कुलेखानी तेस्रोले साउन पहिलो हप्तादेखि विद्मुत उत्पादन गर्ने
इन्द्र रिजाल
असार १८, २०७६ बुधबार २१:८:४२
हेटौँडा । उत्तरी मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित सानुटारमा रु चार करोड ५० लाखको लागतमा निर्माण गरिएको कुलेखानी तेस्रो जलविद्मुत आयोजनाले आगामी साउन पहिलो हप्तादेखि विद्मुत उत्पादन गर्ने भएको छ ।
विद्मुतगृहमा बाँकी उपकरण र तार जडान गरिएपछि छिट्टै विद्मुत उत्पादन गरी मुख्य प्रसारण लाइनमा जोड्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ । कुलेखानी दास्रो आयोजनाबाट निस्किएको पानीलाई चार किलोमिटर सुरुङ मार्गबाट ल्याई सफलतापूर्वक विद्मुतगृहमा राखी परीक्षण उत्पादन गरिएको आयोजनाले जनाएको छ ।
चौध मेगावट क्षमताको सो आयोजना नेपाल विद्मुत प्राधिकरणको रु चार अर्ब ५० करोडको लागतमा निर्माण गरिएको हो । चिनियाँ प्राविधिक टोलीले यही असार महीनाभित्र विद्मुतगृहको बाँकी काम केही दिनभित्र सक्ने र नियमित विद्मुत उत्पादन हुने आयोजनाका प्रमुख सुवास मिश्रले जानकारी दिए ।
तोकिएको समयभन्दा ढिला हुनाको मुख्य कारण ठेकेदार कम्पनी जिम्मेवार रहेको बताउँदै उनले यसलाई पूरा गर्न धेरै मेहनत गर्नुपरेको जानकारी दिए । विद्मुतगृह नियमित सञ्चालनमा आउने भएपछि स्थानीयवासी पनि खुशी भएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
संघीय संसदका ५ समितिको बैठक बस्दै
पुष २६, २०८१ शुक्रबार
वडाध्यक्षको तरकारीखेती मोह
पुष २६, २०८१ शुक्रबार
बैंकले सस्तोमा जग्गा लिलाम गरेको विरोधमा लहानका स्थानीय आन्दोलित
पुष २६, २०८१ शुक्रबार
लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
तराईमा शीतलहरको कहर: जोखिम बढ्दो, पूर्वतयारी सुस्त !
पुष २६, २०८१ शुक्रबार
हुम्लाको खार्पुनाथमा एक महिनादेखि सिटामोलसमेत अभाव
पुष २६, २०८१ शुक्रबार