शेयर बजारमा परिसूचक मात्रै होइन कारोबार रकम पनि घट्यो
इन्द्र रिजाल
असार १६, २०७६ सोमबार २२:४९:४४
काठमाडौं । साताको पहिलो दिन दोहोरो अंकले गिरावट आएको शेयर बजार दोस्रो दिन सोमबार पनि घट्ने क्रम जारी रह्यो । सोमबार शेयर कारोबार मापक नेप्से परिसूचक २.८६ अंकले ओरालो लागेको छ ।
नेप्से परिसूचक घटेर १ हजार सय ४२.०३ अंकमा झरेको छ । नेप्से परिसूचकमात्रै होइन कारोबार रकममा समेत गिरावट आएको छ । सोमबार दिनभर भएका ५ हजार ९ सय ७१ कारोबारबाट १६९ कम्पनीका १२ लाख २१ हजार ४०० कित्ता शेयर किनबेच भएका छन् ।
जसअनुसार कारोबार रकम ३७ करोड ४७ लाख २५ हजार ७४ रुपैयाँमा सिमित भएको छ । यस अघि आइतबार ६० करोड माथिको कारोबार भएको थियो ।
कारोबार रकमका आधारमा नेपाल बैंक पहिलो नम्बरमा देखिएको छ । नेपाल बैंकको सोमाबार २ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रो स्थानमा भने प्रभु बैंक देखिएको छ । प्रभु बैंकको १ करोड ९२ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
कारोबार रकमका आधारमा शिवम्, एनआइसी एशिया र हिमालय डिस्टीलरी क्रमशः तेस्रो, चौथो र पाँचौ नम्बरमा देखिएका छन् । यी सबैको करोड रुपैयाँमाथिको शेयर किनबेच भएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे ओली
असार १७, २०८१ सोमबार
खुट्टाले लेखेर एसइई उत्तीर्ण भएका उमेश खत्री
असार १७, २०८१ सोमबार
फ्रान्समा पहिलो चरणको मतदानमा राष्ट्रपति म्याक्रोनको दल तेस्रो स्थानमा
असार १७, २०८१ सोमबार
पहिरोले पुरिँदा ५ वर्षीय बालकको मृत्यु
असार १७, २०८१ सोमबार
भेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वाटरफाइनलमा
असार १७, २०८१ सोमबार
प्रतिनिधि सभा बैठक : आज गृह, अर्थ र शिक्षा मन्त्रीले जवाफ दिने
असार १७, २०८१ सोमबार