मौद्रिक नीति अनिश्चित, गर्भनर नेपाललाई गम्भीर धक्का !
इन्द्र रिजाल
असार २६, २०७६ बिहिबार १८:५६:१०
काठमाडौं । बिग मर्जर गराएरै छोड्ने गभर्नर डा.चिरञ्जीवी नेपालको एकसुत्रीय अभियानमा तुषारापात लाग्ने भएको छ । बाणिज्य बैंकहरुलाई जवरजस्त लभ गर्न र बिहे गर्न निर्देशनात्मक आदेश दिएका गर्भनर नेपालको मनसुवा अर्थसचिव राजन खनालका कारण पछाडि धकेलिएको छ । राष्ट्र बैंकले नयाँ आर्थिक बर्षका लागि भोलि असार २७ गते ल्याउने तयारी गरेको मौद्रिक नीति अर्थपुर्ण ढंगले रोकिएको छ र कहिले आउने भन्ने अनिश्चित बनेको छ ।
बिग मर्जरको नाममा केही स्वार्थ समुहलाई लाभ पुग्ने गरि फोर्स मर्जको नीतिमार्फत नीतिगत भ्रष्ट्राचारमा गर्भनर नेपाल तल्लिन रहेको खुलासा भएपछि मौद्रिक नीतिको विषय विवादमा परेको हो । यही बेला अर्थसचिव राजन खनाल अमेरिका उडेपछि मौद्रिक नीति असार भित्र नआउने पक्का भएको छ।
राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले नेपालबहस डटकमसँग कुरा गर्दै असार २७ गते ल्याउने भनिएको मौद्रिक नीति तयारी नपुगेकाले केही समय पर धकेलिएको बताए । अब कहिले सार्वजनिक हुन्छ त भन्ने नेपालबहसको जिज्ञासामा अहिले केही भन्न सक्ने अवस्था नरहेको बताए । साउनको पहिलो कि दोस्रो साता मौद्रिक नीति आउला भन्ने प्रश्नमा उनले यसै भन्न नसकिने बताए । आज पूर्व गर्भनरहरुसँग छलफल रहेको जानकारी दिदै प्रवक्ता निरौलाले भोलिसम्ममा अन्यौलता प्रष्ट हुने दावी गरे ।
बिग मर्जमार्फत बाणिज्य बैंकहरुको संख्या घटाउने नियोजित स्वार्थमा लागेका गर्भनर नेपालको अन्तिम मौद्रिक नीति सबैभन्दा आलोच्य हुन थालेको छ । कहिले इण्डोनेशियामा केन्द्रिय बैंकले नै सीईओ नियुक्तीको अधिकार प्रयोग गर्ने रहेछ त्यसैले अब नेपालमा पनि त्यही नीति ल्याउने ,कहिेले मलेसिया, भारत र अमेरिकाको उदाहरण दिदै बिग मर्ज नै एक मात्र विकल्प हो भन्ने गर्भनर नेपालको हावादारी भाषणले मौद्रिक नीतिमा गम्भीर विवाद सिर्जना गरेको छ ।
मर्जर र एक्वायर पछि त्यहाँको बैंकिङ क्षेत्रमा परेको प्रभाव र वस्तुस्थितिको अध्ययन नै नगरी जे मन लाग्यो त्यही बोल्दै हिड्दाँ गर्भनर नेपाल गम्भीर विवादमा परेका छन् । प्रधानमन्त्री र अर्थमन्त्रीलाई समेत गुमराहमा पारेर गर्भनर नेपाल एकलकाँटे ढंगले चल्दा बैंकिङ क्षेत्र मात्र होइन देशको अर्थतन्त्र नै गम्भीर दुर्घटनाको डिलमा पुग्न थालेको छ ।
फाेर्सफुल बिग मर्जरकाे मुद्दा पेचिलाे बन्दै गएपछि नेपाल बहस डटकमले विभिन्न क्षेत्रका अर्थज्ञाता, विज्ञहरूसँग परामर्श तथा छलफल गरेर समाचारहरू प्रकाशन गरिरहेकाे छ । प्रकाशित समाचारहरू तलका लिंकहरूमा क्लिक गरेर सजिलै हेर्न, पढ्न र कमेन्ट गर्न सक्नुहुनेछ :
अब मर्जरका लागि बैंकहरुलाई धेरै समय दिन सकिदैन : राष्ट्र बैंकका गभर्नर डा.नेपाल
स्वार्थ समूहलाई रिझाउन गभर्नर नेपाल उत्रिए गुण्डागर्दी शैलीमा !
गर्भनर नेपाल माफिया र बिचौलियाको रक्षाकवच बन्दै, के हाे फोर्सफुल मर्जको भित्री खेल ?
बिग मर्जर नीति घरानियाँ व्यापारीको पक्षमा ! ओली सरकारको शिखण्डी बन्दै गभर्नर !!
बिग मर्जरको नाममा गर्भनरको ईमोशनल ब्ल्याकमेलिङ !
मौद्रिक नीतिमा बिग मर्जर तरलता बढाउने औजार
आवश्यक नै छैन बिग मर्ज नीति-‘टाइकुन’हरुको डिजाइन मात्र
बजेटले “बिग मर्ज” को बाटो खोलेपछि कस्तो आउला मौद्रिक नीति ?
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकोशीका मन्त्रीले मानव तस्करी गरे कि फन्दामा परे, प्रहरी भन्छः अनुसन्धान हुँदैछ, को हुन अनिता ?
कात्तिक २३, २०८१ शुक्रबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
कात्तिक १४, २०८१ बुधबार
प्रधानमन्त्रीको चीन भ्रमणः पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्ने तयारी
कात्तिक १४, २०८१ बुधबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
राम्रो काम नगरेपछि अढाई वर्षका लागि कालोसूचीमा पर्यो उर्जा राज्यमन्त्री कान्छारामको कन्सट्रक्सन
कात्तिक २३, २०८१ शुक्रबार
गण्डकीको फैसलालाई लिएर कांग्रेस सांसद ढुंगानाले समिति मै न्यायाधीश मल्लमाथि पोखे आक्रोश
कात्तिक २३, २०८१ शुक्रबार
कोशीका मन्त्रीले मानव तस्करी गरे कि फन्दामा परे, प्रहरी भन्छः अनुसन्धान हुँदैछ, को हुन अनिता ?
कात्तिक २३, २०८१ शुक्रबार
बागलुङमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
कात्तिक २३, २०८१ शुक्रबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
कात्तिक २३, २०८१ शुक्रबार
नेपाल–बङ्गलादेशबीच जनता जनतामा सम्बन्ध विस्तार हुनुपर्छ : ऊर्जामन्त्री खड्का
कात्तिक २३, २०८१ शुक्रबार
पुरातात्विक महत्त्वका मूर्त र अमूर्त सम्पदाको चित्रणीकरण गर्दै कामपा
कात्तिक २३, २०८१ शुक्रबार
एमाले बागमतीले उपनिर्वाचनका उम्मेदवारको नाम टुङ्गायो
कात्तिक २३, २०८१ शुक्रबार