सहमतिपछि चिया उद्योग सञ्चालन
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
असार १५, २०७६ आइतबार १९:५८:३९
![](https://nepalbahas.prixacdn.net/media/albums/tea-bagan-1_cilBeJHaAl.jpg)
इलाम । स्थानीय तहले बनाएको चियाको मापदण्डअनुसार हरियो चियापत्तीको मूल्य निर्धारण गर्न नसकिने भन्दै उद्योग नै बन्द गरेका सूर्योदय नगरपालिकाका चिया उद्योगीले आजदेखि उद्योग सञ्चालन गरेका छन् ।
नगरपालिकासँग शनिबार बेलुका बसेको बैठकबाट सहमति जुटेसँगै आजदेखि चिया उद्योग सञ्चालनमा ल्याइएको हो । नगरपालिकाले तोकेको मापदण्डअनुसार हरियो चियापत्तीको मूल्य दिएमा चिया उद्योग सञ्चालन गर्न नसकिने भन्दै सूर्योदय टी एशोसिएसनमा आबद्ध ५२ वटा चिया उद्योग गत बिहीबारदेखि बन्द भएका थिए । तर ‘हरियो चियाको गुणस्तर मापदण्ड कार्यविधि’ कायम राख्ने तर एउटा चिया उद्योगले अस्वीकार गरेको चिया अर्को उद्योगले नलिने सहमतिपछि उद्योग खुलेका हुन् ।
“यसभन्दाअघि हामी उद्योगीबीच पनि जथाभावी गुणस्तरहीन चिया किन्ने प्रचलन थियो”, सूर्योदय टी एशोशिएसनका सचिव गोपाल कट्टेलले भने, “अब चाहिँ चियाको गुणस्तर कायम नै राखेर एउटा उद्योगले नलिएको चिया अर्कोले पनि नलिने गरी सहमति भएको छ ।”
नगरको कार्यविधिमा किसानले न्यूनतम् ४० प्रतिशत सुइरो भएकै हरियोपत्ती उद्योगलाई बेच्नुपर्ने, उद्योगीले त्यस्तो पत्तीको कम्तीमा प्रतिकिलो ४० रुपैयाँ किसानलाई दिनुपर्ने उल्लेख छ । “कार्यविधिमा भएकै व्यवस्थालाई नगरपालिकाले उद्योगी र किसानसमेत समेटिएको टोली बनाएर अनुगमन गर्ने सहमति भएको छ”, छलफलमा सहभागी सूर्योदय नगरका आर्थिक समिति संयोजक देवेन्द्र शर्माले भने, “कार्यविधि पालना गर्दा चियामा आफसेआफ गुणस्तर कायम हुन्छ ।” अनुगमनका लागि चिया विस्तार आयोजनाका प्रमुख रामअवतार साहको संयोजकत्वमा १३ सदस्य समिति बनाउने सहमति भएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपपचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा
असार १५, २०८१ शनिबार
आज असार १५ : राष्ट्रिय धान दिवस तथा दही चिउराको सांस्कृतिक पर्व मनाइँदै
असार १५, २०८१ शनिबार
कोशीमा हालसम्म १४ प्रतिशत धान रोपियो
असार १४, २०८१ शुक्रबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
एसइईमा फेल भएका सबैले मौका परीक्षा दिन पाउने
असार १४, २०८१ शुक्रबार
पुस्तकालय रेखदेख गर्ने कर्मचारी राख्न माग
असार १५, २०८१ शनिबार
गुल्मीमा पहिरोले पुरिएर एकै घरका ३ जनाको मृत्यु, २ बेपत्ता
असार १५, २०८१ शनिबार
पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा
असार १५, २०८१ शनिबार
युरोकप नकआउट चरणको पहिलो खेलमा आज इटाली र स्वीजरल्याण्ड भिड्दै
असार १५, २०८१ शनिबार
बागलुङमा श्रीमान–श्रीमती घरसहित पहिरोमा पुरिए
असार १५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १५, २०८१ शनिबार