क्रिश्चियन धर्म प्रचारका लागि यसरी हुदैछ काम
इन्द्र रिजाल
असार १३, २०७६ शुक्रबार २०:३१:१०
समाचार विश्लेषण
काठमाडौं । विवादास्पद गुठीसम्बन्धी विधेयक संसदमा प्रस्तुत गरेलगत्तै प्रधानमन्त्री केपी ओली युरोपका महत्वपूर्ण मुलुकको भ्रमणमा निस्किएको रहस्यलाई धेरैले संयोग र सतही अर्थमा हेरे । तर त्यसभित्रको रहस्य खोतल्न कोही लागेनन् ।
भ्रष्टाचार, दण्डहिनता, अराजकता, लापरवाही र कुशासनले ग्रसित नेपालमा गुड गभर्नेन्स् अवार्ड पाएका उनै ओलीको दुईतिहाई बहुमतको कम्युनिस्ट सरकार असफलता एवं पतनको डिलमा पुगेको छ । उनी ‘मरता क्या नहीँ करता’ को परिस्थितिमा मुलुकमा संकटकालीन स्थितिको घोषणा गर्ने मानसिक तहमा पुगिसकेका छन् । ‘सुशासन अवार्ड’ प्राप्त प्रधानमन्त्रीको शासकीय बिजोग !
धर्मनिरपेक्षतालाई पसल बनाएर मुलुकको धर्म, संस्कृति, परम्परा र पहिचान नै बेच्न उद्यत कम्युनिस्ट सरकार धर्मनिरपेक्षताको आवरणमा इसाईकरण र विस्तारलाई युरोपबाट गरिएको लगानीको ठूलो हिस्सा धर्मनिरपेक्षताको पक्षधर दुईतिहाई समर्थनको कम्युनिस्ट पार्टीमा नआओस भन्ने कदापि चाहँदैन । कांग्रेसले त इसाईहरूलाई त्यही बेला खल्लो बनाइदियो, जुनबेला गत वर्ष मंसिर २९ देखि शुरू भएको कांग्रेस महासमिति बैठकका अधिकांश सदस्यहरूले नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न संविधान संशोधन हुनुपर्ने ज्ञापनपत्रमा सहीछाप गरिदिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रभु येशुकी छोरी’बाट एक करोड रुपैयाँ राशी, स्वर्णपदक र सम्मानपत्रसहितको ‘सुशासन पुरस्कार’ (गुड गभर्नेन्स् अवार्ड) प्राप्त गरे गत वर्षको मंसिर १६ गते, अत्यन्त खर्चिलो भव्य इसाई समारोहका बीच । भ्रष्टाचार, दण्डहिनता, अराजकता, लापरवाही र कुशासनले ग्रसित नेपालमा गुड गभर्नेन्स् अवार्ड पाएका उनै ओलीको दुईतिहाई बहुमतको कम्युनिस्ट सरकार असफलता एवं पतनको डिलमा पुगेको छ । उनी ‘मरता क्या नहीँ करता’ को परिस्थितिमा मुलुकमा संकटकालीन स्थितिको घोषणा गर्ने मानसिक तहमा पुगिसकेका छन् । ‘सुशासन अवार्ड’ प्राप्त प्रधानमन्त्रीको शासकीय बिजोग !
कोरियाको संदीग्ध तथा विवादास्पद ‘युनिफिकेसन चर्च’ को खर्च र तत्वावधानमा नेपाल सरकारलाई प्रबन्धक बनाउँदै काठमाडौंमा ‘एशिया प्यासिफिक सम्मेलन’ गराएको थियो । प्रधानमन्त्री ओली सो सम्मेलनको प्रबन्धनिर्देशक जस्तै भएर खटे । ने.क.पा. का वरिष्ठ नेता माधवकुमार नेपाल त कार्यक्रम आयोजक समितिका प्रमुख नै थिए । मन्त्री, नेता, प्रदेश सरकारदेखि सबै तहका नगरपालिकाका प्रमुख एवं अन्य पदाधिकारीहरू ४ दिनसम्म सारा काम छोडेर यसैमा ओइरो लागे ।
त्यतिमात्र होइन, सम्मेलन अवधिभरका लागि मंसिर १३ गतेदेखि १६ गतेसम्म ४ दिन काठमाडौं उपत्यकाका सडकहरू नै सुनसान बनाउने काम गरियो गाडीको नम्बर जोर बिजोरका आधारमा एकदिन बिराएर चलाउने गरी । आफूलाई माक्र्सवादी र धर्मलाई अफिम भन्ने सरकारले क्रिश्चियानिटीप्रति देखाएको कुरीकुरी लाग्दो र कसैका लागि कन्पारो तात्ने घटना थियो त्यो । प्रतिनिधिसभा घोषणा २०६३ मा ‘रहस्यमय र तिलश्मी तालले ‘नेपाल धर्मनिरपेक्ष राज्य हुनेछ’ भन्ने वाक्य कसरी घुसाइयो, यसबारे सत्ता वरिपरिका कसैलाई पनि थाहा छैन ।
यता केही समयदेखि मूख्यतः हिन्दु, बौद्ध र किराँत धर्म तथा संस्कृतिमाथि नियोजित हमला हुँदै आएको छ । आराध्यदेव पशुपतिनाथ–शिवप्रति घृणा फैलाउँदै मच्छेन्द्रनाथ र अन्य देवी–देवताहरूलाई राक्षस र सैतान भन्दै निन्दा गरेर बदनियतपूर्वक इसाई धर्म प्रचार अभियान चलाइएको छ ।
इसाईकरणको सेवा विविधीकरण
इसाईकरणले कम्युनिस्ट पार्टीलाई हतियार वा मतियार र कतिपय नेपालीलाई भाडाका इसाई वा धार्मिक लाहुरे बनाइरहेको तथ्य जगजाहेर छ । क्रिश्चिटियानिटीको फैलावटलाई सहज र सम्भव बनाउन विभिन्न ५ चरित्रका पात्रहरू विभिन्न भूमिकामा लागेका छन् ।
१. धर्म परिवर्तन गराउन प्रत्यक्ष संलग्न भएकाहरू :- संविधानको ठाडौ बर्खिलाप र मौलिक अधिकारको पूरै प्रतिकूल हुने यो गतिविधिमा विभिन्न स्वदेशी र कतिपय विदेशीहरू संलग्न छन् । जनताको गरिबी, अशिक्षा, पछौटेपन, सहज चेतना र सिधा–सादापनको नाजायज फाइदा उठाउँदै धर्म परिवर्तन गराईरहेका छन् । त्यस्तालाई सरकारले छुन चलाउन सक्दैन । चाहँदैन ।
२. हिन्दु र बौद्ध धर्मलाई हरतरहले बदनाम र बेइज्जत गर्न लगाइएका तथाकथित बुद्धिजीवीहरू :- यस्तो चरित्रका व्यक्तिहरू अधिकांशतः कम्युनिस्ट पार्टीको आवरणमा छन् । उनीहरू अन्य धार्मिक गतिविधिमा सरिक त हुँदैनन् । उनीहरूको एउटै काम हिन्दू र बौद्ध धर्मप्रति मानिसमा वितृष्णा जगाइदिने, विरोधमा लेख रचना लेख्ने, जनतालाई बिचलित बनाइदिने र क्रिश्चियन धर्मतिर जान विवश बनाउने मनोवैज्ञानिक षड्यन्त्र गर्ने हो ।
३. प्रचार सामग्री बाँड्दै हिँड्ने कारिन्दाहरू :- बेरोजगार युवा–युवतीहरूलाई भर्ती गरेर पर्चा पम्पेट बाँड्दै, इसाई गीतका रेकर्ड बेच्दै टोलटोल वा गाउँगाउँमा पठाउने काम तीबै्र गतिमा भइरहेको छ । यस्ता प्रचारकको संख्या १० हजारभन्दा माथि भइसकेको बलियो अनुमान छ ।
४. राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको गतिविधि :- विकास, न्याय, शान्ति जस्ता सर्वमान्य पक्षको आवरणमा नेपालमा कार्यरत कतिपय आई/एनजीओहरूको गुप्त गतिविधि दाताको क्रिश्चियन मिशनको सेवा गर्नु हो । नेपालमा हाल करिब ५० हजार आई/एनजीओहरू अस्तित्वमा छन् । तीमध्ये करिब १५ हजार संस्थाहरू क्रिश्चियन गतिविधिका सहजकर्ता वा सहयोगी छन् ।
५. नेपालका प्रधानमन्त्री,बेलायती राजदूतका हर्कत, राज्य गतिविधिको उदाहरण :- बेलायती राजदूत एन्डी पाक्र्सले संविधान निर्माण भइरहेको बेला ०७१ मंसिर २४ बुधबार सभासदहरूलाई एउटा ‘खुलापत्र’ लेखेर धर्म परिवर्तनलाई मौलिक अधिकारमा राख्न गरेको आग्रह वा ०७२ को महाभूकम्पको अवस्थामा तत्कालीन प्र.म. सुशील कोइरालाले ‘नेपाल जेसुइट सोसाइटी’ नामक इसाई संस्थालाई राहत वितरणका नाममा धर्म परिवर्तन गर्न दिएको खुला छुट एकै अर्थका हुन् । कथित ‘धर्मनिरपेक्षता’ इसाईकरणसँगै नेपाललाई केन्द्र बनाई भारत र चीन दुबैतर्फ जातीय द्वन्द्व चर्काउने उद्देश्य रहेको बुझिन्छ ।
जनगणनाले सार्वजनिक गरेको तथ्याङ्क सनातन हिन्दु राष्ट्रको पक्षमा प्रतिबिम्बित छ । यसलाई जनमत संग्रहको विवादित विषय बनाइनु आफैलाई जन्म दिने मातापिता आफ्ना हुन् वा होइनन् भनी मुद्धा वा विवाद बनाएर हिँड्नुजस्तै हो ।
अनन्तकालदेखि चल्दै आएको वैदिक सनातन हिन्दु धर्म ओमकार परिवारमा बौद्ध, किराँत, प्रकृतिपूजक, जैन, शिख, नागा आदि पर्दछन् । धार्मिक तथा सांस्कृतिक अतिक्रमणको कारणबाट नेपाल आज संकटमा परेको छ । यता केही समयदेखि मूख्यतः हिन्दु, बौद्ध र किराँत धर्म तथा संस्कृतिमाथि नियोजित हमला हुँदै आएको छ । आराध्यदेव पशुपतिनाथ–शिवप्रति घृणा फैलाउँदै मच्छेन्द्रनाथ र अन्य देवी–देवताहरूलाई राक्षस र सैतान भन्दै निन्दा गरेर बदनियतपूर्वक इसाई धर्म प्रचार अभियान चलाइएको छ ।
तिब्बती भाषामा लेखिएका बौद्ध धर्मका बहुमूल्य ग्रन्थहरू गुम्बाबाट निकालेर वन–बाटोमा फ्याकिएका र पोलिएका छन् । ओमकार परिवारका आस्थाको केन्द्र पाशुपत क्षेत्रमा क्रिश्चियनहरूको चिहान बनाउन पाउनुपर्छ भन्ने माग सो क्षेत्रलाई अस्तित्वहिन बनाउन गरिएको षडयन्त्र हो । राहतका नाममा बाइबल बाँड्दै हिँड्नेहरूले नेपालको राष्ट्रिय पहिचानको मजाक वा धज्जी उडाइरहेका छन् । गौमाता मानिएको गाईलाई बध गरी मासु खाने खुवाउने दुष्कर्म बढ्दैछ ।
तत्काल कब्जा होइन, दीर्घकालिन मौजा
शहरी क्षेत्रका टोल–टोलमा पानी सरह पैसा बगाएर स्थापना गरिएका ‘मण्डली’ (चर्च) सञ्चालित छन् । तिनीहरूले शनिबार र आइतबार स्थानीय टोल वा मोहल्ला थर्काएर इसाई भजन गाएर अन्य जनसमुदायको दैनन्दिनीमा ठूलो व्यवधान खडा गरिरहेका छन् । केही वर्षअघिसम्म देशभरिमा सात हजार चर्च रहेकोमा यो संख्या २२ हजार पुगेको छ । यी मूख्यतः प्रोटेस्टन चर्च हुन् ।
२००७ सालको जनक्रान्ति सम्पन्न भएका बेला नेपालमा जम्मा २५ जना इसाई थिए, आज इसाईहरूको संख्या १८ लाखभन्दा माथि पु¥याईएको छ । हो, मल्लकालमा काठमाडौंमा केपुचिन इसाईहरू रहेबसेका थिए । उनीहरूले स्थानीय समाजमा विद्यमान धार्मिक अस्तित्व र मान्यतामा विचलन पैदा गरी धर्मका नाममा समाज भड्काउने काम गरेका हुनाले पृथ्वीनारायण शाहले उनीहरूलाई देश निकाला गरिदिएका थिए । धर्मप्रतिको अनुरागका कारण इसाई हुने नेपालीको संख्या बढेको होइन, प्रलोभन नै यसको मूख्य कारण हो । हिन्दु धर्ममा विद्यमान छुवाछुत प्रथाको कलंक, नेपाली समाजको गरिबी, बेरोजगारी, अशिक्षा आदि पनि यसका लागि उत्तिकै जिम्मेवार छन् ।
अहिले राष्ट्रको कुनै धर्म हुँदैन भन्दै मुलुकलाई अधर्मी, पापी, अपराधी र पाखण्डीहरूको क्रिडास्थल बनाउने दुस्साहस चलिरहेको छ, जुन घोर आपत्तीजनक छ । सबै शब्दकोश हेरियोस्, ‘निरपेक्ष’ को अर्थ नास्तिक र नकारात्मक हुन्छ ।
हिजो लोकतान्त्रिक पद्धति, संस्कार र संस्कृतिबिरूद्ध उग्रराष्ट्रवाद, नयाँ नेपाल र अग्रगमन भन्दै सशस्त्र द्वन्द्व मच्चाएर हजारौं निर्दोष नेपालीको अनाहकमा ज्यान लिने, नेपाल एकीकरणका अभियन्ता तथा नायक पृथ्वीनारायण शाहको शालिक तोडफोड गर्ने, संस्कृत विश्वविद्यालय जलाउने, बौद्ध धर्मका आस्थाकेन्द्र गुम्बाहरू भत्काउने, पवित्र आस्था र भाव–भक्तिका साथ तीजको ब्रत बसेका नारीहरूलाई गाईको मासु कोच्याउने, नेपालका प्रत्येक वडामा कम्तिमा २/२ र नगरका वडाहरूमा कम्तिमा ५/५ चर्च स्थापना गर्ने, इसाईकरण अभियानका मतियार उग्रवादसम्बन्धी शक्तिसँग तिनले गरेको नरसंहारको औचित्य पुष्टि नभएसम्म विद्यमान समस्याको निकास देखिँदैन ।
नेपालको जनगणना २०६८ ले हिन्दु, बौद्ध, किराँत, जैन, शिख, आदि ओमकार परिवारका ९४ प्रतिशत जनता सनातन धर्मावलम्बी भएको तथ्याङ्क जगजाहेर छ । यसमाथि राप्रपा नामको पार्टीले हिन्दु राज्यको मागलाई थापी खाने राजनीतिक लाभको भाँडो बनाउँदै आएको चरित्रदेखि हिन्दुहरू सावधान हुनुपर्ने अवस्था छ । जनगणनाले सार्वजनिक गरेको तथ्याङ्क सनातन हिन्दु राष्ट्रको पक्षमा प्रतिबिम्बित छ । यसलाई जनमत संग्रहको विवादित विषय बनाइनु आफैलाई जन्म दिने मातापिता आफ्ना हुन् वा होइनन् भनी मुद्धा वा विवाद बनाएर हिँड्नुजस्तै हो ।
आज तरिका फेरिएको छ । तोपको सट्टा पोप अर्थात बन्दुकको सट्टा बाइबल प्रयोग भइरहेको छ । विकास र उपकारको आवरणमा कमजोर र गरिब राष्ट्रलाई तत्कालिन कब्जा होइन, दीर्घकालिन मौजा बनाउने षड्यन्त्र भइरहेको छ । हाम्रो वैदिक सनातन हिन्दु राष्ट्र नेपाललाई कुनै दिन इसाई राष्ट्र बनाउने षड्यन्त्रका गोप्य तानाबाना बुनिँदैछन् ।
हिन्दु राष्ट्र नेपाल विश्वका सवाअर्ब हिन्दुको मूख्य चिनारी हो । हठात घोषित धर्मनिरपेक्षताले उनीहरूको अस्मितामाथि कुठाराघात भएको छ । अहिले विश्वमा ९९ क्रिश्चियन, ४९ मुस्लिम, १२ बौद्ध र १ यहुदी धर्मसापेक्ष राष्ट्र छन् । तिनले धर्मसापेक्ष भईरहन मिल्ने, विश्वको एकमात्र हिन्दु राष्ट्र नेपाललाई कसको लागि धर्मनिरपेक्ष राष्ट्र बनाउनु पर्ने ? मुसलमानका लागि ? क्रिश्चियनका लागि ? कसका लागि ?
पृथ्वीनारायण शाहले विधर्मीबाट सुरक्षित नेपाल नै ‘असली हिन्दुस्थाना’ हो भनेका थिए । उनले आफ्नो कुलाधर्म संस्कृतिको रक्षा गर्नुपर्छ भनेर नेपाललाई एकीकरण गरेर जोगाएका थिए । त्यसैले उनले नेपाली जनतालाई अनेक प्रलोभन र प्रपञ्चमा पारेर धर्म परिवर्तन गराउँदै आएका फिरङ्गीहरूलाई डाँडा कटाएका थिए । अहिले राष्ट्रको कुनै धर्म हुँदैन भन्दै मुलुकलाई अधर्मी, पापी, अपराधी र पाखण्डीहरूको क्रिडास्थल बनाउने दुस्साहस चलिरहेको छ, जुन घोर आपत्तीजनक छ । सबै शब्दकोश हेरियोस्, ‘निरपेक्ष’ को अर्थ नास्तिक र नकारात्मक हुन्छ ।
पहिलेका उपनिवेशवादीहरू बन्दुक र तोपका बलमा अन्य राष्ट्रमाथि धावा बोलेर राज्यकब्जा गर्दथे । आज तरिका फेरिएको छ । तोपको सट्टा पोप अर्थात बन्दुकको सट्टा बाइबल प्रयोग भइरहेको छ । विकास र उपकारको आवरणमा कमजोर र गरिब राष्ट्रलाई तत्कालिन कब्जा होइन, दीर्घकालिन मौजा बनाउने षड्यन्त्र भइरहेको छ । हाम्रो वैदिक सनातन हिन्दु राष्ट्र नेपाललाई कुनै दिन इसाई राष्ट्र बनाउने षड्यन्त्रका गोप्य तानाबाना बुनिँदैछन् ।
पत्रकार खगेन्द्र भण्डारी लामाे समयदेखी समसामयिक राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा कलम चलाउदै आइरहेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
मधेस प्रदेशमा कुपोषण समस्या बढ्दै, निःशुल्क उपचार गर्दै प्रदेश सरकार
असोज ४, २०८१ शुक्रबार
च्याम्पियन्स लिगमा एटलेटिको म्याड्रिडको विजयी शुरुवात
असोज ४, २०८१ शुक्रबार
हेडको शतकीय पारीसँगै इङल्याण्डमाथि अस्ट्रेलिया ७ विकेटले विजयी
असोज ४, २०८१ शुक्रबार
बार्सिलोना मोनाकोसँग पराजित
असोज ४, २०८१ शुक्रबार
अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनमा मनाइयो संविधान दिवस
असोज ४, २०८१ शुक्रबार
अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो
असोज ४, २०८१ शुक्रबार