कसैले नटेर्ने अवस्थामा पुगे दुईतिहाईका केपी ओली

इन्द्र रिजाल
असार २६, २०७६ बिहिबार २२:३५:५९

दुई तिहाई समर्थनमा बनेको सरकार प्रमुख भन्छन् – मलाई गुमराहमा राखियो ।
उनै कार्यकारी प्रमुखका अवयव भन्छन्– मलाई सचिवले फसाए ।
अर्का मन्त्री भन्छन्– क्षमता हुँदाहुँदै सरकार पछि हट्यो ।
माथि उल्लेखित तीनवटै अभिव्यक्ति इतिहासकै सर्वशक्तिमान प्रधानमन्त्री भनिएका कम्रेड खड्गप्रसाद ओली स्वयं र उनको संयन्त्रको हो ।कसैलाई नटेर्ने स्वभावका प्रधानमन्त्री यति निरिह र रुञ्चे देखिनु लोकतन्त्रकै उपहास हो । अब सर्वसाधारण सोध्न विवश भएका छन् – आखिर यो सरकार चलाएको कस्ले हो ?
प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्ति पँधेर्नी आइमाई जस्तो फत्तर फत्तर गर्नु देशकै बेइज्जती हो । प्रधानमन्त्री पदको गरिमा बुझ्न सक्ने हैसियत ओलीमा देखिएन । अरुलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार पद सुहाउँदो छैन । विपक्षीप्रति गर्ने कटाक्ष उनको बानी टोले गुण्डाको जस्तो लाग्छ ।
कार्यकारी प्रमुख सार्वजनिक थलोमा आएर यस्तो लाचार अभिव्यक्ति दिन्छन् भने जनताको हालत के होला ? सहजै अनुमान लगाउन सकिन्छ ।
राष्ट्रवादको नक्कली खोल च्यात्तिएपछि ओलीको होस हवासले काम गरेको छैन । आईफा र विषादी प्रकरणले ओली नांगेझार भए । लोकलाज छोप्न जतिसुकै प्रपञ्च गरेपनि काम लागिरहेको छैन । आफ्नो अभिष्ट पूरा नभएकाले नै ओलीको क्रोधयुक्त पीडा बाहिर आएको छ । ओली इतिहास कै नालायक र नक्कली राष्ट्रवादी प्रधानमन्त्रीका रुपमा दरिएका छन् ।
ओली नेतृत्वमा बनेको सरकार आम नागरिकलाई सेवा प्रदान गर्न मात्र चुकेन शासन चलाउने तौरतरिकाबाट समेत उपेक्षित बन्न पुगेको छ । सरकारी संयन्त्रले फसायो भन्नेको ताँती छ मन्त्रीहरुको तर कसैलाई कारबाही गर्ने ल्याकत छैन ओलीसँग । किनभने मुलुकको स्थायी सरकारका रुपमा रहेको निजामती कर्मचारीलाई नक्कली राष्ट्रवादको पगरी गुथ्नु छैन । बरु नक्कली राष्ट्रवादको मुखुण्डो च्यातिएपछि लाज पचाउन अनेक वहानाबाजी गर्नुपर्ने अवस्था आएको छ ओली र उनको मण्डलीलाई ।
भारतसँगको व्यापार घाटा झण्डै आठ खर्बको छ । हरेक चीज भारतबाटै आयात गर्न हामी बाध्य छौं । पैसा तिर्ने उपभोक्ताले सही र स्वस्थ खाद्य पदार्थको अपेक्षा गरेको हुन्छ । त्यसका लागि सरकारले आवश्यक व्यवस्था गर्नुपर्ने हो । सोही बमोजिम भारतबाट आउने तरकारी तथा फलफुलमा प्रयोग भएको विषादी जाँचेर मात्र आओस् भन्ने आम उपभोक्ताको चाह हो । सुरुमा नक्कली राष्ट्रवादको लाज ढाक्ने अस्त्रका रुपमा प्रयोग गर्न खोजिएको अस्त्र थियो, विषादी परिक्षण प्रकरण । तर भारतीय पक्षले चर्काे दवाव सिर्जना गरेपछि ओली निर्णय फिर्ता गर्न बाध्य भए ।यो प्रकरणले उनको नक्कली राष्ट्रवादी छवि अझै निर्लज्ज बनाइदियो ।
दुनियाँलाई थाहा छ, ओली नक्कली राष्ट्रवादको विगुल बजाउँछन् । ०५१ सालको संसद्मा महाकाली सन्धि पारित गर्ने बेलाको ओलीको अभिव्यक्ति सम्झने जिवितै छन् । अनि उनै ओली भारतविरोधी भन्दा कस्ले पो पत्याउने होला ? सत्ताको उन्मादले ओलीलाई रतन्धो लागिसकेको छ । उनी नजिकैको पनि देख्दैनन् । सीमित व्यक्तिको चंगुलमा परेका ओली न पर देख्छन् न त सुन्नछन् नै ।
तैपनि ओलीको हुँकार भने उस्तै थियो । आफ्ना सांसदलाई भेला पारेर हकार्दै थिए – भारतले पत्र पठाएको देख्ने को हो ? कस्लाई आयो पत्र ? नचाहिने कुरा बोल्ने ? भोलिपल्टै उनको झुठ छताछुल्ल भयो । भारतीय दूतावासले सरकारलाई पठाएको पत्र सार्वजनिक भयो । अनि ओली भन्न थालेका छन् – विषादी प्रकरणमा मलाई फसाइयो ।
अब ओलीका दुर्दिन सुरु भइसकेका छन् । आवरणमा हेर्दा उनी बलशाली देखिएका होलान् तर अन्तरवस्तु भने शिथिल र फितलो भइसकेको छ । लैनचौरको चाहनासमेत अब नयाँ प्रयोगको पक्षमा रहेको प्रतीत हुन्छ ।
अब नेपाली जनता धेरै बुझ्ने भइसके । ओलीको बोली राम्रो बुझेका छन् । ओली जस्तो बलशाली र धूर्त खेलाडीलाई कसैले फसाउने भन्ने कुरा पत्याउनै गाह्रो । एउटा झुठ दबाउन उनी सयौं झुठ बोल्न तयार छन् । अझ राष्ट्रवाद जस्तो संवेदनशील मुद्धामा उनी कसरी चुक्थे । त्यसैले जनताको सहानुभूति लिन उनी भन्दैछन् – विषादी प्रकरणमा भारतले पठाएको पत्र मलाई देखाइएन , मैले लज्जित हुनु प¥यो , क्षमा प्रार्थी छु ।
साँच्चै नै उनलाई सूचनाबाट वञ्चित गरिएको हो भने कारवाही गर्नुपथ्र्यो , न की माफी माग्नु ।
प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्ति पँधेर्नी आइमाई जस्तो फत्तर फत्तर गर्नु देशकै बेइज्जती हो । प्रधानमन्त्री पदको गरिमा बुझ्न सक्ने हैसियत ओलीमा देखिएन । अरुलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार पद सुहाउँदो छैन । विपक्षीप्रति गर्ने कटाक्ष उनको बानी टोले गुण्डाको जस्तो लाग्छ ।
दुनियाँलाई थाहा छ, ओली नक्कली राष्ट्रवादको विगुल बजाउँछन् । ०५१ सालको संसद्मा महाकाली सन्धि पारित गर्ने बेलाको ओलीको अभिव्यक्ति सम्झने जिवितै छन् । अनि उनै ओली भारतविरोधी भन्दा कस्ले पो पत्याउने होला ? सत्ताको उन्मादले ओलीलाई रतन्धो लागिसकेको छ । उनी नजिकैको पनि देख्दैनन् । सीमित व्यक्तिको चंगुलमा परेका ओली न पर देख्छन् न त सुन्नछन् नै ।
विष्णु रिमाल, राजन भट्टराई र गोकुल बाँस्कोटाको बोली मात्र उनलाई प्रिय लाग्छ । तीनै जनाको शासकीय क्षमता भने शून्य छ । यस्ताको सल्लाहले देश चलाउँदा आउने परिणाम स्वभाविक छ । अब ओलीका दुर्दिन सुरु भइसकेका छन् । आवरणमा हेर्दा उनी बलशाली देखिएका होलान् तर अन्तरवस्तु भने शिथिल र फितलो भइसकेको छ । लैनचौरको चाहनासमेत अब नयाँ प्रयोगको पक्षमा रहेको प्रतीत हुन्छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन