यो हप्ता शेयर बजारमा अढाई अर्ब माथिको कारोबार हुँदा शीर्ष १० कम्पनी कुन–कुन परे ?
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
असार २१, २०७६ शनिबार २०:३४:५३
![](https://i0.wp.com/www.nepalbahas.com/wp-content/uploads/2019/07/stock-market.jpg?fit=850%2C425&ssl=1)
काठमाडौं । धितोपत्र बजारमा यस साता कूल १७७ कम्पनीको एक करोड ६० लाख ९९ हजार ९६३ कित्ता शेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर रु दुई अर्ब ६६ करोड ९७ लाख नौ हजार १७२ मूल्य बराबरको कारोवार भयो । अघिल्लो साताको बिहीबार १.१४ बिन्दुले घटेर एक हजार २५७।१५ बिन्दुमा पुगेर बन्द भएको कारोवार मापक नेप्से परिसूचक यस साताको पहिलो दिन भने दोहोरो अङ्ले घट्यो । स्टकका अनुसार कारोवार मापक नेप्से परिसूचक १२ दशमलव २७ बिन्दुले घटेर एक हजार २४४ दशमलव ८९ बिन्दुमा झ¥यो ।
वाणिज्य बैंकहरु नै शीर्ष दशमा परेका छन् । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड शीर्ष स्थानमा रहँदा नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, स्ट्याण्ड चार्टड बैंक, एभरेष्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन बैंक, एनआइसिएशिया, नेपाल एसबिआई बैंक र कृषि विकास बैंक शीर्ष स्थानमा रहे ।
सो दिन ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९२ बिन्दुले घटेर २६९ दशमलव २४ अङ्कमा पुग्यो । नेप्से घटे पनि कारोवार रकममा भने सामान्य सुधार भयो । कूल १७२ कम्पनीको २३ लाख ६१ हजार ५०० कित्ता शेयर रु ६४ करोड ५० लाख ९९ हजार ३७ मूल्यमा खरीद बिक्री भए ।
यस्तै सोमबार कूल १२ लाख २१ हजार ४०० कित्ता शेयर रु ३७ करोड ४७ लाख २५ हजार ७५ मूल्यमा कारोवार भयो । कूल १६९ कम्पनीको शेयर कारोवार भएको सोमबार नेप्से सामान्य अङ्कले घट्यो । नेप्से एक हजार २४२.०३ बिन्दुमा ओर्लियो ।
लगातार ओरालो लाग्दै आएको शेयर बजारमा कारोवारमापक नेप्से परिसूचक मङ्गलबार भने दोहोरो अङ्कले वृद्धि भयो । सो दिन नेप्से परिसूचक ११.०२ बिन्दुले बढेर एक हजार २५३.०६ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक १.४३ बिन्दुले बढेर २६९.९६ मा पुग्यो । नेप्से परिसूचक बढे पनि कारोवार रकममा भने अपेक्षित वृद्धि हुनसकेन । कूल १७० कम्पनीको १४ लाख ६६ हजार ८९७ कित्ता शेयर रु ४२ करोड ९४ लाख ७७ हजार २८८ मूल्यमा कारोवार भयो ।
मङ्गलबार दोहोरो अङ्कले वृद्धि भएको नेप्से परिसूचक बुधबार पनि दोहोरो अङ्कले वृद्धि भयो । सो दिन परिसूचक १५.६२ अङ्कले बढेर एक हजार २६८.६८ विन्दुमा पग्यो । यस्तै ठूला कम्पनीको कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक ३.०२ अङ्कले बढेर २७२.९८ विन्दुमा पुग्यो ।
कूल १७४ कम्पनीका २० लाख ६४ हजार ९१३ कित्ता शेयर रु ५५ करोड दुई लाख ४७ हजार ८१३ मा खरिद बिक्री भए । मङ्गलबार र बुधबार दोहोरो अङ्कले उकालो लागेको नेप्से परिसूचक साताको अन्तिम दिन बिहीबार भने आठ अङ्कले घट्यो । स्टकका अनुसार नेप्से ८.२७ बिन्दुले घटेर एक हजार २६०.४७ मा झ¥यो ।
नेप्से ओरालो लागे पनि कारोवार रकममा भने वृद्धि भयो । कूल १७७ कम्पनीको ८९ लाख ८५ हजार ३५३ कित्ता शेयर रु ६७ करोड एक लाख ६९ हजार ९२९मा खरीद बिक्री भए ।
दुई कम्पनीको शेयर सूचीकृत
यस साता विभिन्न दुई कम्पनीको शेयर सूचीकृत भए । माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको एक लाख २० हजार कित्ता शेयर लाभांश सूचीकृत भए । यस्तै नेरुडे लघुवित्त वित्तीय संस्थाको पाँच लाख १८ हजार ६७० कित्ता शेयर लाभांश सूचीकृत भएको नस्टकले जनाएको छ ।
यस साता पनि बजारमा वाणिज्य बैंकहरुकै बोलवाला रह्यो । बजार पूँजीकरणका आधारमा पनि वाणिज्य बैंकहरु नै शीर्ष दशमा परेका छन् । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड शीर्ष स्थानमा रहँदा नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, स्ट्याण्ड चार्टड बैंक, एभरेष्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन बैंक, एनआइसिएशिया, नेपाल एसबिआई बैंक र कृषि विकास बैंक शीर्ष स्थानमा रहे । बजार पूँजीकरणमा कृषि विकास बैंकले गत सातादेखि उत्कृष्ट दशमा पर्न सफल भएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपछोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
लेबनानमा शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा २५ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार
ओस्कार अवार्ड : २०२५ मा ऋतिक रोशनको १७ वर्ष पुरानो फिल्म देखाइने
फागुन ४, २०८१ आइतबार