सबैको लघुवित्तको साधारण शेयर बिक्री हुँदै
इन्द्र रिजाल
असार २३, २०७६ सोमबार २१:२१:२३
काठमाडौं । पछिल्ला दिनमा लघुवित्त संस्थाको साधारण शेयर बिक्री गर्ने क्रम बढ्दै गएको छ । आइतबारदेखि आँधी खोला लघुवित्त वित्तीय संस्थाको साधारण शेयर बिक्री शुरु भएको छ । यस्तै शुक्रबारदेखि घोडीघोडा लघुवित्त वित्तीय संस्थाको साधारण शेयर बिक्री भइरहेको छ ।
यही क्रममा आगामी साउन १ गतेदेखि सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर ‘आइपिओ’ बिक्री गर्ने भएको छ । संस्थाले आज एक आह्वानपत्र प्रकाशित गरी आगामी साउन १ गतेदेखि रु पाँच करोड ३० लाख बराबरको पाँच लाख ३० हजार कित्ता साधारण शेयर बिक्री गर्न लागिएको उल्लेख गरेको छ ।
आह्वानपत्र अनुसार शेयर बिक्री बन्द छिटोमा आगामी साउन ५ गतेसम्म तोकिएको छ । संस्थाका कर्मचारीलाई आठ हजार २५० कित्ता र सामूहिक लगानी कोषलाई २६ हजार ५०० कित्ता सुरक्षित गरिएको छ ।
संस्थाको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । सो संस्थाको साधारण शेयरमा न्यूनतम १० देखि अधिकतम दुई हजार कित्तासम्म आवेदन दिन पाइने छ ।
यसैबीच सहयोगी विकास बैंकको शेयर कारोवार रोक्का भएको छ । सिटिजन बैंक इन्टरनेशनलले उक्त विकास बैंकलाई प्राप्ति गर्नेभएपछि कारोवार रोक्का गर्ने निर्णय गरेको हो । आइतबार सिटिजनले सहयोगी विकास बैंकलाई प्रापित गर्ने सम्झौता गरेको छ ।
दुई संस्था गाभिएर एकीकृत कारोवार नहुँदासम्म शेयर कारोवार रोक्का राख्ने निर्णय भएको र सोको जानकारी नेपाल स्टक एक्सचेञ्जलाई गराइएको विकास बैंकका कम्पनी सचिव राजेशकुमार मल्लिकले जानकारी दिए।
यस्तै स्टकमा आज सूर्योदय लघुवित्त वित्तीय संस्थाको शेयर लाभांश सूचीकृत भएको छ । कूल तीन लाख २३ हजार १९० कित्ता शेयर लाभांश सूचीकृत भएको हो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ९, २०८१ आइतबार
अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
१३ अंकले घटेर २६६७ अंकमा रोकियो नेप्से, ७ अर्ब ७२ करोड ८८ लाखको शेयर किनबेच
मंसिर ९, २०८१ आइतबार
लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई सर्वोच्चले दिएन अन्तरिम आदेश, अदालत उपस्थित गराउन निर्देशन
मंसिर ९, २०८१ आइतबार