शान्तिपूर्ण विरोध गर्न पाउने अधिकारको रक्षा गर्न कांग्रेसकाे माग
इन्द्र रिजाल
असार १३, २०७६ शनिबार १:५०:८
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत दलले शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने अधिकारको रक्षा गर्न सरकारसँग माग गरेका छन् । सभामुख कृष्णबहादुर महराले आज सङ्घीय संसद् प्रतिनिधिसभाको बैठकको कारवाही शुरु गरेपछि कांग्रेस र राष्ट्रिय जनता पार्टी ‘राजपा’का सांसदले देशका विभिन्न भागमा शान्तिपूर्ण रुपमा भइरहेका दमन विरुद्ध उठेर विरोध जनाएका थिए ।
उठेर विरोध जनाएपछि सभामुख महराले कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणलाई बोल्ने समय दिएका थिए । उनले बर्दियाका युवाले मन्त्रीलाई कालो झण्डा देखाउदा प्रहरीले नियन्त्रणमा लिई पिटाइले निधन भएको घटना सेलाउन नपाउँदै काठमाडौँमा नेपाल तरुण दलका दिनेशविक्रम शाहलाई प्रहरीले आक्रमण गरी घाइते बनाएकाले शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने अधिकारको हनन् भएको बताए ।
कञ्चनपुर र बुटवलमा पनि शान्तिपूर्ण रुपमा विरोध गर्नेलाई दमन गरिएको नेता खाँणले बताए । कञ्चनपुरमा विभिन्न माग राखेर विरोध गर्ने क्रममा नेपाली कांग्रेस क्षेत्र नं १ का क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्यायलगायत घाइते भएको घटनाको गम्भीरतापूर्वक छानबिन गर्न उनले माग गरे । प्रमुख सचेतक खाँणले नागरिक अधिकार कुण्ठित गरी धरपकड गर्न थाले सरकारले यसको भारी मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।
अमेरिकी नागरिक फिर्ता गरिएको घटना छानबिन गर्न माग
राजपाका सांसद राजकिशोर यादवले पूर्व न्यायधीश गिरीशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक–पटक माग गरेकामा प्रधानमन्त्री एवं मन्त्रीहरुले जनाएको प्रतिबद्धता कार्यान्वयन नभएको बताए । लाल आयोगको प्रतिवेदन सार्वजनिक नहुँदा गम्भीर आशङ्का पैदा भएको उल्लेख गर्दै उनले फेरि निर्दोष जनतालाई फसाउने षड्यन्त्र त भएको छैन भन्ने आशङ्का व्यक्त गरे ।
त्रिभुवन विमानस्थल अध्यागमनबाट अमेरिकी नागरिकलाई बिना कारण फर्काइएको घटनाको छानबिन गर्न पनि सांसद यादवले माग गरे। यसले राम्रो सङ्केत नगरेको बताउनुहुँदै उनले नेपाल र नेपालीको सुरक्षाको जिम्मेवारी लिएर बसेको सरकारले कसैको निर्देशनमा काम नगर्न आग्रह गरे ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपअखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौंमा
असोज ४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्दै
असोज ४, २०८१ शुक्रबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौंमा
असोज ४, २०८१ शुक्रबार
संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा
असोज ४, २०८१ शुक्रबार
भन्सालीको नयाँ फिल्म 'लभ एन्ड वार' अक्टोबरमा फ्लोरमा जाने
असोज ४, २०८१ शुक्रबार
बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव
असोज ४, २०८१ शुक्रबार
मधेस प्रदेशमा कुपोषण समस्या बढ्दै, निःशुल्क उपचार गर्दै प्रदेश सरकार
असोज ४, २०८१ शुक्रबार
च्याम्पियन्स लिगमा एटलेटिको म्याड्रिडको विजयी शुरुवात
असोज ४, २०८१ शुक्रबार