अंग्रेजी सुधार गर्ने १०० वटा अनौठो तरिकाहरु – भाग ७
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
असार २०, २०७६ शनिबार ३:०:१८
![](https://i0.wp.com/www.nepalbahas.com/wp-content/uploads/2019/07/english-7.jpg?fit=850%2C425&ssl=1)
६१. अमेरिकी र बेलायती अंग्रेजीको फरक बारे सचेत चाहीँ हुनुहोस् र आफुले प्रयोग गर्ने शब्द सोही अनुसार प्रयोग गर्नुहोस । For example: Elevator (US) / Lift (British).
६२. आफुसँगै क्युकार्ड (क्युकार्ड भनेको सानो कागजको टुक्राहरु हो जहाँ तपाईंले नयाँ शब्दहरु लेख्न सक्नुहुन्छ) बोक्नुहोस् । तपाईंले यि कार्डहरुलाई आफु फुर्सद भएको समयमा तानेर हेर्न सक्नुहुनेछ ।
६३. यि क्युकार्डहरुलाई आफ्नो घर कोठामा टाँस्नुहोस् । जसलाई तपाईंले केही चिजहरुको मात्रा छुट्याउन प्रयोग गर्न सक्नुहुनेछ । आफ्नो पाल्तु कुकुर वा खेलौनामा पनि टाँस्नुहोस् ।
६४. तपाईंले वाक्यांश क्रियालाई वेवास्ता गर्न सक्नुहुन्न । अंग्रेजीमा प्रयोग गरिने त्यस्ता सयौँ क्रियाहरु छन् । तपाईंले जति धेरै तिनमा ध्यान दिनुभयो त्यति नै तपाईं नयाँ क्रियाहरुको अर्थ पत्ता लगाउन सक्नुहुनेछ । तपाईंले तिनीहरुको ढाँचा पनि पत्ता लगाउनुहुनेछ ।
६५. तपाईंको आफ्नो प्रतिउत्पन्न मति क्षमता प्रयोग गर्नुहोस् । तपाईंको नकारात्मक भावनाहरुलाई खासै ध्यान नदिनुहोस् । तपाईंलाई आश्चर्य लाग्न सक्छ, कसरी तपाईंका पहिलो अनुमानहरु प्रायः ठीक हुन्छन् भनेर । जस्तोकी हामीले सुरुमा नै भनेका थियौँ तपाईं आत्मविश्वासी बन्नुहोस् भनेर ।
६६. तपाईंको विचारहरुलाई भेला गर्नुहोस् । बोल्नुभन्दा अगाडी के बोल्दैछु भनेर सोच्नुहोस् । जस्तो की तपाईंलाई व्याकरण थाहा छ तर हुनसक्छ, तपाईंले बोल्दाखेरी त्यसलाई सही तरिकाले प्रयोग गर्नुभएको छैन ।
६७. नयाँ-नयाँ मानिसहरुलाई भेट्नुहोस् । तपाईंको सहरको अंग्रेजी बोल्ने मानिसहरुसँग घुलमिल हुन र सम्बन्ध बनाउन प्रयास गर्नुहोस् । तपाईं कुनै क्लब वा बारमा जान सक्नुहुनेछ जहाँ विदेशीहरुको जमघट हुन्छ । एउटा पिय पदार्थ किन्नुहोस् जुन कुरा विदेशीहरुसँग कुराकानी गर्न बाहना बन्न सक्छ, उनीहरुले यस्तो मन पराउँछन् ।
६८. अंग्रेजीमा कुराकानी सुरु गर्ने व्यक्ती बन्नुहोस् । कुराकानीलाई जारी राख्नुहोस् र सुन्न उत्प्रेरित गर्ने शब्दहरु प्रयोग गर्नुहोस् । जस्तै सँच्चिकै ? अनि ? त्यस पछि (‘really?’ / ‘go on…’/ ‘what happened then?’) अरुले तपाईंसँग बोल्ला वा बाेलाउला कि भनेर नबस्नुहाेस्र, बोल्ने काम सुरु गरिहाल्नुहोस् ।
६९. वादविवाद गर्नुहोस्, कुनै शिर्षकमा समुहमा छलफल गर्नुहोस्, यसाे गर्दा हरेक व्यक्तिले आफ्नो धारणा छान्नु पर्छ । यदी आफुलाई मन नपरे पनि । त्यसपछि समुहमा तर्क वितर्क गर्नुहोस् । निश्चित गर्नुहाेस् कि तपाईंले आफ्नो कुरा स्पष्टसँग राख्नुभयो । सक्रिय भएर सक्रिय श्रोता बन्न सिक्नुहोस् । सक्रिय स्रोता बन्दा तपाईंलाई कक्षाकोठा र अन्य ठाउँमा समुहामा अध्ययन गर्न पनि सहज हुन्छ । बोलिरहेको व्यक्तिप्रति एकदम ध्यान दिनुहोस् । अन्य व्यक्ति वा घटनाले गर्दा भ्रमित (ध्यान भंग) नहुनुहोस् । वक्ता प्रति आफ्नो कान-आँखा दुवैले ध्यान केन्द्रित गर्नुहोस् । वक्ताले सुनाउन प्रयास गरिरहेको क्षणलाई पक्ष्याउनुहोस् । यसो गर्नाले अरुले भनेको सुन्न, दोहोर्याउन र उनिहरुको विचार बुझ्न सहयोग पुग्छ ।
७०. अंग्रेजी शब्दहरु सिक्नुमात्रै सबै कुरा होइन । तपाईंले एउटा सुगालाई पनि अंग्रेजी पढाउन त सक्नुहुन्छ तर यसको मतलब यो होइन कि सुगाले अंग्रेजी बोल्न सक्छ । तपाईंलाई अझै पनि व्याकरणको बुझाइ र सिप आवश्यक हुन्छ ।
हिलारि हेस्टर, अंग्रेजी भाषा शिक्षक, अष्ट्रेलिया । अनुवादक : सन्तोष खड्का
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकक्षा १२ को परीक्षा आगामी वैशाख १२ देखि हुने
फागुन २, २०८१ शुक्रबार
केयू उपकुलपतिका लागि सर्ट लिस्टमा परे १० जना प्राध्यापक (सूचीसहित)
माघ २८, २०८१ सोमबार
सामुदायिक विद्यालयमा मगर भाषाको पढाई
माघ २५, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार