लिबियाको आप्रवासी शिविरमा बम आक्रमण : नेपाली नागरिकसहित ४४ को मृत्यु !

इन्द्र रिजाल
असार १९, २०७६ बिहिबार १५:४३:३१

काठमाडौं । लिबियामा आप्रवासीको शिविरमा गरिएको आक्रमणमा परेर एक नेपालीको मृत्यु भएको छ । बुधबार भएको सो आक्रमणमा परी मारिनेमा नेपाली नागरिक सन्तोष श्रेष्ठ पनि रहेको पुष्टि भएको हो ।
पूर्वी त्रिपोलीस्थित तजौरा डिटेन्सन सेन्टरमा बुधबार बम आक्रमण हुँदा नेपाली नागरिक सन्तोष श्रेष्ठको मृत्यु भएको इजिप्टको कायरोस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासले श्रेष्ठको मृत्यु भएकोबारे अन्तर्राष्ट्रिय आप्रवासी संगठनले पुष्टि गरेको भन्दै आफूहरुले यसबारे थप बुझ्ने प्रयास गरिरहेको जनाएको छ । आप्रवासी संगठनले उनलाई नेपाल फिर्ता गराउन दूतावाससँग ट्राभल डकुमेन्ट माग गरेकोमा दुई दिनअघिमात्रै आफूहरुले कुरियर गरेर आवश्यक डकुमेन्ट पठाइदिएको भएपनि दुर्भाग्यबस उनको आक्रमणमा मृत्यु हुन पुगेको दूतावासले जनाएको छ ।
कायरोस्थित दूतावासका अनुसार घटनामा मारिने आप्रवासीको संख्या १ नेपालिसहित ४४ पुगेको छ । ७६ जना जति घाइते भएका छन् । ८ जना नेपालीलाई टर्की हुँदै नेपाल पठाइएको दूतावासले जनाएको छ । आक्रमण विद्रोही समूहले गरेको हो । लिबियामा संयुक्त राष्ट्र संघीय शान्ति सेनामा नेपाली पनि संलग्न रहेका छन् । उनी नेपालमा कुन स्थानका हुन भन्ने चाहिँ खुलेको छैन ।
उद्वार हुनबाँकी ६ जना त्रिपोलीस्थित आईओएमको क्याम्पमा रहेको जनाइएको छ । त्यहाँबाट विगत २ महिनामा २६ नेपालीलाई उद्धार गरेर नेपाल फर्काइएको छ ।
मानव तस्करहरुले इटाली पुर्याउनका लागि लिबियाको मार्ग प्रयोग गर्ने गरेका छन् । लिबियामा खटिएका नेपाली शान्ति सेनाले मानव तस्करको जालमा परेर आइपुगेकालाई सहायता गर्दै आएको छ । लिबियाका नेता मोउमार गद्धाफीको मृत्युपछि सन् २०११ पछि लिबिया द्वन्द्वमा रहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपभारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
महाशिवरात्रिः राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन
फागुन १४, २०८१ बुधबार
जनकपुरधाममा लक्ष्यको तुलनामा कम धान खरिद
फागुन १४, २०८१ बुधबार
उपत्यकाबाहिरका शिवालयमा पनि भक्तजनको घुइँचो
फागुन १४, २०८१ बुधबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपः फाइनल खेल्ने सुरुवाती टीममा छन यी खेलाडी
फागुन १४, २०८१ बुधबार
ब्राजिलकी पूर्व राष्ट्रपति रुसेफले अस्पताल भर्ना
फागुन १४, २०८१ बुधबार
सुडानमा सैनिक विमान दुर्घटना हुँदा ४६ जनाको मृत्यु, १० जना घाइते
फागुन १४, २०८१ बुधबार