बङ्गलादेशको संसद : ६२ अर्ब अमेरिकी डलरको बजेट अनुमोदन
इन्द्र रिजाल
असार १६, २०७६ सोमबार १४:१६:४०
ढाका । बङ्गलादेशको संसदले आर्थिक बर्ष २०१९-०२० का लागि अहिलेसम्मकै उच्च पाँच ट्रिलियन टाका ‘झण्डै ६२ अर्ब अमेरिकी डलर’ को बजेट अनुमोदन गरेको छ ।
मुलुकको आर्थिक वृद्धि दरलाई ८.२ प्रतिशत पु¥याउने लक्ष्य लिएको सरकारले अर्थमन्त्री एएचएम मुस्तफा कमलद्वारा जारी बार्षिक बजेट कार्यक्रमलाई आइतबार संसदमा अनुमोदनका लागि प्रस्तुत गरेको थियो ।
प्रधानमन्त्री शेख हसिनाको सत्ताधारी दल बङ्गलादेश अवामी लिग ‘एएल’ पार्टीको सरकारले आर्थिक वृद्धिका लागि महत्वाकांक्षी योजनासहित बजेटको घोषणा यस पहिले नै गरेको थियो ।
संसदमा प्रस्तुत वजेट कार्यक्रमलाई यस आर्थिक बर्षको अन्तिम संसद अधिवेशनको अन्तिम दिन ध्वनी मतका आधारमा सर्वसम्मतिका साथ अनुमोदन गरेको हो ।
सन् २०१९-०२० का लागि बङ्गलादेशको कुल बजेट ६२ अर्ब अमेरिकी डलर हुनेछ, जुन यहाँको कुल ग्राहस्थ उत्पादनको १८.१ प्रतिशत रहेको छ । सरकारले यस बर्ष १३ प्रतिशत बजेट वृद्धि गरेको हो ।
खर्चतर्फ बार्षिक विकास कार्यक्रमका मानव साधनस्रोत, विद्युत तथा इन्धन र सूचना सञ्चार क्षेत्रमा सवैभन्दा बढी अर्थात् २.०२ ट्रिलियन टाका बराबरको बजेट छुट्टाइएको छ ।
नयाँ बर्षमा बङ्गलादेशको बजेट घाटा करिब १.४३ ट्रिलियन रहनेछ, जुन कुल ग्राहस्थ उत्पादनको पाँच प्रतिशत हो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपइरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार