सुन तस्करी प्रकरण : तीन न्यायाधीशले न्यायपरिषद् सचिवालयमा बुझाए प्रस्टीकरण
इन्द्र रिजाल
असार १५, २०७६ आइतबार १४:३१:३२
काठमाडौं । ३३ केजी सुन तस्करी प्र्रकरणमा छानबिनमा तानिएका उच्च अदालत विराटनगरका तीन न्यायाधीशले न्यायपरिषद्मा प्रस्टीकरण बुझाएका छन् ।
उच्च अदालतका न्यायाधीश थीरबहादुर कार्की, साधुराम सापकोटा र उमेश सिंहले न्यायपरिषद्मा आफैं उपस्थित भएर प्रस्टीकरण पेस गरेका छन् ।
न्याय सम्पादनमा गम्भीर त्रुटि देखिएको भन्दै जिम्मेवारी खोसिएका ती न्यायाधीशलाई छानबिनका लागि न्यायपरिषद्मा झिकाइएको थियो । प्रधानन्यायाधीशको सूक्ष्म निगरानीअन्तर्गत सुन तस्करी काण्डदेखि ठगी मुद्दाको फैसलामा न्यायिक विचलन देखिएको भन्दै सचिवालय तानिएका हुन् ।
परिषद् तानिएका विराटनगर उच्च अदालतका ८ न्यायाधीशमध्ये तीन जनालाई गत साता स्पष्टीकरण सोधिएको थियो । उनीहरूले एक साता पुग्नु एक दिनअगावै स्पष्टीकरण पेस गरेको न्यायपरिषद् स्रोतले जानकारी दियो ।
न्यायपरिषद्मा बुझाएको प्रस्टीकरण विषयमा न्यायाधीश साधुराम सापकोटाले आफूले केही नबोल्ने बताए । ‘न्यायपरिषद्ले जे सुकै गरोस्, म अहिले बोल्दिनँ,’ उनले भने ।
न्यायपरिषद्को छानबिनमा परेकामध्ये मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेल र न्यायाधीशद्वय सारंगा सुवेदी र जनक पाण्डेमाथि लागेको आरोप पुष्टि हुन नसकेकाले उनीहरूले सफाइ पाएका थिए ।
सोही प्रकरणमा मुछिएका न्यायाधीश उमेशराज पौडेल र नागेन्द्रलाभ कर्णले न्याय सेवाबाट अवकाश पाइसकेका छन् । उनीहरूविरुद्ध लागेको आरोपका फाइल तामेलीमा राख्ने निर्णय भएको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबर्दियामा हावा हुरीले एफएमको टावर ढल्यो, दर्जनौं घरको छाना उडायो
असार ७, २०८१ शुक्रबार
सरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
कांग्रेस सांसद बजगाईँविरुद्ध पर्यटन मन्त्रीले दिए संसदीय दल र अनुशासन समितिमा उजुरी
कात्तिक ३०, २०८१ शुक्रबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
महाभारतकालीन मेडरी नाच संरक्षणमा जुटे थारु समुदाय
मंसिर १, २०८१ शनिबार
चितवन कांग्रेसले पुःन सुरु गर्यो १०० दिने अभियान
मंसिर १, २०८१ शनिबार
कर दिवसमा विभिन्न कार्यालयका १० कर्मचारी सम्मानित
मंसिर १, २०८१ शनिबार