखिम न्यूनीकरण व्यवस्थपनका सवै क्रियाकलापको समन्वयात्मक र प्रभावकारी रुपमा कार्यान्वयनका लागी विधेयक प्रस्तुत गरी सभाले पारित गरेको बताए ।
भीरकोट नगरपालिकाको बजेट जनमुखी विकासको आधार हुनेछ : वडाध्यक्ष अधिकारी
नगर सभामा भीरकोट नगर विपद् व्यवस्थापन समिति गठन तथा काम, कर्तव्य र अधिकारका बारेमा जानकारी गराइएको थियो । भीरकोट नगरपालिका भित्रको विप्द व्यवस्थापनका लागी नगर प्रमुखको संयोजकत्वमा १५ सदस्य भीरकोट नगर विपद् व्यवस्थापन समिति गठन हुने , त्यसैगरी वडा स्तरीय विपद् व्यवस्थापन समितिमा वडा अध्यक्षको संयोजकत्व ७ सदस्य वडा स्तरीय विपद् व्यवस्थापन समिति गठन भई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा कार्यान्वयन ल्याउने वडा नं ५ का वडाध्यक्ष याम प्रसाद अधिकारी (लक्ष्मण)ले जानकारी दिएका छन् ।
नेपालको संविधानको २२१ को उपधारा १ को अधिकार प्रयोग गरी भीरकोट नगरसभाले उक्क्त ऐन वनाएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका संयोजक केसीले वताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसंघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार