सनराइज बैंकमा किचलो,हाजिरै नगरी सीईओ श्रेष्ठले छोडे बैंक
इन्द्र रिजाल
असार २६, २०७६ बिहिबार १९:५६:४
काठमाडौं । बिगमर्जको चर्काे बहस चलिरहेकै बेला सनराइज बैंक भित्र भने गम्भीर किचलो उत्पन्न भएको छ । सञ्चालक समितिमा उत्पन्न विवादका कारण भर्खरै नियुक्त बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरज श्रेष्ठले बैंक छाडेका छन् । सञ्चालकहरु बीच भएको विवादका कारण ब्यवस्थापकीय नेतृत्व सम्हाल्न नसक्ने भन्दै सीईओ श्रेष्ठले कार्यभार नसम्हाल्दै सनराइज बैंकको पदत्याग गरेका छन्।
चार बर्षे कार्यकालका लागि करारपत्रमा हस्ताक्षर गरेपछि सञ्चालकहरुले नियुक्तिका बिषयमा विवाद गरेको भन्दै उनले अध्यक्ष मोतीलाल दुगडलाई पत्र लेख्दै बैंकमा काम गर्न नसक्ने जानकारी गराएका छन्।
गत जेठ २३ गते बैंक सञ्चालक समितिले निरज श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेपछि सात सदस्यीय सञ्चालक समितिमा दुई जना सञ्चालकले सञ्चार माध्यममार्फत निरजको विरोध गरेका थिए।
सनराईज बैंकमा निरजको आगमनसँगै संचालक र शेयरधनीलाई कस्तो मिल्ला प्रतिफल
सदस्यहरु मालचन्द दुगड र शैलेन्द्र गुरागाइँले विरोध जनाएपछि सीईओ निरजले अध्यक्ष मोतीलाललाई सञ्चालक समितिको विवादका बारे सोधेको र दुगडले विवाद केही पनि नभएको भनि असार २ गतेबाट बैंक आउन समेत भनेका थिए।
यता २९ बर्ष लामो बैंकिङ अनुभव संगालेका निरजले विवाद भए आफू आउन नसक्ने जानकारी अध्यक्षलाई गराउदै उनले सुरुमा १५ दिनको समय दिएका थिए। अध्यक्षले एक महिनाको समय मागेपछि निरजले साउन ६ गतेअघि नै विवाद मिलाए मात्र आफू बैंक आउने जानकारी गराएका थिए।
स्रोतहरुका अनुसार, सञ्चालक समिति बैठकमा निरजलाई नियुक्त गर्नुअघि अध्यक्ष मोतीलालले तपाईँहरुलाई कोही उत्कृष्ट लाग्छ भने नाम प्रस्ताव गर्नु होला भनेर सोधेको र कुनै विकल्प समेत नआएपछि नियुक्ती गरिएको थियो।
‘निरजजी जागिर माग्दै आएको पनि होइन। हामीले नै बोलाएको हो । नियुक्त गरिसकेपछि उहाँलाई विवादमा तान्नु ठीक होइन तर साथीहरुले बुझिरहेका छैनन्’ एक सञ्चालकले भने।
निरजले विवादका कारण बैंकको छवी क्षयिकरण हुने भन्दै चाँडोभन्दा चाँडो मिलाउन अध्यक्षलाई आग्रह गरेका थिए। उनले विवाद मिलाउन नसक्ने भए आफू करारनामा भङ्ग गर्नसमेत तयार रहेको जानकारी गराएको र विवाद उत्कर्षमा पुगेको कारण बैंक छाडेको समेत जानकारी गराए । ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार