शुल्क वृद्धि फिर्ता गर्न शिक्षामन्त्रीसँग अनेरास्ववियुको माग
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
असार २४, २०७६ बुधबार ०:५:३७
![](https://nepalbahas.prixacdn.net/media/albums/giriraj-mani_MQGxD2tLel.jpg)
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) निकट अनेरास्ववियुले कक्षा ११ र १२ को बढाइएको शुल्क फिर्ता गर्न माग गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई आज ज्ञापनपत्र बुझाउँदै विद्यार्थीहरुले सरकार र अन्य सम्बद्ध निकायले तोकेको मापदण्ड अवज्ञा गर्दै बढाइएको शुल्क फिर्ता गर्न माग गरेका हुन् ।
अनेरास्ववियुका कार्यवाहक संयोजक रञ्जित तामाङको नेतृत्वमा गएको टोलीले मन्त्री पोखरेललाई सिंहदरवारमा पाँचबुँदे ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा कक्षा १२ सम्मको शिक्षा विद्यालय शिक्षामा परिणत भइसकेको अवस्थामा निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालयले भर्ना भएका कूल विद्यार्थीमध्ये २० प्रतिशत विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति प्रदान गर्ने व्यवस्था सुनिश्चित गर्नुपर्ने र स्थानीय तहले छात्रवृत्तिका लागि सिफारिस गर्दा विद्यार्थीलाई भेदभाव गरेको पाइएकाले त्यसलाई तत्काल अन्त्य गर्नुपर्ने उल्लेख गरिएको छ ।
यसैगरी विभिन्न विश्वविद्यालयमा पदाधिकारीदेखि लिएर क्याम्पस प्रमुखसम्मको नियुक्ति दलीय भागवण्डाका आधारमा हुने प्रवृत्ति अन्त्य गर्दै विद्यमान ऐन संशोधन गरेर यस पटकबाटै लागू हुनेगरी खुला प्रतिस्पर्धाका आधारमा पदाधिकारी छनौट हुने व्यवस्था मिलाउनसमेत माग गरिएको छ ।
विभिन्न विश्वविद्यालयमा परीक्षा, भर्ना, सम्बन्धन, नियुक्तिलगायतका क्षेत्रमा देखिएका समस्या अविलम्ब समाधान गरी विश्वविद्यालयको साख र गरिमा धुमिल पार्ने भ्रष्ट पदाधिकारी तथा कर्मचारीलाई कारवाही गर्नुपर्नेलगायतका माग ज्ञापनपत्रमा उल्लेख छन् । ज्ञापनपत्र बुझ्दै मन्त्री पोखरेलले विद्यार्थीका जायज मागलाई सम्बोधन गर्ने बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकक्षा १२ को परीक्षा आगामी वैशाख १२ देखि हुने
फागुन २, २०८१ शुक्रबार
केयू उपकुलपतिका लागि सर्ट लिस्टमा परे १० जना प्राध्यापक (सूचीसहित)
माघ २८, २०८१ सोमबार
सामुदायिक विद्यालयमा मगर भाषाको पढाई
माघ २५, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
स्काभेटरले पल्टाएको ढुंगा लागेर विद्यार्थीको मृत्यु
फागुन ४, २०८१ आइतबार
बढ्दो भ्रष्टाचारले नेपाल अन्तर्राष्ट्रियस्तरमा बदनाम भयो : शेखर कोइराला
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार