सिक्रेखोला नजिकै १८ चक्के गाडी बिग्रिएपछि नागढुंगामा बिहानैदेखि जाम !
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
असार १९, २०७६ बिहिबार १६:४:३२
![](https://nepalbahas.prixacdn.net/media/albums/4-8_uVFnvYijRq.jpg)
काठमाडौं । देशैभरको जिल्लाबाट काठमाडौं भित्रिने मुख्य नाका नागढुंगामा गाडीको लामो जाम छ । नागढुंगा नजिकै सिक्रेखोलामा १८ चक्के गाडी बिग्रिएकाले बिहान ६ बजेदेखि नै नागढुंगा सडकखण्डमा जाम भएको हो ।
ट्राफिक प्रहरीका अनुसार मार्बल बोकेर काठमाण्डौ आउँदै गरेको ठूलो ट्रक बीच सडकमै बिग्रिएकाले बाटो खुलाउन समस्या भएको छ । अहिले आलोपालो गरेर गाडी सञ्चालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
अझै केही घण्टा यो सडकखण्डमा जाम हुने ट्राफिक प्रहरीले जनाएको छ । जामका कारण काठमाण्डौं प्रवेश गर्ने गाडीको लाइन खानीखोलासम्म र काठमाडौंबाट छुटेका गाडीको लाइन नागढुंगासम्म छ ।
काठमाडौं प्रवेश गर्ने यो मुख्य सडकखण्डमा बाटो साँघुरो र गाडीको चाप धेरै हुने हुँदा एउटा गाडी बिग्रँदा पनि लामो जाम हुने गरेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपछोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित
फागुन ४, २०८१ आइतबार
स्काभेटरले पल्टाएको ढुंगा लागेर विद्यार्थीको मृत्यु
फागुन ४, २०८१ आइतबार
बढ्दो भ्रष्टाचारले नेपाल अन्तर्राष्ट्रियस्तरमा बदनाम भयो : शेखर कोइराला
फागुन ४, २०८१ आइतबार