यूरोप क्षेत्रको वेरोजगार दर ११ बर्ष यताकै निम्न विन्दुमा
इन्द्र रिजाल
असार १६, २०७६ मंगलबार ५:३२:३७
एजेन्सी । यूरोपक्षेत्रको वेरोजगार दर सन् २००८ पछि पहिलोपटक निम्न विन्दुमा झरेको सोमबार सार्वजनिक एक प्रतिवेदनमा बताइएको छ ।
यूरोको संयुक्त कारोबार गर्ने यूरोपका १९ मुलुकहरूमा ११ बर्षदेखि वेरोजगार दर घटाउन गरिएका बहुरूपी योजना र प्रयासबाट यहाँको रोजगारी वृद्धिमा सफलता मिलेको यूरो क्षेत्रका विश्लेषकहरूले बताएका छन् ।
विगत केही समयदेखि अमेरिका र चीनबीचको व्यापार तनावका कारण यूरोपको पनि आर्थिक वृद्धि दरलाई प्रभावित पारिरहेका समय यहाँको वेरोजगार दरमा क्रमशः सुधार देखिएको विश्लेषकहरूले बताएका छन् ।
तथ्याङ्कको लेखाजोखा राख्ने कम्पनी फ्याक्टसेटले यसपहिले प्रक्षेपण गरेको ७.६ भन्दा पनि ०.१ प्रतिशत अर्थात् ९७.५प्रतिशत०ले कमी आउनुलाई अर्थशास्त्रीहरूले सकारात्मक सुधारको रफ्तार भनी प्रतिक्रिया दिएका छन् ।
यूरोपेली संघका २८ सदस्य राष्ट्रहरूमा वेरोजगार दरबारे रेकर्ड गर्न थालिएको सन् २००० को तुलनामा एक दशांश प्रतिशत अङ्कले कमी आई ६.३ प्रतिशत कायम भएको फ्याक्टसेटको प्रतिवेदनमा उल्लेख छ ।
यूरोको कारोबार हुने उक्त क्षेत्रको वेरोजगार दर सन् २००७/२००८ को विश्व आर्थिक सङ्कट शुरू हुँदाभन्दा पहिलेको अवस्थामा पुगेको छ ।
सङ्कटका समय वेरोजगार दर सन् २००८ को अप्रिलमा अत्यधिक १२.१ प्रतिशतमा पुगेको थियो भने यसबाट सन् २०१३ को मेसम्म कुनै सुधार आउन नसकेको तथ्याङ्कहरूले देखाएका छन् ।
यूरो क्षेत्रको आर्थिक सङ्कटमा क्रमशः सुधार आइरहेपछि सन् २०१६ को सेप्टेम्बरमा लामो समयपछि पहिलो पटक वेरोजगार दर एक अङ्कमा झरेको थियो ।
यूरोस्टाटको तथ्याङ्क अनुसार यूरोजोनमा मे महिनामा सबैभन्दा कम वेरोजगार दर चेक गणतन्त्र २.२ प्रतिशत रहेको देखिएको छ भने ग्रीसमा सबैभन्दा बढी १८.१ प्रतिशत रहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपइरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार