नाइजेरियामा चार सवारी साधन ठोक्किए, १९ जनाको मृत्यु
इन्द्र रिजाल
असार २३, २०७६ मंगलबार ३:२९:९
एजेन्सी । नाइजेरियाको उत्तरी क्षेत्रमा पर्ने एउटा गाउँमा भएको दुर्घटनामा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । कानो राज्य अन्तर्गतको डिन्यार माडीगा गाउँमा भएको घटना आइतबार राती अबेर भएको सडक सुरक्षा प्रहरीले सोमबार जनाएको छ ।
घटनास्थल कानोदेखि ८५ किलोमिटर टाढा पर्दछ । स्थानीय एक सुरक्षा अधिकारीले घटनाका बारेमा भने, “चार ओटा सवारी साधन ठोक्किएर दुर्घटना भएको हो, तीमध्ये दुई ओटा बस र अरु दुई ओटा कार रहेका छन् । उनीहरु एक अर्काका विपरीत दिशाबाट आएका थिए ।”
उनीहरु सबैले सडकमा रहेका खाल्डाखुल्डी छल्ने क्रममा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरुले जनाएका छन् ।घटनामा परी मृत्यु भएका मध्ये १४ जना बयस्क पुरुष, तीन जना बयस्क महिला र दुई जना बालबालिका रहेका छन् ।
नाइजेरियामा सडक दुर्घटना धेरै हुने गरेका छन् । विशेषगरेर क्षमताभन्दा बढी भारी, सडकको खराब अवस्था र चालकहरुको लापर्वाही तथा ट्राफिक नियमको उल्लंघन लगायतका कारणले सडक दुर्घटना हुने गरेको जानकारहरु बताउँछन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
यी ठाउँमा आज पनि वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात
पुष १४, २०८१ आइतबार
नेपाली कला र संस्कृति प्रवर्द्धन गर्न अमेरिकामा सांगीतिक कार्यक्रम
पुष १४, २०८१ आइतबार
स्तो छ आजको विदेशी मुद्राको विनिमयदर
पुष १४, २०८१ आइतबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार