इरानमा ५.७ म्याग्नीच्यूडको भूकम्प
इन्द्र रिजाल
असार २३, २०७६ मंगलबार ३:४७:४३
एजेन्सी । इरानको दक्षिणपूर्वी क्षेत्रमा सोमबा र विनाशकारी भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा एक जनाको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको अधिकारीहरुले जनाएका छन् ।
इरानी भूकम्प मापन केन्द्रले ५.७ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ । खुजेस्तान प्रान्तको मस्जिद सोलेमान क्षेत्रमा भूकम्प गएको हो । स्थानीय सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण अरु २४ जना घाइते भएका छन् । स्थानीय समय अनुसार विहान ११.३० बजे भूकम्प गएको अधिकारीहरुले जनाएका छन् ।
संकट व्यवस्थापन केन्द्रले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको छ । भूकम्पले ग्रामीण क्षेत्रका धेरै घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण आएको छ ।
कतिपय क्षेत्रमा पानी र विजुली वितरण सेवा अवरुद्ध भएको छ । छिमेकी मुलुक कुबेतमा समेत भूकम्पको धक्का महशुस गरिएको छ । भूकम्पपछि दर्जनभन्दा बढी परकम्पन आएको अधिकारीहरले जानकारी दिएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपलेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध
असोज ३, २०८१ बिहिबार
लेबनानमा पेजर र वाकीटकी विस्फोट हुँदा २० जनाको मृत्यु
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार