झापाका विभिन्न तहका ४६ जना प्रहरी कारवाहीमा
इन्द्र रिजाल
असार २०, २०७६ शनिबार १:१९:२६
भद्रपुर । आचरणविपरीत काम गरेको अभियोगमा झापाका विभिन्न तहका ४६ जना प्रहरी विभागीय कारवाहीमा परेका छन् । राम्रो काम गर्नेलाई तत्कालै पुरस्कार र नियमविपरीत काम गर्नेलाई दण्डित गर्ने नेपाल प्रहरीको विभागीय नीति अन्तर्गत आव २०७५/७६ मा उनीहरु कारवाहीमा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार विभागीय कारवाहीमा परेकामध्ये आठ प्रहरी जवान र एक हवल्दार गरी नौ जनालाई नोकरीबाट हटाइएको छ भने पाँच जना प्रहरी सहायक निरीक्षकलाई नसिहत र एक जना प्रहरी सहायक निरीक्षकलाई तलब वृद्धि रोक्का गरिएको छ ।
विभागीय कार्वाही पाउनेमध्ये अरु दुई प्रहरी नायब निरीक्षकलाई सख्त चेतावनी दिइएको, दुई प्रहरी हवल्दारको तलब वृद्धि रोक्का गरिएको र एक प्रहरी जवानको पद्धोन्नति रोक्का गरिएको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
राम्रो काम गरेबापत यस आवमा १०१ प्रहरी पुरस्कृत भएका छन् जसमा ४३ प्रहरी जवान छन् । त्यस्तै २० हवल्दार, १४ प्रहरी सहायक निरीक्षक, ८ प्रहरी नायब निरीक्षक, ८ प्रहरी निरीक्षक र ६ प्रहरी नायब उपरीक्षक पुरस्कृत भएको प्रवक्ता श्रेष्ठले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
उद्योगीलाई प्राधिकरणको निर्देशन, मंसिर १२ भित्र बक्यौता बुझाउनू
कात्तिक २९, २०८१ बिहिबार
कांग्रेस सांसद विमला गौचनको निधन
कात्तिक २९, २०८१ बिहिबार
आज दही खाएर बाहिर निस्कदा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ हुनेछ
कात्तिक २९, २०८१ बिहिबार
हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना
कात्तिक २९, २०८१ बिहिबार
रुपन्देहीमा रविको तेस्रो दिनः आजपनि बयान लिइने
कात्तिक २९, २०८१ बिहिबार
रविको दोस्रो दिनको बयान ८ घण्टामा सकियो, भोलि पुन: बयान लिइने
कात्तिक २८, २०८१ बुधबार