प्रहरी समायोजनका लागि हामी तयारी अवस्थामा छौ : आइजीपी खनाल
इन्द्र रिजाल
असार १९, २०७६ शुक्रबार २:४५:७
काठमाडौं । प्रहरी कर्मचारीलाई सङ्घ र प्रदेशमा समायोजन गर्न तयारी अवस्थामा रहेको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताएका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा प्रहरी महानिरीक्षक खनालले सङ्घीय संरचनाअनुसार २६ हजार प्रहरी कर्मचारीलाई प्रदेशमा खटाएर अभ्यास गरिरहेको जानकारी दिए ।
प्रहरी समायोजनका लागि तयारी अवस्थामा रहेको उल्लेख गर्दै उनले भने, “हामी अहिलेदेखि नै अभ्यास गरिरहेका छौँ ।” उनले कुन प्रदेशमा कति प्रहरी कर्मचारी चाहिन्छ भनेरसमेत खाका तयार पारिसकेको जानकारी गराए । सरकारले ल्याएको ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल चलिरहेको छ ।
गृहमन्त्री रामबहादुर थापाको उपस्थिति रहेको आजको बैठकमा महानिरीक्षक खनालले सैद्धान्तिक विषय मिल्ने बित्तिकै सबै काम टुङ्गिनेसमेत बताए । छलफलमा समितिका सदस्य जनार्दन शर्मा, पम्फा भुसाल, अमरेशकुमार सिंहलगायतले भनाइ राखेका थिए ।
बैठकमा गृहसचिव प्रेमकुमार राईले समायोजनमा जाने प्रहरीको बढुवा र ग्रेडवृद्धि गर्न नसकिने धारणा राख्दै पदका विषयमा स्पष्ट निर्णय भएमा सहज हुने उल्लेख गरे।
बैठकमा सहभागी कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव धनराज ज्ञवालीले प्रदेश प्रहरीको सिङ्गो प्रारुप तयार गर्न सकिने अवस्था नरहेको उल्लेख गर्दैै प्रदेश प्रहरी सङ्गठन निर्माण गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । यसका लागि प्रदेश प्रहरी ऐन बन्नुपर्ने उनको भनाइ थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
कात्तिक १४, २०८१ बुधबार
प्रधानमन्त्रीको चीन भ्रमणः पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्ने तयारी
कात्तिक १४, २०८१ बुधबार
हतियारमा सरकारको विभेद: प्रहरीलाई रोक्ने, सेनालाई बोक्ने !
कात्तिक १३, २०८१ मंगलबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
कात्तिक २२, २०८१ बिहिबार
राम्रो काम नगरेपछि अढाई वर्षका लागि कालोसूचीमा पर्यो उर्जा राज्यमन्त्री कान्छारामको कन्सट्रक्सन
कात्तिक २३, २०८१ शुक्रबार
गण्डकीको फैसलालाई लिएर कांग्रेस सांसद ढुंगानाले समिति मै न्यायाधीश मल्लमाथि पोखे आक्रोश
कात्तिक २३, २०८१ शुक्रबार
उपनिर्वाचनको लागि सशस्त्र र नेपाल प्रहरीमा केन्द्रीय निर्वाचन सुरक्षा समिति गठन
कात्तिक २३, २०८१ शुक्रबार
बागलुङमा दम्पती मृत फेला
कात्तिक २३, २०८१ शुक्रबार
दुर्घटनामा मृतक पाँच जनाको सनाखत
कात्तिक २३, २०८१ शुक्रबार
क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणबारे जाइकाद्वारा निरीक्षण
कात्तिक २३, २०८१ शुक्रबार
विमानस्थल मर्मतका कारण उत्पन्न समस्याको समाधान खोज्न परराष्ट्रमन्त्रीको आग्रह
कात्तिक २३, २०८१ शुक्रबार
टिकटक, नेटफ्लिक्ससहित २० अन्तर्राष्ट्रिय कम्पनी विद्युतीय सेवा करमा दर्ता
कात्तिक २३, २०८१ शुक्रबार