श्रीलङ्कामा डेङ्गुका कारण ३५ को मृत्यु, २३ हजार प्रभावित

इन्द्र रिजाल
असार १७, २०७६ मंगलबार ११:४५:८

एजेन्सी । श्रीलङकामा डेङ्गुका कारण पछिल्लो छ महिनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । सरूवा रोग नियन्त्रण इकाईले सोमबार दिएको जानकारी अनुसार यस अवधिमा अरु २३ हजार जना डेङ्गुबाट प्रभावित भएका छन् ।
जुलाईको अन्त्यसम्ममा कुल प्रभावितको संख्या २३ हजार ८४२ रहेको अधिकारीहरुले जानकारी दिएका छन् । सवैभन्दा धेरै कोलम्बो जिल्लाका प्रभावित भएको पाइएको छ ।
प्राप्त विवरण अनुसार कोलम्बोमा पाँच हजार ५९ जना प्रभावित भएका छन् भने दोस्रो धेरै विरामी गाम्पाहामा भएका छन् । गाम्पाहामा तीन हजार ५२ र तेस्रो धेरै प्रभावित भएको गाल्लेमा दुई हजार ३१ जना विरामी भएका छन् ।
बर्षा जारी रहेकाले अहिले कोलम्बो, गाम्पाहा, गाल्ले, कालुतारा र रत्नपुरा गरी पाँच जिल्लालाई डेङ्गुको उच्च जोखिम जिल्लाको रूपमा घोषणा गरिएको छ ।
उच्च ज्वरो, अनियन्त्रित वान्ता, पेट दुखाई, चक्कर लाग्ने, पिसाबसम्वन्धी समस्यालगायतका लक्षणहरू देखिनासाथ चिकित्सकहरुसँग परामर्श गर्न चिकित्सकहरुले आग्रह गरेका छन् ।
“ज्वरो आएका सवै विरामीहरुलाई आरामको आवश्यकता पर्दछ, उनीहरुले केही दिन आफ्नो कामबाट विदा लिनु पर्दछ,” एक विषेशज्ञले भने ।श्रीलङ्कामा गत बर्ष मात्रै ५० भन्दा बढीको डेङ्गुका कारण मृत्यु भएको थियो भने ४८ हजार भन्दा बढी प्रभावित भएका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
युक्रेनसँग एक ट्रिलियन डलर बराबरको दुर्लभ खनिज सम्झौता गर्ने राष्ट्रपति ट्रम्पको संकेत
फागुन १४, २०८१ बुधबार
अशोक शर्माको फिल्म 'डबल ट्रिपल' अर्को इतिहास रच्ने गरी आउने तयारीमा
फागुन १४, २०८१ बुधबार
विक्की कौशलको पाँच सय करोड कमाउने पहिलो फिल्म बन्यो 'छावा'
फागुन १४, २०८१ बुधबार
चलचित्र ‘हर्ष’को शुभ मुहूर्त, आँचलको ठाउँमा वर्षा राउत
फागुन १४, २०८१ बुधबार