शेयर बजार : तीन उपसमूहको ओरालो, नौ उपसमूहको वृद्धि !
इन्द्र रिजाल
असार १७, २०७६ बुधबार ५:१०:४
काठमाडौं । लगातार ओरालो लाग्दै आएको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.०२ बिन्दुले बढेर एक हजार २५३.०६ मा पुगेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.४३ बिन्दुले बढेर २६९.९६ मा पुगेको छ । नेप्से परिसूचक बढे पनि कारोवार रकममा भने अपेक्षित वृद्धि हुन सकेन ।
कूल १७० कम्पनीको १४ लाख ६६ हजार ८९७ कित्ता शेयर रु ४२ करोड ९४ लाख ७७ हजार २८८ मूल्यमा कारोवार भयो । स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर भने वृद्धि भएको छ ।
व्यापार २.६२, उत्पादन २.६४ र अन्य उपसमूह ०.८३ बिन्दुले घटेको छ । त्यस्तै बैंकिङ ११.४२, होटल १४.४, विकास बैंक ८.९३, जलविद्युत् ६.६८, वित्त ०.५९, निर्जीवन बीमा १०७.३३, लघुवित्त १३.४४, जीवन बीमा ८७.२२ र सामूहिक लगानी कोष ०.०८ बिन्दुले बढेको छ ।
स्टकका अनुसार आज कारोवारका आधारमा मेघा बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु चार करोड ९५ लाख ५० हजार ४९, प्रभु बैंक रु दुई करोड ५४ लाख ३२ हजार २३६, स्ट्याण्र्डड चार्टड बैंक रु दुई करोड ४८ लाख दुई हजार ३४३, नेपाल बैंक रु दुई करोड ४५ लाख ५६ हजार ९२८, सेञ्चुरी बैंक रु एक करोड ९२ लाख ९८ हजार ७३१ र एनआइसी एशिया बैंक रु एक करोड ४३ लाख २७ हजार ६८९ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार आज स्वरोजगार लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले कमाए । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ९.४९, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी ७.०१, सेञ्चुरी बैंक ६.०२, कुमारी बैंक ५.२४ र ङादी पावरका शेयरधनीले ५.१७ प्रतिशतले कमाए ।
युनियन हाइड्रोपावर ५.८८, सिभिल लघुवित्त वित्तीय संस्था ५.३९, मल्टीपर्पोज फाइनान्स कम्पनी ३.२२, महिला सहयात्रा माइक्रोफाइनान्स ३.१४ र अरुण भ्याली हाइड्रोपावर कम्पनीका शेयरधनीले २.७५ प्रतिशतले गुमाए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ९, २०८१ आइतबार
अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार