साढे सात लाख मूल्य बराबरको मूर्ति चोरी
इन्द्र रिजाल
असार १३, २०७६ शुक्रबार १८:२२:५२
महोत्तरी । एकडारा गाउँपालिका–२ मा अवस्थित रामजानकी मन्दिर (कुट्टी) बाट गए राति साढे सात लाख मूल्य बराबरको मूर्ति चोरी भएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार एकडारा गापा–२ मा रहेको रामजानकी मन्दिरबाट गए राति चोरहरुको एक समूहले सात लाख पचास हजार मूल्य बराबरको तीनवटा मूर्ति चोरेर लगेका छन् ।
सो मन्दिरमा रहेका प्रतिगोटा दुई लाख ५० हजारमा किनेर स्थापना गरिएको अष्टधातुको १५/१५ किलोग्रामका डेढ/डेढ फिटको भगवान् रामको, माता सीताको र भगवान् लक्ष्मणलालको गरी तीनवटा मूर्ति चोरेर लगेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताएका छन् ।
मन्दिरबाट लाखौँको मूर्ति चोरी भएको खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालयबाट ती मूर्तिहरु चोरी गरेका समूहको व्यापक खोजतलासका लागि त्यस क्षेत्रमा प्रहरी परिचालन गरिएको र चोरहरु चाँडै समातिने प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए।
उनले मूर्ति गह्रौँ रहेकाले चोरहरुले तुरुन्तै बाहिर लैजान नसक्ने भएको बताउँँदै प्रहरीले ती चोरहरुलाई चाँडै समात्ने बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपझापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद
बैशाख १९, २०८१ बुधबार
चर्चित वन्यजन्तु तस्कर सम्पत्ति शुद्धिकरणमा दोषी ठहर
बैशाख १७, २०८१ सोमबार
हाजिरी जमानतमा रिहा भए कृष्णबहादुर महरा
चैत ९, २०८० शुक्रबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
सर्लाहीमा आगलागीः एउटै गाउँको ६५ भन्दा बढी घर जले
बैशाख २०, २०८१ बिहिबार
सरकारले ब्यान्डविथको भुक्तानी नतिरेका कारण भारतबाटै इन्टरनेट सेवा प्रभावित
बैशाख २०, २०८१ बिहिबार
खराब कर्जाले बैंकिङ क्षेत्र प्रभावित हुँदा सिटिजन्स बैंक भने खराब कर्जा घटाउन सफल
बैशाख २०, २०८१ बिहिबार
रौतहटको माधवनारायणमा आगलागी हुँदा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती
बैशाख २०, २०८१ बिहिबार
देशभर इन्टरनेट सेवामा समस्या
बैशाख २०, २०८१ बिहिबार