पाँचौ चेम्बर एक्स्पो २०२० फागुनमा
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
असार १९, २०७६ शुक्रबार २:२३:१४
![](https://nepalbahas.prixacdn.net/media/albums/65781173_2058709277771169_4743958147717136384_n_Xba2IgrcVR.png)
काठमाडौं । पाँचौ चेम्बर एक्स्पो २०२० आगामी फागुन १३ देखि १७ गतेसम्म भृकुटीमण्डपमा हुने भएको छ । नेपाल चेम्बर अफ कर्मशले बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालको उद्योग तथा व्यवसायका साथै पर्यटन प्रर्वद्धनमा टेवा पुराउनका लागी मेला आयोजना गर्न लागेको जनाएको हो ।
यान्त्रिक तथा उपकरणको बृहत प्रदर्शनीलाई समेट्ने मेलामा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागीताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेको आर्थिक क्रियाकलाप, नविन प्रविधिको प्रयोग तथा व्यापार व्यवस्थापनका नयाँ आयामहरुलाई नजिकबाट नियाल्न नेपाली उद्योगी व्यवसायीहरुलाई सहयोग मिल्ने आयोजकले जनाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवद्धन केन्द्रको सहकार्यमा आयोजना हुने मेलामा अन्तर्राष्ट्रिय मुलुकबाट प्रविधि तथा लगानी भित्र्याउदै मुलुकको आर्थिक विकासमा टेवा पुग्ने नेपाल चेम्बर अफ कर्मशको दाबी छ ।
यान्त्रिक तथा उपकरणको बृहत प्रदर्शनीसँगै मेलामा अटोमोबाइल विद्युतीय उपकरण, फ्लोरिङ तथा फर्निसिङ, होम अप्लाइन्सेज, फेसन वेयर एण्ड एक्सेसरिज, मोबाइल तथा ग्याजेट लगायत विधाका उत्पादन तथा सेवाहरु आकर्षणको रुपमा रहेको चेम्वर अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए ।
मेलामा २ सय ५० भन्दा बढी प्रदर्शनी कक्षहरु रहनुका साथै ९० वटा राष्ट्रिय, अन्तर्राष्ट्रिय कम्पनीहरु र उद्योग व्यवसायीहरुको सहभागीता रहने आयोजकले जानकारी दिएको छ । प्रदर्शनीमा नेपाल, भारत, चिन, थाइल्याण्ड, पाकिस्तान, बङ्गलादेश, म्यानमार, कोरिया, जापान, फ्रान्स लगायत युरोपका मुलुकहरु तथा अन्य राष्ट्रहरुमा उत्पादित सामग्रीहरु एक्स्पोमा रहने जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
एसइईमा फेल भएका सबैले मौका परीक्षा दिन पाउने
असार १४, २०८१ शुक्रबार
मनसुनी वायुको प्रभाव : देशका विभिन्न ठाउँमा वर्षा, यी स्थानमा ठूलो पानी पर्ने
असार १५, २०८१ शनिबार
टी-२० विश्वकपको फाइनल आज, भारत र दक्षिण अफ्रिका भिड्दै
असार १५, २०८१ शनिबार
कृषि क्षेत्रमा जनशक्तिको अभाव हुनु दुःखद : राष्ट्रपति
असार १५, २०८१ शनिबार
आज असार १५ : राष्ट्रिय धान दिवस तथा दही चिउराको सांस्कृतिक पर्व मनाइँदै
असार १५, २०८१ शनिबार
वर्षाको उच्च जोखिम रहेकाले सावधानी अपनाउन आग्रह
असार १४, २०८१ शुक्रबार
लागुदार्थ सेवन गर्ने सवारी चालक कारबाहीमा
असार १४, २०८१ शुक्रबार