विद्यालयलाई सेनेटरी प्याड, शैक्षिक र स्वास्थ्य सामग्री
इन्द्र रिजाल
असार १९, २०७६ बिहिबार १५:३८:१७
भद्रपुर । विद्यार्थीको शैक्षिक गुणस्तर उकास्ने र नियमित विद्यालय आउन प्रेरित गर्ने अभिप्रायले भद्रपुर नगरपालिकाले नगरका ३१ सामुदायिक विद्यालयलाई बुधबार सेनेटरी प्याड, स्वास्थ्य र शैक्षिक सामग्री वितरण गरेको छ ।
नगरमा रहेका आठ माध्यमिकस्तरका सामुदायिक विद्यालयलाई एक हजारका दरले सेनेटरी प्याड, आठ आधारभूत र बाँकी प्राथमिक तहका विद्यालयका ३७२ लाई आकस्मिक स्वास्थ्य उपचार सामग्री वितरण गरिएको हो ।
नगरले यसै शैक्षिक सत्रबाट विद्यालय भर्ना भएका विद्यार्थीलाई लक्षित गरी शैक्षिक सामग्रीसमेत वितरण गरेको भद्रपुर नगर शिक्षा शाखाका स्रोत व्यक्ति प्रेम भुजेलले बताए ।
उनले महीनावारी भएको अवस्थामा विद्यालय नआउने छात्राको सङ्ख्या बढ्दै गएको हुँदा उनीहरुलाई विद्यालयमा नियमित उपस्थिति भई पठनपाठनमा सरिक गराउने उद्देश्यले सेनेरटरी प्याड वितरण गरिएको बताए ।
त्यसैगरी, विद्यालयमा कक्षा सञ्चालनको अवधिभर सामान्य चोटपटक लागेमा विद्यार्थीको प्राथमिक उपचार गराउन सजिलो होस् भनेर स्वास्थ्य सामग्रीसमेत वितरण गरिएको छ ।
त्यसैगरी नगरले विद्यालयका प्रधानाध्यापकको बैठक नै गराएर यसै शैक्षिक सत्रको गर्मी बिदा यही असार २२ गतेदेखि साउन २२ गतेसम्म गर्ने निर्णय गरेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
पिएल प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो : सभापति देउवा
पुष १३, २०८१ शनिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
वेगवान सुन्दरताले भरिएको बेगनास ताल ( फोटो फिचर )
पुष १३, २०८१ शनिबार
मानुङकोट सूर्योदय र कुहिरो अवलोकन गर्ने आन्तरिक पर्यटकले भरिभराउ
पुष १३, २०८१ शनिबार
प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह
पुष १३, २०८१ शनिबार
रुसमा नौठो अफर, ‘४ सन्तान जन्माउनुहोस्, झोलाभरी पैसा लैजानुहोस् ’
पुष १३, २०८१ शनिबार