सेते दर्जीले जानेको प्रजातन्त्र र राजनीति
इन्द्र रिजाल
असार १६, २०७६ सोमबार १७:३५:२३
असार महिना,राेपाईकाे माैसम । वरिपरिका सबै खेतमा होहल्ला छ !
खेतको वल्लो छेउदेखि जोत्दै पल्लो छेऊमा पुगेपछि उसले हातमा लिएको बलियो छडीलाई मुखले बीचतिर टोक्यो, हिलोमा जोतिएको हलो दुईहातले तानेर निकाल्यो र हलोभरि अल्झिएका झारपात र हिलोलाई लात्ताले सोहोरेर पन्छायो । हलो फिराएर मेलोमा मिलायो, मुखले टोकेको छडी फेरि हातमा लियो, हलको माले गोरूलाई दया राखेर हल्का पाराले छडी लगायो, तारे गोरूको पुच्छर पनि निमोठ्यो, अनौमा समातेर हलो घुमाउँदै गोरूलाई ठूलो स्वरमा फर्किने आदेश दियो “होऽऽरा !”
फुर्सदमा यी ‘मन्त्री’ गोरू व्यापार गर्नेदेखि गाउँघरका बिहे–बटुलोमा शहनाई बजाउन समेत भ्याउँछन् । अनुहारका हँसिला बोलीका फरासिला यिनी आफूलाई ‘मन्त्री’ भनेकोमा प्रतिवाद पनि गर्छन्, “मन्त्री भनेर मेरो बेइज्जत नै गरे । हजारवटा फटाहा मरेपछि बल्ल एउटा मन्त्री जन्मिन्छ अरे ! म कहाँ तेस्तो फटाहा हुन सक्नु ? लुट्न, छल्न, ढाँट्न, नकच्चरा कुरा गर्दै हिँड्ने लबस्तराहरूलाई पो मन्त्री भन्न सुहाउँछ । मजस्तो सिदासादा गरिब मान्छे कता मन्त्री हुन पाउँनु !”
अनि फेरि आफ्ना चेतनाका फिलिंगा, कुराका गेडाहरू शुरू ग¥यो, “नेत्ता भन्नु त बिसेस्सोर मात्रै हो । यी अरू ता उनका खुट्टामा बाँध्दा पनि नसुहाउने ! तेस्सै ठूला भईखा’का मराहरू !”
राजधानीभन्दा सुदूरपूर्वको यो दुर्गम पहाडी गाउँमा आजीवन आहाराको चिन्ता र जोहोको प्रयासमा डुबेको एउटा अदना दर्जीलाई कुन अनुरागले हो कुन्नी, राष्ट्रको एउटा नेताप्रति यति निष्ठावान बनायो । यिनले आफ्नो कुराको दृढता छोडे मार्दिनू ! गाउँघरमा यिनका बोलीको निकै वजन देखिन्छ ।
सेते दर्जीलाई गाउँलेहरू ‘मन्त्री’ को उपनामले पनि बोलाउँछन्, तिरस्कार गरेको होइन, बरू जनजिब्रोको आत्मीयता भने हुन्छ । किनकि गाउँको मामिला र कचहरीमा कुरा टुङ्ग्याउन पनि यिनै ‘मन्त्री’ चाहिन्छ । चोटिला र ब्यावहारिक कुरा गर्न खप्पिस छन् । मौका परे गफ दिन पनि पछि हट्दैनन्, “मैले त आमाको गर्भमै मेटिक पास गर्या हुँ।”
फुर्सदमा यी ‘मन्त्री’ गोरू व्यापार गर्नेदेखि गाउँघरका बिहे–बटुलोमा शहनाई बजाउन समेत भ्याउँछन् । अनुहारका हँसिला बोलीका फरासिला यिनी आफूलाई ‘मन्त्री’ भनेकोमा प्रतिवाद पनि गर्छन्, “मन्त्री भनेर मेरो बेइज्जत नै गरे । हजारवटा फटाहा मरेपछि बल्ल एउटा मन्त्री जन्मिन्छ अरे ! म कहाँ तेस्तो फटाहा हुन सक्नु ? लुट्न, छल्न, ढाँट्न, नकच्चरा कुरा गर्दै हिँड्ने लबस्तराहरूलाई पो मन्त्री भन्न सुहाउँछ । मजस्तो सिदासादा गरिब मान्छे कता मन्त्री हुन पाउँनु !”
यो असारमा गोरूको पुच्छरले मुखभरि हिलो छ्यापेर चिन्नलाई पनि हम्मे पर्ने भएका सेते दर्जी टन्टलापुर घाममा रोपाईका लागि खेत हिल्याइरहेका छन् र बीचबीचमा आफ्ना अनुभव सुनाउँदैछन्, “कली लागेर उग्र छ हजुर ! हेर्नुस् त यो घाम किन एसरी धर्तीमा ओइरेको ! एसपाली ता झन् खपिनसक्नु भो । राज्जेको मान खा’काहरू नै पापी भएर नर्कै खान थालेपसि सूर्जे भगवानलाई पनि सहिनसक्नु भ’को हो यो !”
