भद्रकाली मन्दिर परिसरमा युवतीलाई यातना दिने धर्तीमाता पक्राउ
इन्द्र रिजाल
असार १३, २०७६ शुक्रबार १६:१२:२३
काठमाडौं । काठमाडौंकाे भद्रकाली मन्दिरमा केही दिनअघि एक जना युवतीलाई यातना दिने आफूलाई ‘धर्तीमाता’का रुपमा चिनाउने विष्णु कुँवर पक्राउ परेकी छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई शुक्रबार बिहान बालाजुबाट पक्राउ गरेको परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।
उनलाई अहिले महानगरीय प्रहरी परिसर टेकुको हिरासतमा राखिएको छ । बुटवलबाट काठमाडौं आएकी कुँवरले भद्रकाली मन्दिरमा दर्शन गर्न गएकी एक युवतीमाथि बोक्सी भगाउने नाममा कुटपिट गरेकी थिइन् ।
उक्त भिडियो अहिले सामाजिक सञ्जालभरी भाइरल बन्दै गएको छ । भिडियोमा उनले ‘तँ को होस्, छिटो निस्की’ भनेर युवतीको टाउकोमा हातले पिटेको देखिन्छ ।
कुँवरले ती युवतीमाथि जाइलाग्दै ‘निस्किन्छेस् कि निस्किन्नस्, तेरो मासु खाम्ला, मलाई चिन्’ लगायत शब्द प्रयोग गरेर गालीगलौज र हातपात गरेको समेत उक्त भिडियोमा देख्न सकिन्छ । भिडियोमा दुई प्रहरी अधिकृत पनि देखिएका छन्, तर तिनीहरुले घटनालाई हेरीरहेका छन् ।
घटनालाई लिएर सर्वसाधारणले प्रहरी प्रशासनको आलोचना गरेपछि अनुसन्धान सुरु भएको थियो ।प्रहरीले हालसम्म पीडितलाई भने भेटेको छैन ।
हेर्नुस यस्तो गरेकी थिइन धर्तीमाता
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपझापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद
बैशाख १९, २०८१ बुधबार
चर्चित वन्यजन्तु तस्कर सम्पत्ति शुद्धिकरणमा दोषी ठहर
बैशाख १७, २०८१ सोमबार
हाजिरी जमानतमा रिहा भए कृष्णबहादुर महरा
चैत ९, २०८० शुक्रबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
सर्लाहीमा आगलागीः एउटै गाउँको ६५ भन्दा बढी घर जले
बैशाख २०, २०८१ बिहिबार
सरकारले ब्यान्डविथको भुक्तानी नतिरेका कारण भारतबाटै इन्टरनेट सेवा प्रभावित
बैशाख २०, २०८१ बिहिबार
खराब कर्जाले बैंकिङ क्षेत्र प्रभावित हुँदा सिटिजन्स बैंक भने खराब कर्जा घटाउन सफल
बैशाख २०, २०८१ बिहिबार
रौतहटको माधवनारायणमा आगलागी हुँदा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती
बैशाख २०, २०८१ बिहिबार
देशभर इन्टरनेट सेवामा समस्या
बैशाख २०, २०८१ बिहिबार