आईफा अवार्ड रोक ! : संसदीय समिति
इन्द्र रिजाल
असार १७, २०७६ मंगलबार २३:७:३३
काठमाडौं । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपालमा हुने भनिएको आईफा अवार्ड रोक्न निर्देशन दिएको छ । भदौ महिनाको दोस्रो साता आयोजना हुन लागेको अवार्ड रोक्न समितिले निर्देशन दिएको समिति सचिव सुरजकुमार दुराले जानकारी दिएका छन्।
मंगलबार बसेको समितिको बैठकले विवादमा तानिएको आईफा अवार्डको कार्यक्रम रोक्न सरकारलाई निर्देशन दिएको हो । समितिमा उपस्थित सबै सांसदहरुले अवार्डको विपक्षमा भनाई राखेका थिए । सांसदहरु यसको विरोधमा उत्रिएपछि सभापतिले अवार्ड रोक्न निर्देशन दिएको सचिव दुराले जानकारी दिए ।
समितिका सदस्यसमेत रहेका सांसद दिव्यमणि राजभण्डारीले भने, ‘नेपाली जनतालाई आर्मी अफिसर्स क्लब छिर्न नदिने, भारतीय कलाकार आएर नाच्दा सेनाले सुरक्षा दिने रु’
सांसद राजभण्डारीले सलमान खान नेपाल आउने भनिएपनि सुरक्षाको कारण देखाएर नआएको भन्दै उनले आईफाका लागि समेत नेपाल नआए समस्या हुनेभन्दै रोक्न निर्देशन दिएको बताए ।
समिति सचिव दुराले आईफा अवार्ड रोक्न निर्देशन दिएको पुष्टि गरे । उनले भने,‘सबै माननीय सदस्यहरुले आईफा अवार्डको विरोध गरेपछि समितिले रोक्न निर्देशन दिएको हो ।’ उनले अवार्ड कार्यक्रम रोक्न निर्देशन दिने समितिको निर्णयमा सर्वसम्मत भएको समेत जानकारी दिएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपतिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार
माटोका भाँडा बनाउने व्यवसायी समस्यामा
पुष २५, २०८१ बिहिबार
हाइटेन्सन तारबाट करेन्ट लागेर टिपरमा आगलागी ,चालक गम्भीर
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार
आगामी माघ २२ देखि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
पुष २६, २०८१ शुक्रबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार
जोमसोमको पुरानो झोलुङ्गे पुल
पुष २६, २०८१ शुक्रबार