सोमालियामा इस्लामिक समूहका लडाकूहरु सुरक्षा सेवामा समायोजन
इन्द्र रिजाल
असार २१, २०७६ शनिबार १४:२२:३९
एजेन्सी । सोमाली सरकारले मध्यम इस्लामिक समूह अहलु सुन्ना वलिजामा ‘एएसडब्लुजे’ मा आबद्ध लडाकूहरुलाई सोमालियाका सुरक्षा अंगहरुमा समायोजन गर्ने तयारी थालेको छ ।
सोमालियाका प्रधानमन्त्री हस्सन अलि खयरेले सोमालियाको गलमुदुग राज्यको राजधानी धुसामारेबमा उक्त कार्यक्रमको शुभारम्भ गरे ।
त्यस अवसरमा प्रधानमन्त्री हस्सनले भने, सोमालिया सरकार तपाइँहरुको पक्षमा छ । गलमुदुगमा राजनीतिक स्थायित्व बहाल गर्ने कार्यमा हामी पूर्ण प्रतिबद्ध छौं, त्यसमा सबैको सहयोग अति आवश्यक छ ।
एएसडब्लुजेका लडाकूहरुलाई मुलुकका सुरक्षा निकायहरु खासगरी सेना, प्रहरी, गुप्तचर सेवामा समायोजन गरिनेछ । यो समूह सोमालियामा समेत सक्रिय रहेको विद्रोही समूह अल शबाबसँग भिन्न मत राख्ने र केन्द्र सरकारसँग निकट रहने मानिन्छ ।
धुसामारेबमा मुख्यरुपमा केन्द्रित एएसडब्लुजेले यस क्षेत्रबाट शल शबाबका अतिवादी लडाकूलाई लखेट्न प्रमुख भूमिका निर्वाह गरेको थियो ।
डिसेम्बर २०१७ मा एएसडब्लुजेले राज्य प्रशासनसँग शक्ति बाँडफाँड सम्बन्धी एक सम्झौतामा हस्ताक्षर समेत गरेको थियो । एएसडब्लुजेको उक्त कदमको सोमालियास्थित राष्ट्रसंघीय मिसन र अफ्रिकी युनियनले स्वागत गरेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपइरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार