के तपाई पनि एसईईमा ग्रेड कम आयो भनेर टेन्सनमा हुनुहुन्छ ?
इन्द्र रिजाल
असार १२, २०७६ शुक्रबार १:२१:४३
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यसपटकको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा बिहीबार सार्वजनिक गरेको छ । तर कतिपय पुरानो एसएलसीको रिजल्ट सुन्ने बानी परेकाहरु एसईईको नतिजा आयो भन्नासाथ प्रश्न गर्छन् ?
यस वर्ष कतिजना पास भएछन् ? अनि कति विद्यार्थी फेल भएछन् ? तर, ग्रेडिङ सिस्टमले एसएलसीवालाहरुको पुरानो प्रश्नको सहज जवाफ दिँदैन ।
अर्थात यो प्रणालीमा विद्यार्थीलाई सिधै फेल भएको मानिँदैन । उनीहरु ग्रेडिङमा कम हुन सक्छन् । तर, ग्रेड सी वा सोभन्दा कम नम्बर प्राप्त गर्नेहरुले पूरक ग्रेडवृद्धिको परीक्षा दिन पाउँछन् ।
यस वर्ष कक्षा १० को नियमित समूहको साधारण धारतर्फ ४ लाख ४९ हजार ६ सय ४२ जना र प्राविधिक धारतर्फको ९ हजार ६ सय ३३ गरी कुल ४ लाख ५० हजार २७५ जना परीक्षार्थी परीक्षामा सामेल भएका थिए ।
परीक्षा नियन्त्रण कार्यालयले भनेको छ, ‘नियमिततर्फ सैद्धान्तिक विषयको बढीमा २ विषयसम्म सी वा सीभन्दा तल्लो ग्रेड प्राप्त गरेका वा दुई विषयसम्म अनुपस्थित भएका परीक्षार्थीहरुले ग्रेडवृद्धिका लागि पूरक ग्रेडवृद्धि परीक्षामा सामेल हुन सक्नेछन् ।’
पूरक ग्रेडवृद्धि परीक्षाको तालिका पछि प्रकाशित गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । त्यसैगरी नतिजामा चित्त नबुझेमा सम्बिन्धत परीक्षार्थीले १५ दिनभित्र आवेदन दिनुपर्ने छ ।
यसका लागि प्रतिविषय ५ सय रुपैयाँ शुल्क लाग्ने छ । यसका लागि परीक्षा नियन्त्रण कार्यालय, प्रदेशस्थित शिक्षा निर्देशनालय वा जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमा नतिजा प्रकाशन भएको मितिले १५ दिनभित्र निवेदन दिन सकिने छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार