अष्ट्रेलियामा एचआइभी संक्रमण दर १८ वर्ष यताकै सबैभन्दा कम
इन्द्र रिजाल
असार १८, २०७६ बिहिबार २:३२:५९
एजेन्सी । अष्ट्रेलियामा एचआइभी संक्रमित पीडित दरमा गएको १८ वर्ष यताकै सबैभन्दा कमी आएको एक अनुसन्धानबाट खुलेको छ । बुधबार सार्वजनिक गरिएको एक अध्ययन प्रतिवेदनमा यस्तो अवस्था देखिएको सिड्नीबाट प्राप्त समाचारमा जनाइएको छ ।
अष्ट्रेलियाको दि युनिभर्सिटी अफ न्यु साउथ वेल्सको अनुसन्धानमा यस्तो तथ्य भेटिएको हो । उक्त विश्वविद्यालयआवद्ध कर्बि नामक एक संस्थाले गरेको अनुसन्धानमा यहाँको एचआाइभी संक्रमण दरमा गएको १८ वर्ष यताकै सबैभन्दा कमी आएको देखिएको समाचारमा उल्लेख छ ।
उक्त संस्थाको अनुसन्धानले सन् २०१८ मा एचआइभी संक्रमितहरुको गणना गरिएकोमा ८३५ जना मात्र भेटिएको देखाएको छ । देशभरमा गरिएको सो एचआइभी संक्रमितहरुको खोजीका क्रममा ८३५ जना मात्र भेटिएको उक्त संस्थाका प्रमुख प्राध्यापक रेबेका गायले जानकारी दिए।
उनका अनुसार यो संख्या गएको १८ वर्षयताकै सबैभन्दा कम हो । उनले भने– अष्ट्रेलियामा हरेक वर्ष एचआइभी संक्रमितहरुको पहिचान गरी तथ्याङ्क सङ्कलन गर्ने गरिएकोमा गतवर्ष अर्थात् सन् २०१८ को यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा थोरै हो ।
उनले भने– हुनत हामीले पछिल्ला वर्षहरुमा अष्ट्रेलियामा एचाआइभी संक्रमितहरुको संक्रमण दर घट्दै गएको देखेका छौँ, तर गत वर्षको यो तथ्याङ्क भने अहिलेसम्मकै सबैभन्दा कम हो । उनले यसअघिका अनुसन्धानहरु यहाँका विभिन्न राज्यमा गर्ने गरिएको र राज्यस्तरमा घट्दो दर देखिएको भन्दै तर गत वर्षको यो तथ्याङ्क भने राष्ट्रिय स्तरकै भएकोले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।
यो संक्रमणमा आएको कमी भनेको यहाँको सरकारले स्वाथ्यका क्षेत्रमा गरेका प्रतिबद्धताहरुको परिणाम भएको पनि उनले बताए । यहाँको सरकारले एचआइभी एड्सको नियन्त्रणका क्षेत्रमा दरिलो प्रतिबद्धता व्यक्त गरेको र सो प्रतिबद्धताअनुसार काम गरेकोले एचआइभीको संक्रमणमा कमी आएको बताइएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपक्रोएसियामा एक नेपालीसहित विदेशी कामदारमाथि आक्रमण गरेको आरोपमा चार जना पक्राउ
कात्तिक २४, २०८१ शनिबार
गाजामा भएको इजरायली हमलामा १४ जनाको मृत्यु
कात्तिक २४, २०८१ शनिबार
ह्यारिसको हारमा बाइडेन जिम्मेवार रहेको पेलोसीको टिप्पणी
कात्तिक २४, २०८१ शनिबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
आफ्नै नेतालाई 'नो नट अगेन' भन्ने अवस्था नआओस् भन्दै रास्वपा कार्यकर्ताको खबरदारी
कात्तिक २४, २०८१ शनिबार
हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति, टीबीए खारेज गर्ने निर्णय
कात्तिक २४, २०८१ शनिबार
पुरुष यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा
कात्तिक २४, २०८१ शनिबार
क्रोएसियामा एक नेपालीसहित विदेशी कामदारमाथि आक्रमण गरेको आरोपमा चार जना पक्राउ
कात्तिक २४, २०८१ शनिबार
रास्वपाले सहकारी पीडितहरूको रकम फिर्ता गराउन दबाबमूलक कार्यक्रम गर्ने
कात्तिक २४, २०८१ शनिबार
प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाउन ढिलाइ गर्नु हुँदैनः नेता निधि
कात्तिक २४, २०८१ शनिबार
पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडान गर्न व्यवसायीको माग
कात्तिक २४, २०८१ शनिबार
सरकारमा रहे पनि कांग्रेस र एमाले नै राजनीतिक प्रतिष्पर्धी हुन्ः नेता डा कोइराला
कात्तिक २४, २०८१ शनिबार
पुरुष यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा
कात्तिक २४, २०८१ शनिबार