देशभर ९ लाख व्यवसाय, छैन आधाको पनि दर्ता र हिसाब
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
असार १७, २०७६ मंगलबार २०:१०:१४
![](https://nepalbahas.prixacdn.net/media/albums/tathyank-bivag_k7SHwIfST4.jpg)
काठमाडौं। देशभर सञ्चालनमा रहेका मध्ये करिब ५० प्रतिशत व्यवसायिक प्रतिष्ठान कुनै पनि निकायमा दर्ता नभइ सञ्चालन भइरहेको पाइएको छ। राष्ट्रिय योजना आयोगले गरेको राष्ट्रिय आर्थिक गणना २०७५ अनुसार देशभर सञ्चालनमा रहेका नौ लाख २३ हजार तीनसय ५६ व्यवसायमध्ये चार लाख ६० हजार चारसय २२ प्रतिष्ठान विना दर्ता सञ्चालन भइरहेको पाइएको हो।
केन्द्रीय तथ्यांक विभागले तयार गरेको विवरण अनुसार देशभर सञ्चालितमध्ये ५४ प्रतिशत व्यवसाय थोक तथा खुद्रा व्यापारमा आधारित छन्। रोजगारी सिर्जनामा भने यिनीहरुको योगदान ३० प्रतिशत रहेको विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिए। उनका अनुसार औद्योगिक उत्पादनसँग सम्बन्धित प्रतिष्ठानको संख्या कूल आर्थिक इकाइको ११.२७ प्रतिशत छ। यो क्षेत्रबाट १५ प्रतिशत रोजगारी सिर्जना भएको छ। एउटा प्रतिष्ठान औसतमा तीनदेखि चार जनाले रोजगारी पाउने गरेको विभागले जनाएको छ।
देशभर सञ्चालन भएका व्यवसायिक प्रतिष्ठानमध्ये आठ लाख १७ हजार नेपाली नागरिकले सञ्चालन गरेका व्यवसाय छन्। यस्तै नौ हजार नौ सय ३२ व्यवसाय भारतीय नागरिक र बाँकी ३३३ व्यवसाय मात्रै अन्य मुलुकका नागरिकको स्वामित्वमा रहेका देखिएको छ।
प्रतिवेदनका अनुसार व्यवसायिक उदेश्यका लागि ऋण लिएका प्रतिष्ठानको संख्या तीन लाख २० हजार तीनसय ५४ अर्थात कूल संख्याको ३५.६ प्रतिशत छ। यसैगरी लेखा नै नराखी व्यवसाय गर्नेको संख्या कूल व्यवसायीको ५२.४३ प्रतिशत रहेको छ। चार लाख ७२ हजार व्यवसायीले लेखा नै नराखी व्यवसाय गर्ने गरेका छन् भने चार लाख २७ हजार व्यवसायीले मात्रै लेखा स्रेस्ता राख्ने गरेको विवरण प्रतिवेदनमा उल्लेख गरिएको छ।
रेग्मीका अनुसार सबैभन्दा धेरै व्यावसायिक प्रतिष्ठान काठमाडौं जिल्लामा दर्ता भएका छन्। काठमाडौंपछि झापा, रुपन्देही, मोरङ र सुनसरीमा धेरै प्रतिष्ठान सञ्चालनमा छन्। प्रादेशिक हिसाबमा हेर्दा सबैभन्दा धेरै व्यवसाय प्रदेश नं ३ मा सञ्चालित छन् भने कर्णालीमा सबैभन्दा थोरै व्यवसाय सञ्चालनमा छन्। कर्णालीमा कूल व्यवसायको चार प्रतिशत व्यवसाय सञ्चालनमा छन्। प्रदेश नं ३ मा सबैभन्दा धेरै अर्थात ३१ प्रतिशत व्यवसाय सञ्चालनमा रहेका छन्।
तथ्यांक विभागले सबै आर्थिक क्रियाकलापमा अन्तर्राष्ट्रिस्तरका औद्योगिक वर्गीकरणमा उल्लेख भए अनुसारका नेपालमा सञ्चालित व्यवसायको गणना गरेको जनाएको छ। अन्तर्राष्ट्रिय मापदण्डमा २१ क्षेत्र पर्ने भए पनि विभागले चारवटा क्षेत्रको भने गणना नगरेको पनि जनाएको छ। ती संस्थामा व्यक्तिगत कृषि, एकैस्थानमा केन्द्रित नहुने व्यवसाय, सरकारी निकाय र नेपाल बाहिरका व्यवसाय छन्।
तथ्यांक विभागका महानिर्देशक सुमनराज अर्यालले नेपालको अर्थतन्त्रको समुच्च प्रतिनिधित्वका लागि आर्थिक गणना गरिएको जानकारी दिए। उनले आर्थिक गणनाबाट हरेक क्षेत्रको आधारभूत तथ्यांक प्राप्त हुने भन्दै भविष्यमा गरिने सबै किसिमका सर्वेक्षणका लागि यो उपयुक्त हुने उल्लेख गरे।
राष्ट्रिय लेखा तथ्यांकलाई भरपर्दो बनाउन यसको प्रयोग हुन सक्छ, उनले भने,‘हरेक क्षेत्रको क्षेत्रगत तथ्यांक संकलन गर्न यो गणनाले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। सरकारले जापान सरकारको प्राविधिक सहयोगमा पहिलोपटक आर्थिक गणना गरेको हो।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
एसइईमा फेल भएका सबैले मौका परीक्षा दिन पाउने
असार १४, २०८१ शुक्रबार
बागलुङमा श्रीमान–श्रीमती घरसहित पहिरोमा पुरिए
असार १५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १५, २०८१ शनिबार
मनसुनी वायुको प्रभाव : देशका विभिन्न ठाउँमा वर्षा, यी स्थानमा ठूलो पानी पर्ने
असार १५, २०८१ शनिबार
टी-२० विश्वकपको फाइनल आज, भारत र दक्षिण अफ्रिका भिड्दै
असार १५, २०८१ शनिबार
कृषि क्षेत्रमा जनशक्तिको अभाव हुनु दुःखद : राष्ट्रपति
असार १५, २०८१ शनिबार
आज असार १५ : राष्ट्रिय धान दिवस तथा दही चिउराको सांस्कृतिक पर्व मनाइँदै
असार १५, २०८१ शनिबार