तरकारी र फलफुलमा बिषादी मौलायो, केपी ओली बौलायो !!
इन्द्र रिजाल
असार २३, २०७६ मंगलबार १:४७:२९
काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले काठमाडौंको अनामनगर स्थित सिहंदरबार वरीपरि राके जुलुस निकालेको छ ।
तरकारीमा बिषादी भन्दै सोमबार साँझ करिव पौने ८ बजेतिर ओली सरकार विरुद्ध राके जुलुस निकालेका नेविसंघका कार्यकतालाई प्रहरीले अनामनगरबाट पक्राउ गरेको हो ।
भारतबाट आयातित तरकारी तथा फलफूलमा हुँदै आएको विषादी परीक्षण सरकारले स्थगन गरेको विरोधमा नेपाल विद्यार्थी संघ ‘नेविसंघ’ ले आइतबारबाट आन्दोलन थालेको बताएको छ ।
सरकारले जनतालाई विषादीयुक्त आयातित तरकारी र फलफूल खान बाध्य पारिएको भन्दै नेविसंघले साँझ राके जुलुस निकारहेको बेला प्रहरीले केही कार्यकतालाई अनामनगरको घट्टेकुलो चोक अगाडिबाट पक्राउ गरेको हो ।
राके जुलुसमा निस्केका नेविसंघका कार्यकताले तरकारीमा बिषदी मौलायो, केपी तेरो काल आयो, केपी ओली चोर देश छोड, ओली तेरो पाराले दुःख पाए साराले जस्ता नारा लगाएका थिए ।
सिहँदरबारको मुल ढोकाबाट राके जुलुसमा सोमबार साँझ नारा लगाउदै हिडेका नेविसंघका कार्यकतालाई प्रहरीले अनामनगरको पूर्विगेट पट्टी रहेको घट्टेकुलोबाट पक्राउ गरेको हो ।
यो पनि पढ्नुस:
नेविसंघले गर्यो तरकारीको माला लगाएर ओली सरकारको विरोध !
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार