प्रदेश नं ५ का १७६ प्रहरी कारवाहीमा
इन्द्र रिजाल
असार २०, २०७६ शनिबार १:४४:४५
लमही । प्रदेश नं ५ का १७६ प्रहरी कारवाहीमा परेका छन् । प्रदेश नं– ५ प्रहरी कार्यालय दाङका अनुसार सबैभन्दा बढी प्रहरी जवान कारवाहीमा परेका छन् । प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार प्रहरी जवान ११६, प्रहरी हबलदार २५, प्रहरी सहायक निरीक्षक नौ र प्रहरी निरीक्षक सात जना कारवाहीमा परेका छन् ।
नौ जनालाई निलम्बन तथा सात जनालाई तलब स्केलमा घटुवा गरिएको छ । त्यस्तै नसिहदमा ९९, पदोन्नति रोक्का १३, तलबवृद्धि रोक्का १०, सेवाबाट हटाइएका १६, तल्लो टाइमस्केलमा घटुवा एक, सक्त चेतावनी १६ र चालचलन प्रतिकूल रहेका पाँच जना रहेका छन् ।
प्रहरी नायब उपरीक्षक पोख्रेलका अनुसार प्रदेश प्रहरी कार्यालयबाट तीन, प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलबाट सात, प्रदेशको सशस्त्र प्रहरी गण खजुरा बाँकेबाट एक र प्रदेशको दनिप्र गण सुनवल नवलपरासीबाट चार जना कारवाहीमा परेका छन् ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट १५, अर्घाखाँचीबाट ११, कपिलबस्तुबाट २०, नवलपरासीबाट नौ, पाल्पाबाट चार, प्यूठानबाट दुई, बाँकेबाट ३२, रुकुमबाट दुई, बर्दियाबाट २८, दाङबाट ३०, रोल्पाबाट सात र गुल्मीबाट एक जना प्रहरी कारवाहीमा परेका छन् । प्रहरी नायब उपरीक्षक पोखरेलका अनुसार सन्तोसजनक काम नगरेको, आदेश नमानेको, अनुसासनहीन काम गरेकोजस्ता कारवाही गरिएको हो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
उद्योगीलाई प्राधिकरणको निर्देशन, मंसिर १२ भित्र बक्यौता बुझाउनू
कात्तिक २९, २०८१ बिहिबार
कांग्रेस सांसद विमला गौचनको निधन
कात्तिक २९, २०८१ बिहिबार
आज दही खाएर बाहिर निस्कदा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ हुनेछ
कात्तिक २९, २०८१ बिहिबार
हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना
कात्तिक २९, २०८१ बिहिबार
रुपन्देहीमा रविको तेस्रो दिनः आजपनि बयान लिइने
कात्तिक २९, २०८१ बिहिबार
रविको दोस्रो दिनको बयान ८ घण्टामा सकियो, भोलि पुन: बयान लिइने
कात्तिक २८, २०८१ बुधबार