नदीको कटानले जलेश्वर बजार जोखिममा, बेलिब्रिज भत्कने अवस्थामा
इन्द्र रिजाल
असार २४, २०७६ मंगलबार १५:३०:३६
म्याग्दी । म्याग्दी रघुगंगा नदीको कटानले जलेश्वर बजार जोखिममा परेको छ। नदीमा बाढी आएर नदी कटान गरेपछि बेनी–जोमसोम आवत–जावत गर्ने बेलीब्रिज समेत जोखिममा परेको हो ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत बेनी नगरपालिका–९ गलेश्वरको राहुघाट नदीमाथि निर्माण गरिएको बेलिब्रिज भत्कने अवस्थामा पुगेको छ ।
आइतबार राति रघुगङ्गा नदीमा पानीको सतह बढेर गलेश्वरतर्फ कटान गर्न थालेपछि पक्की पुल भत्कने अवस्थामा पुगेको हो । नदीको बहाव परिवर्तन भएपछि गलेश्वर बजारको केही भागसमेत खतरामा परेको छ ।
निर्माणाधीन कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डका अधिकांश पुल जोखिमयुक्त छन् । यो क्षेत्रमा कालीगण्डकी करिडोर निर्माणको काम भइरहेको छ ।
गलेश्वरको बेलिब्रिज खतरामा रहेकाले निर्माणाधीन अर्को बेलिब्रिज छिटो निर्माण गर्न बारम्बार दवाव दिँदै आएको तर पुल निर्माणको ठेक्का लिएको शर्मा युनाइटेड विल्डर्स जेभी काठमाडाँैले सुनेको नसुन्यै गरेको स्थानीय बासिन्दाले बताएका छन् ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले गलेश्वरको बेलिब्रिज उच्च जोखिममा रहेकाले कुनै पनि बेला बेनी–जोमसोम सडकखण्ड अवरुद्ध हुने अवस्थामा रहेको बताए । उनले आयोजना प्रमुखलाई तत्काल संरक्षणको काम थाल्न निर्देशन दिएको पनि जानकारी दिए।
गलेश्वरको बस्ती र पुल जोगाउन तत्काल तटबन्ध गर्नुपर्ने स्थानीयवासीले माग गरेका छन् । “तत्काल नदी कटान नरोक्ने हो भने पुल भत्केर मुस्ताङलगायत उत्तरी म्याग्दीको यातायात सम्पर्क ठप्प हुन्छ” स्थानीयवासी मोहन केसीले भने ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमहानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
पत्रकारको भेषमा अपहरण गरी दुई लाख फिरौती माग्ने बीरगञ्ज टाइम्सका हरिशंकर प्रहरी फन्दामा
मंसिर १०, २०८१ सोमबार
निःशुल्क विशेषज्ञ डाक्टरको सेवा पाउँदा दुर्गमका नागरिक खुसी
मंसिर १०, २०८१ सोमबार
लिथुआनियामा विमान दुर्घटना हुँदा एक जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
सन् २०२३ को अक्टोबर देखि एघार हजार भन्दा बढी प्यालेस्टिनी हिरासतमा
मंसिर १०, २०८१ सोमबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार