सञ्चारप्रति थप कठोर बन्दै छ ओली सरकार
इन्द्र रिजाल
असार १८, २०७६ बुधबार २३:१९:५२
काठमाडौं । दुई तिहाईको मात चढेको खड्गप्रसाद ओली सरकारको नियत सञ्चार जगत्लाई तर्साइराख्ने नै रहेको पुष्टि हुँदैछ । सञ्चारसँग सम्बन्धित धरै विधेयक विवादको घेरामा परेको बेला सूचना प्रविधि विधेयकमा पुनः प्रतिगामी चरित्र देखाइरहेको छ उसले ।
सूचना प्रविधि विधेयक भने सर्वसाधारणप्रति बढी लक्षित रहेकाले यसको प्रभाव र आयाम पनि विशाल छ । खासगरी सामाजिक सञ्जाल प्रयोग गर्ने सामान्य नागरिकको हक अधिकारलाई पूर्ण नियन्त्रित बनाउने उद्येश्यले यस्ता प्रावधान राखिएका छन् । आजको २१ औं शताब्दीमा मानिस बरु एक छाक खान चाहन्न तर सञ्चार प्रविधिबाट अलग हुन सक्दैन ।
उक्त विधेयकले सर्वसाधारणको सुसूचित हुने र अभिव्यक्त गर्न पाउने संवैधानिक हक अधिकारलाई कुण्ठित बनाउन खोजेको आरोप चौतर्फी लागेको छ । तर ओली सरकारलाई त्यसले छोएको छैन । बरु अझै कठोर र निरंकुश चरित्र देखाउन उद्यत् छ । संसद्मा दर्ता भएको सूचना प्रविधि विधेयकका केही प्रावधानप्रति नेपाल पत्रकार महासंघ लगायत नागरिक समाजको गम्भिर आपत्ति छ । तर संसदीय समितिले सहज बनाउन गठन गरेको उपसमितिले दिएको सुझाव अझ भयानक छ । सरकारले प्रस्ताव गरेको प्रावधानभन्दा बढी अनुदार र प्रेस विरोधी सिफारिश उक्त उपसमितिले गरेको छ । यसबाट पनि ओली सरकार मिडियाप्रति कति पूर्वाग्रही र अनुदार छन् भन्ने पुिष्ट हुन्छ ।
सरकारले ल्याएका सञ्चार सम्बन्धी हरेक विधेयक नियन्त्रित प्रेस चलाउने उद्येश्यबाट प्रेरित छन् । सूचना प्रविधि विधेयक भने सर्वसाधारणप्रति बढी लक्षित रहेकाले यसको प्रभाव र आयाम पनि विशाल छ । खासगरी सामाजिक सञ्जाल प्रयोग गर्ने सामान्य नागरिकको हक अधिकारलाई पूर्ण नियन्त्रित बनाउने उद्येश्यले यस्ता प्रावधान राखिएका छन् । आजको २१ औं शताब्दीमा मानिस बरु एक छाक खान चाहन्न तर सञ्चार प्रविधिबाट अलग हुन सक्दैन । मानव जीवनको अभिन्न अंग भइसकेको सामाजिक सञ्जाललाई आफू अनुकुल बनाउन सरकार दत्तचित्त छ । सबैलाई तर्साएर सर्वसत्तावाद लाद्ने कुचेष्टा गरिरहेको छ ।
सरकारले गलत विधेयक ल्याएको भनेर चर्काे विरोध भएपछि संसदीय समितिले पुनर्विचार गर्न नेकपा सांसद् बिनाकुमारी श्रेष्ठको संयोजकत्वमा अर्काे उपसमिति बनाइएको थियो । श्रेष्ठले त उल्टो सरकारले प्रस्ताव गरेभन्दा चर्काे र कठोर दण्डसजाय गर्न सुझाव दिएकी छिन् । ओली निकट मानिने श्रेष्ठलाई सरकारबाट यस्तो गर्न दवाव आएको हुनसक्छ । तर उपसमितिले गरेको प्रस्ताव त संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रतालाई आपराधिक बनाउन खोजिएको छ । प्रस्तावित विधेयकको दफा १४ मा दुरासययुक्त प्रोग्राम सम्प्रेषण वा सञ्चालन गरे तीन लाख रुपैयाँ जरिवाना वा एक वर्ष कैद वा दुबै सजाय हुने छ । यसमा उपसमितिले एक वर्ष कैदलाई बढाएर तीन वर्ष गर्न सुझाव दिएको छ ।
नागरिकले सामाजिक सञ्जालमा केही अभिव्यक्त गरेकै आधारमा पाँच वर्ष जेल र १५ लाख रुपियाँ जरिवाना तिर्नुपर्ने ? त्यो पनि पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूतिको संविधान जारी भएपछि ? हिजो राणा, पञ्चायत र ज्ञानेन्द्रको शासनविरुद्ध तिनै नागरिक सडकमा ओर्लिएकाले ओली आज सत्तामा आसिन भएका हुन् । साथै राष्ट्रपतिको आसनमा विद्यादेवी भण्डारीलाई पु¥याउने शहिदका सन्तती नै अहिले दण्डित गर्न खोज्ने नवसम्भ्रान्तलाई कसरी सहने ?
यस्तै, प्रस्तावित विधेयकको दफा ६२ मा अनधिकृत रुपमा डोमेन नाम प्रणाली सञ्चालन गरे एक लाख रुपैयाँ जरिवाना वा ६ महिना कैद हुने भन्ने छ । यसमा पनि उपसमितिले एक लाख जरिवानाको रकम बढाएर तीन लाख पु¥याउन सुझाव दिएको छ । दफा ६५ मा अनुमति नलिइकन सञ्चार उपकरण प्रयोग गरे एक लाख जरिवाना गर्ने प्रस्ताव गरिएकोमा उपसमितिले त्यस्तो उपकरण जफत गर्न समेत थप सजाय सुझाएको छ ।
यसैगरी दफा ७३ मा बिना इजाजत तथ्याङ्क केन्द्र वा क्लाउढ सेवा सञ्चालन गर्नेलाई १० लाखसम्म जरिवाना गर्न सकिने प्रस्ताव गरिएकोमा उपसमितिले एक वर्ष कैद समेत थप्न सिफारिश गरेको छ । दफा ८५ हेर्ने हो भने पनि यस्तै देखिन्छ । उक्त दफामा यौनजन्य दुव्र्यवहार अन्तर्गत विद्युतीय प्रणालीको माध्यमबाट अश्लिल सामग्री उत्पादन , संकलन , उपलव्ध रहेको जानकारी संप्रेषण , देखाउन, वितरण गर्न प्रकाशन , प्रसार , बिक्री वा सञ्चय गरेमा ३ हजार जरिवाना वा ३ वर्ष कैद वा दुबै सजाय गर्न प्रस्ताव गरिएको छ । यो दफामासमेत उपसमिति कठोर बन्दै जरिवाना रकम एक लाख पु¥याउन सुझाव दिएको छ ।
यो विधेयक पास भयो भने देशमा अर्काे निरंकुशता सुरु हुने छ । ओलीले आफूलाई म्याकेबेलीका रुपमा उभ्याउन खोजेका छन् । म नै राज्य हुँ भन्ने म्याकबेलीको सत्ता भोक ओलीमा जागेको छ । यसलाई परास्त गर्न गुठी विधेयकविरुद्ध सम्पूर्ण काठमाडौंबासी सडकमा ओर्लिए जस्तो अवस्था निर्माण हुनुपर्छ । अन्यथा ओली सरकारलाई अधिनायकवादतर्फ जानबाट कसैले रोक्न सक्दैन ।
यसैगरी दफा ९४ मा राज्यविरुद्ध कसूर गर्नेलाई थप पाँच वर्ष कैद र १५ लाखसम्मको जरिवाना गर्न सुझाइएको छ । यसैबाट ओली सरकारको नियत स्पष्ट हुन्छ । सूचना प्रविधि विधेयकमा प्रस्ताव गरिएको नयाँ व्यवस्थाले ओली सरकार नागरिकको मौलिक हक नै बन्धक बनाउन अग्रसर रहेको देखिन्छ । जबकी यो विधेयकमा प्रस्ताव गरिएका धेरै विषय मुलुकी अपराध संहिता २०७४ मा समेटिएका छन् ।
नागरिकले सामाजिक सञ्जालमा केही अभिव्यक्त गरेकै आधारमा पाँच वर्ष जेल र १५ लाख रुपियाँ जरिवाना तिर्नुपर्ने ? त्यो पनि पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूतिको संविधान जारी भएपछि ? हिजो राणा, पञ्चायत र ज्ञानेन्द्रको शासनविरुद्ध तिनै नागरिक सडकमा ओर्लिएकाले ओली आज सत्तामा आसिन भएका हुन् । साथै राष्ट्रपतिको आसनमा विद्यादेवी भण्डारीलाई पु¥याउने शहिदका सन्तती नै अहिले दण्डित गर्न खोज्ने नवसम्भ्रान्तलाई कसरी सहने ?
जबकी सूचना प्रविधि विधेयकमा प्रस्ताव गरिएको दण्ड सजाय फौजदारी कसूर गरेभन्दा बढी राख्न खोजिएको छ । फौजदारी अपराध संहिता , २०७४ मा कुटपिट वा अंगभंग हुने गरी अपराध गरे एक वर्ष कैद र १० हजार जरिवानाको व्यवस्था छ । जबकी सामाजिक सञ्जालमा केही लेखेवापत पाँच वर्ष कैद र १५ लाख रुपियाँ जरिवानाको प्रस्ताव गरिएको छ ।
यो विधेयक पास भयो भने देशमा अर्काे निरंकुशता सुरु हुने छ । ओलीले आफूलाई म्याकेबेलीका रुपमा उभ्याउन खोजेका छन् । म नै राज्य हुँ भन्ने म्याकबेलीको सत्ता भोक ओलीमा जागेको छ ।
यसलाई परास्त गर्न गुठी विधेयकविरुद्ध सम्पूर्ण काठमाडौंबासी सडकमा ओर्लिए जस्तो अवस्था निर्माण हुनुपर्छ । अन्यथा ओली सरकारलाई अधिनायकवादतर्फ जानबाट कसैले रोक्न सक्दैन ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकोशीका मन्त्रीले मानव तस्करी गरे कि फन्दामा परे, प्रहरी भन्छः अनुसन्धान हुँदैछ, को हुन अनिता ?
कात्तिक २३, २०८१ शुक्रबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
कात्तिक १४, २०८१ बुधबार
प्रधानमन्त्रीको चीन भ्रमणः पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्ने तयारी
कात्तिक १४, २०८१ बुधबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
पुरुष यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा
कात्तिक २४, २०८१ शनिबार
आफ्नै नेतालाई 'नो नट अगेन' भन्ने अवस्था नआओस् भन्दै रास्वपा कार्यकर्ताको खबरदारी
कात्तिक २४, २०८१ शनिबार
हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति, टीबीए खारेज गर्ने निर्णय
कात्तिक २४, २०८१ शनिबार
हेटौंडा पुगेर प्रचण्डले उठाए एसपीपी सम्झौताको कुरा
कात्तिक २५, २०८१ आइतबार
सबै 'स्विङ स्टेट' जितेर ट्रम्पले बनाए इतिहास
कात्तिक २५, २०८१ आइतबार
प्रदेश अधिवेशनका लागि पाँच सय ७५ प्रतिनिधि निर्वाचित
कात्तिक २५, २०८१ आइतबार
बाढीले बगर बनाएको गोटीखेल बजारमा ६ अर्बका संरचना ध्वस्त
कात्तिक २५, २०८१ आइतबार
लुम्बिनीका ६ पदमा तीन दलको भिडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
कात्तिक २५, २०८१ आइतबार
राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा ललितपुर महानगरको डोजर ( फोटो फिचर )
कात्तिक २५, २०८१ आइतबार