आफ्नो हलका माले र तारे गोरूलाई कहिले हप्काउँदै, कहिले फकाएजस्तै र कहिले पिट्दै वा पुच्छर निमोठ्दै, दिनभरि नै हलका गोरुसँग गन्गनाइरहन्छन् । पसिनाले निथुक्क्र भिजेको डँडाल्नो र निधारभरि पसिनाले लतपतिएको अवस्था, अविरल बोलीमा मनको बेग कहाँकहाँसम्म पु¥याउँछन्, “तीन दिनसम्म पर्खिँदा पनि मल किन्न पाइएन । मल किन्न लग्या पैसा आधाउधी उतै खाएर सकिहालियो ! आखिर रित्तै फिर्नु परो ! यसपाली ता खोई के फल्ला र ! पैलेपैले चामलको रौसी बनाउँथे अचेल मलको रौसी बनाउन थाले । जँड्याहाहरूले खेतीवालको मल पनि बाँकी राखेनन्, हे दैव !”
आफैँले पातमा बेरेको सुर्ती सेते दर्जीले सल्काए र बोल्न थाले, “राजालाई भोट दिने कि बिसेस्सोरलाई दिने भन्ने कुरो आ’छ । नेपालमा राजा र विशेस्सोर मिले भन्ने पनि सुन्छु । राजाले राज्जे गर्छन्, बिसेस्सोर जनताका हुन् । मेरो आत्माले ता भोट बिसेस्सोरलाई नै दिउँ भनो ।”
उनी हिल्याउँदै म उभिएको ढुङ्गादेखि पल्लोछेऊ पुग्दै र त्यही रीतले फर्किन्छन् । अनि मैले उनलाई बीपी कोईरालालाई कहिले कहाँ भेटेको र उनको यति भक्त भएको कारण सोधेँ ।
उनी बीपीसँग भेट भएको कथा सुनाउन थाले, “सोह«सालाँ पर्धान मन्त्री भएर बिशेस्सोर विराटनगर आए । हामी त्याई थिऊँ । त्यो तेजमान एम्पी छैन, हो, उसैले ल हिँड आज बिसेस्सोर पर्धानमन्त्रीलाई भेटाईदिन्छु भनेर ले’रगो । तेजमानले ता उनलाई एउटा राम्रो फुलको झुप्पा (गुच्छा) दे, अनि हामीलाई चिनाई दे, ल सान्दाजु यी हाम्रै मान्छे हुन् भने । बिसेस्सोरले नाउँ सोधे, मेरो नाम भन्दिएँ । तेजमानले देको फूलको झुप्पा ता बिसेस्सोरले मेरो हातमा पो राखिदिए ! तपाईको के भन्नुछ सेते दर्जी ? भनेर सोधे । हजुर, मलाई काम दिनुस्, दे’को काम म रामरी गर्छु भन्दिएँ । दर्जी भएँ भनेर मन खिन्न नपार्नु, जातले केही पनि बिगार्दैन, म बिग्रन दिन्नँ, गाउँघराँ कांग्रेसको इजेत बढ्ने काम गर्नु भने । मैले पनि हवस् भनेँ । राजाको मान खा’का तेत्रा मान्छेले म नाथे दमाईलाई तपैँ भने, बरू अरुलाई चैँ तिमी नै भने । कुनै बाउनका छोराले मलाई त्यो बेलासम्मन् तपैँ भन्या थाहा थिएन ।….मान्छे कत्ति हो कत्ति उल्टेर आ’का !
जोत्दाजोत्दै एउटा गोरूले बेइमानी गरेकोमा सेते दर्जी विषयान्तर भएर गोरूसँग निकै रिसाए एकपटक छडी जमाएर चाबुक लगाए र गाली बोले– ‘गिद्धको भत्तेर !’ अनि मतिर हेरेर सफाई दिए, “हो त भन्या ! यो मालेचाहिँले धैरैवटा हलो भाँचिसक्यो, अहिले पनि झन्नै हलो भाँचेको ।” उनको यस गालीबाट अर्कै अर्थ निकालेर म अलिकति हाँसेँ । म हाँसेको देखेर उनले मलाई सोधे– “तपाई किन हाँस्या ?” वास्तवमा उनी पनि हाँस्दै थिए ।
सेते दर्जी पुनःस्थापित प्रजातन्त्रको हालत देखेर पनि दिग्दार भए । आफूलाई ‘कमिनिस्ट हुने रहर’ छैन भन्ने यिनले बुझेको ‘कमिनिस्ट’ ले गाउँघरमा बेघरबार, अनाथ भएर हिँडेकी अदना कमिनीको पनि इष्ट हुनुपर्ने त्यसो गर्दैनन् भन्ने गुनासो सुनाउँछन्, “कुरा एकातिरको गर्छन्, काम अर्कैतिरको गर्छन् । त्यो कमिनिस्ट आयो भने मेरो १० मुरी फल्ने खेताँ २० मुरी फल्ने बनाइदिँदैन क्यारे ! मलाई किन चाहियो त्यो !”
२०३६ सालमा जनमत संग्रह घोषणा भएपछि यो गाउँका सबै भेला भएर निर्दल वा बहुदल जता भए पनि एकैतिर मत दिने भन्दै सल्लाह गर्न थाले । धेरैले बहुदलतिरै भोट हाल्न मन गरे । कोहीकोहीले निर्दलको पक्ष पनि देखाए । एकाध लालबुझक्कडहरूले “निर्दल रोज्ने कि बहुदल रोज्ने भनेको घाँस खान्छस् कि माटो खान्छस् भनी सोधेको हो । बाघलाई मूलढोकाबाट धपाएर जस्केलाबाट ब्वाँसोलाई घरभित्र हुल्न खोजेजस्तो पनि हुन्छ, त्यसैले जनमत बहिस्कार गर्नुपर्छ” समेत नभनेका होइनन् ।
गाउँलेहरू अल्मलिए । भोट दिएर पञ्चायतलाई जिताउनु त्यस्तो दोषी वात नहोला, जति ठूलो धोका र अवगाल जनमत नै बहिस्कार गरेर घुसघुसे पाराले पञ्चायतलाई जितेर खा भनी छोडिदिनुमा हुन्छ भन्ने विचार आयो । सबैका गन्यमान्य वयोबृद्ध ‘जेठा बाजे’ ले पनि आखिर सेते दर्जीकै मुख ताके, “लौ सेते ! यो गाउँको मन्त्री तैँ होस् क्यारे ! तैँले नबोली कुरा टुङ्गिएन । तँ जे भन्छस् हामी तेरै भनाईमा हिँड्ने भयौँ ।”
आफैँले पातमा बेरेको सुर्ती सेते दर्जीले सल्काए र बोल्न थाले, “राजालाई भोट दिने कि बिसेस्सोरलाई दिने भन्ने कुरो आ’छ । नेपालमा राजा र विशेस्सोर मिले भन्ने पनि सुन्छु । राजाले राज्जे गर्छन्, बिसेस्सोर जनताका हुन् । मेरो आत्माले ता भोट बिसेस्सोरलाई नै दिउँ भनो ।”
सेते दर्जी पुनःस्थापित प्रजातन्त्रको हालत देखेर पनि दिग्दार भए । आफूलाई ‘कमिनिस्ट हुने रहर’ छैन भन्ने यिनले बुझेको ‘कमिनिस्ट’ ले गाउँघरमा बेघरबार, अनाथ भएर हिँडेकी अदना कमिनीको पनि इष्ट हुनुपर्ने त्यसो गर्दैनन् भन्ने गुनासो सुनाउँछन्, “कुरा एकातिरको गर्छन्, काम अर्कैतिरको गर्छन् । त्यो कमिनिस्ट आयो भने मेरो १० मुरी फल्ने खेताँ २० मुरी फल्ने बनाइदिँदैन क्यारे ! मलाई किन चाहियो त्यो !”
५५/५६ वर्ष खाईसकेका सेते दर्जी चाडपर्वमा ‘रौसी’ (उनको उच्चारणको ‘रक्सी’) खाएपछि झन् रमाइला कुरा झिक्छन् । नाच्न गाउनमा फुर्तिला छन् । अहिले उनी भन्छन्, “घामको आगो डढाउने गरी चर्केको बेला छ । अपराधी, मिचाहाहरु र स्यालको जगजगी छ । यो देशलाई साढेसातको दशा लागेको छ । हामीले ता आफ्नै मुख सिएर बस्नु परेको छ । जोत्नुपर्ने गोरू छाडा साँडे भएर हिँडेका छन् । मियो बिनाको दाई चलिरहेको यस्तो जमानामा को, कुन बेला, कुन अधमको घानमा पर्छ, कुरा नगरुँ प्रभु !”
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपउपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार
खराब मौसमका कारण भोलि बिहानसम्म आन्तरिक सबै उडान स्थगित
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
कठिन समयमा जनसेवामा जुट्न कार्यकर्तालाई प्रचण्डको निर्देशन
असोज ११, २०८१ शुक्रबार
प्रधानसेनापतिले लिए लेबनान र सिरियामा रहेका नेपाली शान्ति सेनाको अवस्थाबारे जानकारी
असोज ११, २०८१ शुक्रबार