उपत्यकामा ५ दिनदेखि थुप्रियो फोहोर : अवरोधले उठेन फोहोर, संक्रमणको खतरा !
इन्द्र रिजाल
असार १५, २०७६ आइतबार १४:११:५७
काठमाडौं । सिस्डोलमा स्थानीयको निरन्तर अवरोधका कारण उपत्यकामा फोहोर थुप्रिएको छ । पाँच दिनदेखि उपत्यकामा फोहोर व्यवस्थापनमा समस्या आउँदा संक्रमणको खतरा बढेको छ । संक्रमणका कारण उपत्यकामा गम्भीर खालका रोग फैलन सक्ने भय बढेको चिकित्सकले बताएका छन् ।
उपत्यकामा फोहोर थुप्रिदा दुर्गन्ध फैलिएको छ । उपत्यकावासीहरु सडकमा नाक छोपेर हिँड्न बाध्य छन् । प्रतिकूल मौसमका तथा घना बस्ती रहेकाले उपत्यकामा छिट्टै संक्रमण फैलने खतरा बढेको भन्दै चिकित्सकले चिन्ता व्यक्त गरेका छन् ।
नुवाकोटको ककनी गाउँपालिका–२ मा स्थित सिस्डोल ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन हुँदै आएकोमा स्थानीयले विभिन्न माग राख्दै अवरोध गरेपछि समस्या उत्पन्न भएको हो ।
काठमाडौं महानगरपालिकाको नेतृत्वमा २०६२ देखि उपत्यकाका तीनवटै जिल्लाको फोहोर सिस्डोलमा व्यवस्थापन हुँदै आएको छ ।काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल सहमति भए पनि स्थानीयले अवरोध कायमै राख्दा फोहोर उठाउन नसकिएको बताउँछन् ।
उपत्यकामा दैनिक ११ सय टन फोहोर संकलन हुने गरेको छ । यस अवधिमा थुप्रिएको ५ हजार टन बढी फोहोर अस्तव्यस्त छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमाटोका भाँडा बनाउने व्यवसायी समस्यामा
पुष २५, २०८१ बिहिबार
हाइटेन्सन तारबाट करेन्ट लागेर टिपरमा आगलागी ,चालक गम्भीर
पुष २५, २०८१ बिहिबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
वडाध्यक्षको तरकारीखेती मोह
पुष २६, २०८१ शुक्रबार
बैंकले सस्तोमा जग्गा लिलाम गरेको विरोधमा लहानका स्थानीय आन्दोलित
पुष २६, २०८१ शुक्रबार
लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
तराईमा शीतलहरको कहर: जोखिम बढ्दो, पूर्वतयारी सुस्त !
पुष २६, २०८१ शुक्रबार
हुम्लाको खार्पुनाथमा एक महिनादेखि सिटामोलसमेत अभाव
पुष २६, २०८१ शुक्रबार
अमेरिकी डलर र युरो स्थिर, अन्य विदेशी मुद्राको मूल्य घटबढ
पुष २६, २०८१ शुक्रबार